Namaste Icon
Ad
Ad

अमिताभ र अभिषेक बच्चनलाई कोरोना पुष्टि, जया र ऐश्वर्याको रिपोर्ट आउँदै

अमिताभ र अभिषेक बच्चनलाई कोरोना पुष्टि, जया र ऐश्वर्याको रिपोर्ट आउँदै

काठमाडौँ। बलिउडका चर्चित कलाकार अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण भएको छ। कोरोना पोजिटिभ रिपोर्ट आएपछि बाउछोरालाई नै शनिबार अबेर राति मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको छ।

अमिताभकी पत्नी जया र अभिषेककी पत्नी एवं अभिनेत्री ऐश्वर्या राय बच्चनको पनि कोरोना परीक्षण गरिएको छ। उनीहरूकाे रिपोर्ट भने आज आइतबार आउने महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले बताएका छन्।

‘अमिताभ बच्चन र अभिषेक बच्चनको स्वास्थ्य परीक्षण गरिएको थियो। दुवैको रिपोर्ट काेराेना पोजिटिभ आएको छ,’ मुख्यमन्त्री टोपेले भने, ‘उनीहरूका सदस्य जया बच्चन (अभिताभकी पत्नी) र ऐश्वेर्या राय (अभिषेककी पत्नी) को पनि कोरोना परीक्षण गरिएको छ, उनीहरूको रिपोर्ट आज आउँदैछ।’

Ad

सम्बन्धित समाचारहरु

कुखुराको मासुमा कोरोना भाइरस

कुखुराको मासुमा कोरोना भाइरस

एजेन्सी । कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ । ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस भेटिएको हो ।चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीले उहु सिटीस्थित रेष्टुरेन्टमा कुखुराको मासुमा कोरोना भाइरस भेटेको जनाएको छ ।

‘ तिम्रो कोरोना भाइरस हाम्रो देशमा चाहिन्न ’ भन्दै लण्डनमा विद्यार्थीमाथि कुटपिट

लन्डन । वेलायतका एकजना १५ बर्षीय किशोरले आफुले ‘ तिम्रो कोरोना भाइरस हाम्रो देशमा चाहिन्न ’ भन्दै सिंगापुरबाट पढ्न आएका एक विद्यार्थी माथि साँघातिक हमला गरेको स्विकारेका छन् । गत २४ फेब्रुअरीमा टोटेनह्याम कोर्ट रोड ट्युव स्टेसन नजिकको अक्सफोर्ड स्ट्रिटमा २३ वर्षिय जानाथन मोक नराम्ररी पिटएका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad