# भर्खरै
Namaste Icon
Ad
Ad

जोखिमपुर्ण क्वारेन्टाईन र कोरोनाको कहर

जोखिमपुर्ण क्वारेन्टाईन र कोरोनाको कहर

राम तिमल्सिना । नेपाल दुई जनसंख्याका हिसाबले ठूला शक्ति राष्ट्रका बीचमा छ । जति भाँडो उति चुबुर्को भनेझैँ जति धेरै जनसंख्या उती धेरै रोग सर्ने जोखिम हुनु स्वभाबिक पनि हो । नेपालको उत्तरी छिमेकी चीन कोरोनाको उद्गम स्थल भएकोले जोखिम यथावत हुदाहुदैँ पनि नेपालमा सञ्चालित बहुसंख्यक निमार्णाधिन जलबिद्युत आयोजनाका धेरै जनशक्ति पनि उतैका हुनाले जोखिम कायमै थियो । सो जोखिम हाललाई नरहे तापनि फेरि पनि १,२ जना नयाँ संक्रमित देखिन थालेकाले फेरी पनि सो संक्रमण नआउला भन्न सकिन्न त्यसैले अहिल्यै सोच्नुपर्ने आबश्यकता जगजाहेरै छ ।


नेपालको दक्षिणी सिमानामा रहेको अर्को छिमेकी भारतमा कोरोनाको यस्तो माहामारी छ की जुन चीनकोभन्दा पनि बिकराल र भयाबह छ जुन तुरुन्तै कम हुने वा रोकिने कुनै संभावना नै देखिन्न भन्ने कुराको चेतावनी बिश्व स्वास्थ्य संगठनले दिदै आएकै छ । अझ लाखौँ नेपालीको अनौपचारिक प्रथम श्रम गन्तब्य भारत हो जहाँ अझै पनि धेरै नेपाली युवा नेपाल आउने पर्खाई र सरकारको सकारात्मक पहल र निर्णयको पर्खाईमा छन् ।

नेपाल र भारतमा आवत जावत गर्ने धेरै बैधानिक नाका भएता पनि नाकाबाट आवत जावत गर्न अनेकन समस्या भएपछि लुकिछिपि चोरीबाटोबाट नेपाल छिर्नेको तथ्याङ्क न संघिय सरकारसँग छ , न प्रदेश सरकारसँग छ न त सिंहदरवारको अधिकार पाएको स्थानीय सरकारसँग नै पाईन्छ । यस्ता मानिसबाट कोरानाको संक्रमणको जोखिम धेरै छ । सर्बप्रथम त यस्ता अबैधानिक नाकामा सुरक्षा सतर्कता बढाउनुपर्छ । यसरी सुरक्षा सतकर्ता बढाउदा पनि लुकिछिपि आफ्नो गाँउघर आउनेलाई स्थानिय प्रशासन र स्थानिय सरकारले सरकारी मापदण्ड बमोजिमको क्वारेन्टिनमा राख्नुपर्दछ ।

कुनैपनि स्थानिय सरकारलाई जति आफ्ना नागरिकको बारेमा जानकारी अरुलाई हुदैन तसर्थ स्थानिय सरकारले र स्थानिय जनताको पहलमा बिदेशबाट आउनेलाई सुरक्षित क्वारेन्टिन मा राख्न सकिन्छ । यदि सुरक्षित क्वारेन्टिन भएमा संक्रमण र महामारी कम हुन्छ भने असुरक्षित क्वारेन्टिन रोग संक्रमणको अखडा बन्ने सुनिश्चित छ ।

संयुक्त राष्ट्र सघं र नेपाल सरकारको मापदण्ड बमोजिमका क्वारेन्टिन हुन अत्याबश्यक छ र यस्तो भएमा मात्र पुर्ण रुपले संक्रमण रोकिन सक्छ । दिनहुजसो समाचारमाध्यममा आएजस्तै नाममात्रका र गुणस्तरहीन क्वारेन्टिन नै अब रोग संक्रमणको हब बन्न सक्छन् । छुट्टाछुट्टै शौचालय, सामाजिक दुरी कायम हुनेगरी बास र सुताईको समुचित ब्यबस्था , गुणस्तरीय , स्वस्थ , सन्तुलित खाना आदी प्रमुख क्वारेन्टिनका आधारभूत आबश्यक्ता हुन कमसेकम यतिमात्र भएपनि नयाँलाई संक्रमण नसर्न सक्छ । नेपालका क्वारेन्टिनमा न त सफा छ न त समयमा बिरामि अस्पताल जान सक्छन् । गत हप्तामात्रै पनि एकजना पुरुषको समयमा अस्पतालमा नलगेर ज्यान गएको आरोप परिवारले लगाएका थिए । तसर्थ क्वारेन्टिन अस्पतालको नजिकै हुनुपर्दछ । क्वारेनिटन तथा अस्पतालका सम्पुर्ण बिरामी र कर्मचारीलाई पिपिइको ब्यवस्था अपरिहार्य छ । नत्र कोरोनाको भयाबह क्वारेन्टिबाट फैलिने कुरा निश्चित छ ।

timram77.rt@gmail.com

Ad

सम्बन्धित समाचारहरु

दक्षिणी भारत, सात दल र द्वन्दको दलदलमा परेको हिजोको दरबार र आजको कम्युनिष्ट सरकार

जाँदा जाँदै ,चाक्सिबारिमा चन्द्रशेखरले न्वारान गरेको उपनिवेश डिजाइन बहुदल न रहेछ ४६ सालपनि आखिरी, न नेपाली कंग्रेसको समाजवाद रहेछ, न मदन भण्डारीको जनबाद रहेछ, होइन रहेछ । आखिर प्रजातन्त्रका पिता त्रीभुवनका सन्ततिको सद्भावना बिना हुर्किएको दल नेपाल मै जन्मेका भएपनि नेपाल र नेपालीका लागि हुन सकेनन । भएका भए त कति राम्रो संबिधान थियो २०४७, यहि संबिधान र बिधानलागु भएर जनता लाभान्वित हुनै पाएनन । किसुन जि पुरस्कृत हुनै नपाइ गिरिजाको न्वारान गरिदियो दक्षिण ले, कंग्रेसका दुइ दिग्गज किसुन जि र गणेशमान त गिरिजाको चंगुलमा परिसकेका थिएनै कम्निस्टमा देश पहिले अनि दल भन्ने मदन भण्डारी मात्रै बाकिँ थिए । तर यी गिरिजा, माकुने , शेरबहादुर जस्ता मतियारमा नमिल्ने थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad