Namaste Icon
Ad
Ad

कांग्रेस नेता शाहीलाई कोरोना संक्रमण

कांग्रेस नेता शाहीलाई कोरोना संक्रमण

जुम्ला । कांग्रेस नेता तथा कर्णाली प्रदेशसभा प्रतिपक्ष दल नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण देखिएको छ । दुई दिन अघि गरिएको स्वाव परीक्षणमा शाहीलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनले शाहीको सम्पर्कमा आएका व्यक्तिको कारोना परीक्षण गरिने पनि जानकारी दिए ।


संसदीय समितिका विभिन्न बैठकमा जाने आउने गरेका शाही संसद बैठकमा उपस्थित हुने गरेका थिए । शाहीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास छाएको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १६९० पुगेको छ भने तीमध्ये १४६२ जना डिस्चार्ज भइसकेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

संगिनी तीन महिने सुईका फाईदा र असरबारे एक जानकारी

संगिनी तीन महिने सुईका फाईदा र असरबारे एक जानकारी

काठमाडौं । नेपाल सिआरएस कम्पनिद्धारा सन् १९९४ देखि संगिनी को नाममा विक्री वितरण गरिएको छ । संगिनी तीन महिने सुई सहि रुपमा ठीक तीन तीन महिनामा लगाउने गरेमा यसको प्रभावकारिता ९९.७ प्रतिशत छ ।

त्रिवि उपकुलपति कार्यालयमा नेविसंघद्धारा तोडफोड

त्रिवि उपकुलपति कार्यालयमा नेविसंघद्धारा तोडफोड

काठमाडौ। नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको छ । नेविसंघले त्रिविको उपकुलपति र राजिष्ट्रारको शिक्षाध्यक्षको कार्यालयमा तोडफोड गरेको हो । त्रिविले आवश्यक तयारी बिना परीक्षा तालिका सार्वजनिक गरेको र विकल्प नखोजी परीक्षा रद्द गरेकाले आक्रोशित विद्यार्थीले तोडफोड गरेको बताइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad