Namaste Icon
Ad
Ad

साफ च्याम्पियनसिप अर्को वर्ष

साफ च्याम्पियनसिप अर्को वर्ष

काठमाडौं । बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासंघ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो । साफको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप सन् २०२१ मा गर्ने निर्णय गरेको हो । यसअघि साफ च्याम्पियनसिप यही वर्ष सेप्टेम्बरमा गर्ने तय भएको थियो ।

बङ्गलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको हो । बाह्रौँ साफ सन् २०१८ मा बङ्गलादेशको ढाकामा आयोजना गरिएको थियो । बाह्रौँ साफको उपाधि माल्दिभ्सले जितेको थियो । सो प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । यसैगरी महिला र पुरुषतर्फ साफ यु–१५ च्याम्पियनसिप र साफ यु–१८ वुमन्स च्याम्पियनसिपबारे साफको अर्को बैठकले टुङ्गो लगाउने बताइएको छ ।

Ad

सम्बन्धित समाचारहरु

इङ्ल्यान्डविरुद्ध पाकिस्तान बलियो

इङ्ल्यान्डविरुद्ध पाकिस्तान बलियो

एजेन्सी । इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो पालिमा पाकिस्तान बलियो देखिएको छ । १०९.३ ओभर खेल्दै ३ सय २६ रन जोडेको पाकिस्तान पहिलो पारिमा इङ्ल्यान्डविरुद्ध बलियो देखिएको हो । यता इङ्ल्यान्डले जवाफी ब्याटिङ गर्दै २८ ओभरमा चार विकेट गुमाएर मात्र ९२ रन जोडेको छ । पहिलो ओभरमा नै ओपनर ब्याट्सम्यान रोरि जोसेफ बुर्न्सलाई गुमाएको इङ्ल्यान्डले चौथो ओभरमा डोम सिब्लीलाई गुमाउँदै खराब सुरुवात गरेको थियो ।

एफए कपको उपाधि अर्सनललाई

एफए कपको उपाधि अर्सनललाई

काठमाडौं । आर्सनलले एफए कपको उपाधि कब्जा गरेको छ । गएराति भएको फाइनल खेलमा चेल्सीलाई २–१ ले हराउदै उपाधि कब्जा गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad