Namaste Icon
Ad
Ad

काेराेनासँग नडराऔं

काेराेनासँग नडराऔं
मुकुन्द प्रसाद दुलाल

कोर‍ाेना अति सुक्ष्म भाइरस हाे, आत्मा बलियो पारौं
जिम्मेवार भईं खुला हृदय ले , खाेलेर हाँस्ने गराैं
खाेकी रूघा अनी ज्वराे सँगसँगै , घाँटी दुखेको भए
छाती जीऊ र टाउको पनि दुखे, तातो र पानी पिउँ

जीरा साथ र ज्वानो ल्वाङ दिनहूँ, बेसार पानी पिउँ
खाना पाेषणयुत्त खानु घरमा, पानी प्रशस्तै पिउँ
ज्यामीरै, सुप कागती सरसफा, गेडागुडी नित्य पिउँ
खाेर्सानी,अमला जुनार जुसकाे, पानी असाध्यै पिउँ

जीरा वा पुदिना र जाइफलकाे, बेसार पानी पिउँ
जीरा दालचिनी र घ्यु लसुनमा, ज्वानो फुराऊँ लिउँ
बाेझाे वा सुकुमेल खानु टिमुरैं, आराम गर्दा लिउँ
ताताे दूध मरीज नित्य रसिलाे, खाना सँगै लिउँ

मेथी नित्य पकाउनू र अदुवा , बुर्जो अलैंची पनि
ताजा हुन् फलफूल प्याज धनियाँ, खाने गरेमा अनि
खाना सन्तुलितैं हुदाँ मह चिया , खाने गरेमा पनि
सुत्ने हाे बडता नुहाउनु सधैं , हाेस् उष्ण पानी पनि

खाना सँग मुला र गाँजर सधैं , ज्वानो र पानी सँगै
छोडौँ मध्य र धुम्रपान घटिया, खान् पान राम्रो सँगै
काेराेना सित लड्न जाेड बलले, संङ्कल्प यस्तै गराैं
आफू बाँच्नु बचाउनू र दुनियाँ , यै धंर्म सम्झाैं गराैं

Ad

सम्बन्धित समाचारहरु

'चोट'

'चोट'

जब पिडा बढ्दछ गजल बनी लेखिन्छ चोट्भित्र भित्रै लुक्दछ बाहिर कहाँ देखिन्छ चोट् ?

लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै

लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ। प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक ज्ञान दिन यही वर्षभित्र पाठ्यसामग्री तयार गरी प्रकाशन गर्ने योजना रहेको बताए।

Ad

प्रतिक्रिया दिनुहोस

Ad