# भर्खरै
Namaste Icon
Ad
Ad

त्रिविको स्थगित परीक्षा असोजभित्र हुने, यस्तो छ परीक्षा विधि

त्रिविको स्थगित परीक्षा असोजभित्र हुने, यस्तो छ परीक्षा विधि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने बाटो खोल्ने भएको हो ।


परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत चैत ७ गतेदेखि विश्वविद्यालयले स्थगित गरेको सबै तहको परीक्षा दशैँअघि सञ्चालन गर्नेगरी परीक्षाको कार्यतालिका तयार पारेको जानकारी दिए ।


तोकियो विधि
विश्वविद्यालयले अनलाइन वा विद्यार्थीले परीक्षा केन्द्रमै पुगेर परीक्षा दिनेगरी दुई विधिबाट मात्र परीक्षा गरिने स्पष्ट गरेको छ ।


सेमेस्टर प्रणालीमा अध्ययन गरेका विद्यार्थीको केही परीक्षा अनलाइन र केही परीक्षा केन्द्रमै पुगेर परीक्षा लिनेगरी सञ्चालन गरिने नियन्त्रक जोशीले जानकारी दिए ।

यसका साथै वार्षिक प्रणालीमा अध्ययनरत विद्यार्थीको परीक्षा अनलाइनमा गर्न समस्या देखिएकाले विद्यार्थी परीक्षा हलमै उपस्थित हुनुपर्ने अवस्था रहेको उनले स्पष्ट पारे।

यसअघि विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको परीक्षाका लागि अनलाइन, भौतिक उपस्थिति, विद्यार्थीले घरमै लेखेर ल्याउन सकिने लगायतका विकल्प खुला गरेको थियो तर त्रिविले भने अनलाइन या विद्यार्थीको भौतिक उपस्थितिमा मात्रै परीक्षा लिने तयारी गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

 

Ad

सम्बन्धित समाचारहरु

धर्म संस्कृति मान्ने नयाँ निर्देशिका जारी

धर्म संस्कृति मान्ने नयाँ निर्देशिका जारी

काठमाडौं । कोरोना संक्रमणको समेत प्रवाह नगरी काठमाडौं, भक्तपुर, ललितपुर लगायत नेवारी जातीको जनघनत्व भएका शहरमा गाईजात्रा पर्व देखि शुरु हुने परम्परागत पर्वहरुलाई यथास्थितिमा मनाएर सरकारलाई चुनौति नै दिएपछि सरकारले जात्रा तथा धार्मिक सभा समारोह गर्न छुट्टै निर्देशिका जारी गरेको छ ।

पिसाव पोल्ने समस्या छ, भने अपनाउनुस यी घरेलु उपाय

पिसाव पोल्ने समस्या छ, भने अपनाउनुस यी घरेलु उपाय

पिसाव पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु यस प्रकार रहेका छन् –

Ad

प्रतिक्रिया दिनुहोस

Ad