Namaste Icon
Ad
Ad

२७ वर्ष उमेरमै अस्ताए उसु खेलाडी वीरमान

२७ वर्ष उमेरमै अस्ताए उसु खेलाडी वीरमान

काठमाडौं । उसु खेलाडी वीरमान वाइबाको आज अन्त्येष्टि गरिएको छ । उनको धार्मिक विधि तथा परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको नेपाल उसु महासङ्घले जनाएको छ । अन्त्येष्टिअघि वाइबाको शव श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा राखिएको थियो ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना, राखेप सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीका सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, राखेपका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, उसु र क्योकुसिनका प्रशिक्षक, खेलाडीलगायतले वाइबाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

नेपाली सेनामा आबद्ध उनलाई सेनाले अन्तिम सलामीसमेत दिएको थियो । वाइबाको आइतबार काभ्रेपलाञ्चोकको बेथानचोकस्थित उनकै निवासमा २७ वर्षको उमेरमा निधन भएको थियो । वाइबाले सन् २०१८ मा इण्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकूदमा नेपालबाट सहभागिता जनाएका थिए । उनी राखेप च्याम्पियनसिपको पदक विजेतासमेत हुन । शुरुआतमा वाइबा क्योकुसिन करातेका खेलाडी हुन।

Ad

सम्बन्धित समाचारहरु

इङ्ल्यान्डविरुद्ध पाकिस्तान बलियो

इङ्ल्यान्डविरुद्ध पाकिस्तान बलियो

एजेन्सी । इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो पालिमा पाकिस्तान बलियो देखिएको छ । १०९.३ ओभर खेल्दै ३ सय २६ रन जोडेको पाकिस्तान पहिलो पारिमा इङ्ल्यान्डविरुद्ध बलियो देखिएको हो । यता इङ्ल्यान्डले जवाफी ब्याटिङ गर्दै २८ ओभरमा चार विकेट गुमाएर मात्र ९२ रन जोडेको छ । पहिलो ओभरमा नै ओपनर ब्याट्सम्यान रोरि जोसेफ बुर्न्सलाई गुमाएको इङ्ल्यान्डले चौथो ओभरमा डोम सिब्लीलाई गुमाउँदै खराब सुरुवात गरेको थियो ।

एफए कपको उपाधि अर्सनललाई

एफए कपको उपाधि अर्सनललाई

काठमाडौं । आर्सनलले एफए कपको उपाधि कब्जा गरेको छ । गएराति भएको फाइनल खेलमा चेल्सीलाई २–१ ले हराउदै उपाधि कब्जा गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad