Namaste Icon
Ad
Ad

सरकारको नजरमा पर्न सकेन् पुष्प व्यवसाय - कुमार कसजु श्रेष्ठ

सरकारको नजरमा पर्न सकेन् पुष्प व्यवसाय - कुमार कसजु श्रेष्ठ
कुमार कसजु श्रेष्ठ

फूल भन्ने वित्तिकै सबैको मन फुरुङग हुन्छ । फूलले सबैलाई आनन्द दिन्छ । आझ भनौं नेपालको परिवेशमा त मानिस जन्मे देखि मृत्युपर्यन्तसम्म जुनकुनै कार्यका लागी पनि फूलको आवश्यकता पर्छ । फूलले दिने सुगन्धदेखि सुसजावटमा मानिसहरु लोभिएका हुन्छन । तर पछिल्लो समय कोरोना महामारीको कारण सबै क्षेत्र प्रायः ठप्प छन । पुष्प व्यवसाय पनि यो महामारीबाट टाढा रहन सकेको छैन । कस्तो छ त पुष्प व्यवसायको अवस्था, समस्या, चुनौती र समाधानका उपायहरु लगायतका विषयमा रहेर फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठसँग दर्पण दैनिकका लागि केशर विश्वकर्माले गरेको कुराकानीः

 


अहिलेको परिवेशमा पुष्प व्यवसाय कुन अबस्थामा छ ?
यतिखेर व्यवसायको हिसाबले हामी शुन्यको अवस्थामा छौं। किनभने जति बढि मेला महोत्सव तथा कार्यक्रम हुन्छन, त्यती नै यसको बिक्रीवितरण वितरण बढने हो तर फागुनदेखि यता यस्ता खालका ग्यादरिङ लगायतका कार्यक्रम भएका छैनन् । त्यसकारण पुष्प व्यवसाय शुन्यमा छ । मानिसहरू घरमै बढी बस्ने भएकोले पछिल्लो समय नर्सरीहरु चाँहि केहि चलिरहेका छन । आर्थिक वर्ष सकिन लगेको छ तर लकडाउनले गर्दा सार्वजनिक सवारीसाधन चलेका छैनन । यसले गर्दा सप्लाई पनि हुन पाएको छैन । दुई पाँच प्रतिशत चले पनि बाँकी सुस्त अबस्थामा नै छ ।

 

लकडाउनको समयमा केही पुष्प अर्थात् फूलहरु फाल्नुपर्यो भन्ने पनि सुनियो, अहिलेसम्म कति जतिको क्षति भयो ?

फागुनदेखि कार्तिक मङ्सिरसम्म पुष्पले ठुलो बजार लिने र आपूर्ति गर्ने समय हो । उत्पादन गरेका फूलहरु बजारमा पठाउने समयमा लकडाउन सुरु भयो । हाम्रो तथ्यांक अनुसार २ अर्बभन्दा बढीको क्षती भएको स्थिति छ । त्यसकारण कतिपय व्यवसायीहरूले त फूल रोपेको ठाँउमा ट्याक्टर लगाएर धान, मकै लगाउन थालेका छन । नयाँ व्यवसायीलाई त व्यर्थैमा यो क्षेत्रमा आईएछ, व्यर्थैमा लगानी गरिएछ भन्ने लागेर डिप्रसनमा पुग्ने अबस्था छ । यो व्यवसायलाई बचाउनका लागी हामिले सरकारलाई यी कामहरू गर्नुपर्छ भनेर ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण पनि गराएका छौं तर सरकारले औपचारिकता निभाउने काम मात्रै गरिरहेको छ । लक्ष्यसाथ काम गरेको छैन ।

 

सरकारले त कृषिलाई प्राथमिकतामा राखेको छ, पुष्प व्यवसायीहरू बजेटसँग खुसि नहुनुको कारण के हो ?

राज्यले कृषि क्षेत्रलाई प्राथमिकता भने पनि पुष्प व्यावसाय आधारभुत हो, जस्तो मानेन । त्यसकारण हामी यो व्यवसाय गर्ने राज्यको प्राथमिकतामा पर्न सकेनौं । २०७० सालमा पुष्प क्षेत्र पनि प्राथमिकतामा राख्नुपर्छ भनेर घोषणा गर्यो । कार्यान्वयन गर्ने योजना पनि बनायो । त्यसपछि हामी पुष्प व्यवसाय गर्ने र यो क्षेत्रमा चासो राख्ने सबै हौसियौ । तर ती योजनाहरु कार्यान्वयन भएन । अहिले कोरोना महामारी आयो । यो न त हाम्रो नियन्त्रणमा छ न त राज्यको नियन्त्रणमा नै छ । त्यसो हुँदा हाम्रो लगानीको सुरक्षा र चुनौती बढ्दै गएको छ । राज्यले हाम्रो लगानी सुरक्षाको लागि राहत लिएर आओस भन्ने थियो । तर त्यसो हुन सकेन । बैंकहरुले बिनाधितो ऋण दिदैनन । धेरै व्यवसायीहरूले सहकारीबाट ऋण लिएका छन, तर सरकारको जस्तो नीति छ, त्यो नीतिमा सहकारी पर्दैनन् या त समेटिएको छैन । त्यसकारण सरकारले ल्याएका कर छुट, ब्याज छुट आदिबाट पुष्प व्यवसायीहरूले खुसी हुन सक्दैनन् । राज्यले वास्तविक उद्यमीलाई पहिचान गर्नुपर्छ । कृषि, घरेलु तथा साना उद्यमीहरु कसरी व्यवसाय सन्चालन गरिरहेका छन, उनीहरुको बित्तीय पहुँच के छ ? लगायतका अन्य विषयहरुमा राज्यले तथ्यांक संकलन गरेर राख्न आवश्यक छ ।


पुष्प व्यवसायका समस्याहरु केके हुन त ?

केही व्यवसायीहरू १०औं /१५औं वर्षदेखी यो क्षेत्रमा लागिरहेका छन । उनीहरुको सीप यसै क्षेत्रमा छ । योभन्दा अर्को सीप पनि छैन । यत्रो उमेर सम्म यो व्यवसायमा बिताएपछि कुनै अर्को पेशा व्यवसायमा जान पनि तयार छैनन । साँथै सीप तथा अनुभव पनि छैन । यदि गएपनी शुन्यबाट शुरूवात गर्नुपर्ने हुन्छ । त्यसकारण यो व्यवसाय जोगाउन जरुरी छ । अर्को कुरा देशभर झन्डै ४०/४२ हजार मानिस यो क्षेत्रमा आबद्ध छ्न, तिनीहरु बेरोजगार हुँदैछन । १ लाख ६० हजार हेक्टर जमिनमा यो व्यवसाय गर्दै आएकोमा यो घटनेवाला छ । कोरोनाबाट कहिले मुक्त हुने हो त्यो थाहा छैन । कोरोना महामारीबाट माथी नआएसम्म यो व्यवसाय अगाडि बढाउन सकिदैन । ६/७ अर्ब लगानी गरेका छौँ, त्यो लगानी सुरक्षित छैन । डुब्ने अबस्थामा छ । यसकारण लगानिकर्तामा मनसिक समस्या आउने सम्भावना छ ।

 

नर्सरीहरुको अबस्था कस्तो छ त ?

नर्सरीमा पनि समस्या नै छ । लकडाउनको समयमा घरदेखी नर्सरीसम्म जाने सरकारले पासको व्यवस्था नमिलाउदा धेरै विरुवाहरु बिग्रेका छन । पानी हाल्न नपाएर आँखै अगाडि विरुवाहरु खरानी भएको अवस्था छ । यी र यस्ता कारणले गर्द नर्सरीवालाको पनि धेरै ठुलो नोक्सानी भएको छ । त्यसका बाबजुद पनि मानिसह्रुले घरमै बसेर घरको छ्त, कौसी ब्रान्डा लगायतका ठाँउमा विरुवाहरु लगाउने भएकोले १० देखि १५ प्रतिशत व्यापार भएको छ ।


सरकारसँग पुष्प व्यवसायीको अपेक्षा के हो ?

उद्यमीहरुको अपेक्षामा आधारित कार्ययोजना हुनुपर्यो । यदि त्यसो नहुने हो भने जतिसुकै ठुला योजनाका कार्यक्रम आए पनि कर्यान्वयन हुन सक्दैन । यो भन्दा पहिला पनि कृषि क्षेत्रका लागी अर्बौं अर्बका प्रोजेक्टहरु आए । त्यसको उपलब्धि त देखिएन । अहिले हामीले खोज्ने हो भने ति प्रोजेक्टका उपलब्धि कहिँ पनि भेट्न सकिदैन । त्यसकारण बजेट नारामामात्रै सिमित भएर हुँदैन । सरकारले कृषि क्षेत्रमा ल्याएका योजनाहरु पुराना छन । पञ्चायतदेखी गणतन्त्रसम्म आईपुग्दा पनि यसको मोडेल उहि छ । कुनै पनि परिवर्तन आएको छैन । राज्यले कृषि क्षेत्रका लागि ब्याजमा अनुदान दिने भन्यो र दियो पनि । तर त्यसको उपलब्धी के कति भयो भनेर अनुगमन र लेखाजोखा राख्ने काम कहिल्यै गरेन । त्यो पुरनो तरिका हो । हामीले के भनेका छौँ भने अनुदान दिएपछि उपलब्धिको पनि अनुगमन गर्नुपर्छ । अनिमात्र राज्यले ल्याएको कार्यक्रमको सफलीभुत हुन्छ । कागजमा उपलब्धि भएको छ । तर योजना अनुरुपको कार्यान्वयन र उपलब्धि भएको छैन । अब नयाँ प्रविधि परिचालन गरेर अगाडि बढेमात्रै उपलब्धि हासिल गर्न सक्छौं । वैदेशिक रोजगारीका लागि विदेश गएका युवाहरूलाई स्वदेशमै रोजगारको व्यवस्था मिलाएर उनीहरुको सीप उत्पादनमा लगाउनुपर्छ । बाहानामात्रै गरेर बस्ने हो भने यो क्षेत्र सफल हुन सक्दैन ।

 

अन्त्यमा....
देशभरी ७ सयभन्दा बढी पुष्प व्यवसायीहरू छ्न, ६ अर्बभन्दा बढी लगानी छ, ४२/४३ हजारभन्दा बढी रोजगार छ्न । उहाँहरुलाई म के भन्छु भने हाम्रो पनि सुदिन आउँछ । अहिले नै यो क्षेत्रबाट पलायन हुनुहुदैन । धैर्य धारण गर्न अनुरोध गर्छु । उच्च मनोबल र आत्मबलका साथ यो व्यवसाय जोगाउनु तपाईं हामी सबैको कर्तव्य हो ।

Ad

सम्बन्धित समाचारहरु

‘मेहनत गरे असम्भब केही छैन’ – युवा ब्यबसायी वाईबा

‘मेहनत गरे असम्भब केही छैन’ – युवा ब्यबसायी वाईबा

काभ्रेपलाञ्चोक जिल्लाको कर्णाली भनेर चिनिने डाँडापारि खानीखोला गाउपालिका को साल्धारामा जन्मेका शेर बहादुर वाईबा सामान्य परिवारमा हुर्केको र शैक्षिक अबस्था पनि धेरै कठिनाइको साथ माध्यमिक शिक्षा पुरा गरेका थिए । २०५०–५१ तिर शैक्षिक क्षेत्रमा पनि हालको जस्तो सहज नभएको र झन् साल्धारामा त शिक्षा भर्खरै मात्र मा प्रचारित भइरहँदा यस्तो परिस्थिति संग प्रतिस्पर्धा गरेर काठमाडौँ आएका युवा ब्यबसायी तथा पेन्साङ एग्रो टुरिज्म कम्पनीका ब्यबस्थापक शेर बहादुर वाईबाले धैर्यताका साथ आफ्नो कर्मलाइ ध्यान दिई निरन्तरता दिए असम्भब केही नभएको बताएका छन ।

मेरै कार्यकालमा रानिबासको मुहार फेर्नेछु -  नेता बुदे खत्री

कर्णाली प्रदेशको स्थानीय तह चिङ्गाड गाउँपालिका वडा न २ मा जनताले आपेक्षा गरेअनुसारको बिकास नभएता पनि अढाई बर्षिय कार्यकालमा सकारात्मक बिकास भएको वडा अध्यक्ष बुदे खत्रीको भनाई छ । २०४६ सालदेखि नेपाली कांग्रेसबाट सक्रिय राजनीति शुरु गरेका वडाध्यक्ष बुदे खत्री चिङ्गाडबासी जनताका लोकप्रिय नेताका रुपमा चिनिन्छन । चिङ्गाडबासी जनताका हरेक सुख दुखलाई सेयर गर्दै जनताको मन जित्न सफल भएका नेता खत्री लामो समयदेखी एकतर्फी राज गरेको कम्युनिस्टको लालकिल्ला तोड्ने उनी एकमात्र अहिलेसम्मकै सफल वडा अध्यक्षको रुपमा चिनिन्छन । बिगत देखि नै रानिबास भनेपछि कम्युनिस्टको लाल किल्ला भनेर चिनिन्थ्यो । अध्यक्ष खत्रीको लामो राजनीतिक त्याग तपस्या र योगदानका कारण उहालाई रानिबासबासी जनताले गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित गराएका थिए । बिगत लामो समयदेखि नेपाली राजनीतिमा कृयाशिल नेता खत्री २०४९ सालमा वडा अध्यक्ष, २०५४ सालमा उपाध्यक्ष हुदै विभिन्न तहका कमिटी क्षेत्रीय कमिटी सदस्य,महाधिवेशन प्रतिनिधि, जिल्ला कमिटी सदस्य हुँदै स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस बाट वडा अध्यक्षमा निर्वाचित भएका हुन । उनी निर्वाचित भएर आईसकेपछि समग्र रानिबासको बिकासको बारेमा वडा अध्यक्ष बुदे खत्रीसंग खगेन्द्र हमालले गरेको कुराकानीः

Ad

प्रतिक्रिया दिनुहोस

Ad