Namaste Icon
Ad
Ad

उसँग अपरिचित म

उसँग अपरिचित म
भवानि वजगाँई

विवाहकाे कुराले उसकाे मनमा मलाई वुझ्ने चाहना बढ्यो
नामथर पत्ता लगाई फेसबुकमा रिक्वेस्ट अनि फलाे गर्याे
मैले पनि फ्रेन्ड रेक्वेस्ट एसेप्ट गरेँ अनि कुराकानी हुन थाल्याे
हाँसिमजाक रमाइलोमै हाम्रो कुराकानी अगाडि बढ्यो ।।।

दिन बित्यो,महिना बित्यो साल साल पनि फेरियाे
साथीकाे हाम्रो नाता झनझन अचम्मले एकअर्कामा बेरियाे
भेटघाट त्यति धैरे नभएनि च्याट फाेन सधैं हुन्याे
भविष्यकाे कुरा गर्दा उ भाग्यलाई दाेष दिन्थ्याे ।।।

दुई चार दिन देखि उसकाे कल आउंदै आएन
मैले कल गर्दा मेराे कल रिसिभ भएन
अर्को दिन मैले कल गर्दा कल काटियाे
दूध र पानी जस्तो हाम्रो सम्बन्ध यसै फाटियाे ।।।

फेरि मैले साझ फाेन गर्दा चिन्दिन पाे भन्छन
किन मान्छे यति छिटाे अपरिचित वन्छन्
मन नभए आज देखि नबाेल भने हुन्थ्यो नि
मेरो पनि मन भुलाउने बाटो खुल्थ्याे नि ।।।।

उसको मनकाे कुरा के हाे मैले वुझ्नै सकिन
पानी धेरै ठुलाे परेको थियाे रूझ्न सकिन
अनलाइन उसलाई देखेपछि वाेल्न मन लाग्छ
संसारका कुना कुना उसैसँग डुल्न मन लाग्छ ।।।।

साथिकाे एउटा पवित्र नाता टुटेको छ आज
चिन्दैन रे उसले मलाई भन्न पनि लागिराछ लाज
पख तिमी हेर्दै जाउ उसलाई मेराे परिचय दिनेछु
अहिलेकाे मेराे समयकाे साँवा व्याज हिसाब गरी लिनेछु

Ad

सम्बन्धित समाचारहरु

'चोट'

'चोट'

जब पिडा बढ्दछ गजल बनी लेखिन्छ चोट्भित्र भित्रै लुक्दछ बाहिर कहाँ देखिन्छ चोट् ?

लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै

लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ। प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक ज्ञान दिन यही वर्षभित्र पाठ्यसामग्री तयार गरी प्रकाशन गर्ने योजना रहेको बताए।

Ad

प्रतिक्रिया दिनुहोस

Ad