# भर्खरै
Namaste Icon
Ad
Ad

नेकपाको नेतृत्व ब्यवस्थापन यसरी गरे कसो होला ?

नेकपाको नेतृत्व ब्यवस्थापन यसरी गरे कसो होला ?
राम प्रसाद रिजाल, नेकपाका युवा नेता

काठमाडौं । नेतृत्व ब्यवस्थापनको मैले तयार पारेको नंया मोडालिटी यसो गरे कसो होला ? हाल नेकपामा मुख्य ५ नेताको ब्यवस्थापन चुनौतीपूर्ण रहेको छ । जसको समयमै उचित ब्यवस्थापन गर्न नसके पार्टी नै फुट्न सक्ने र नेकपा फुटे अहिलेको संघीय लोकतांत्रिक व्यवस्था नै समाप्त भई मुलुककै भविष्य नै अन्धकार र अस्थिरता तिर धकेलिन्छ ।

१) केपी शर्मा ओली – सर्वोच्च कमान्डर वा सर्वोच्च नेता
२) पुष्पकमल दाहाल – कार्यकारिणी अध्यक्ष
३) माधव कुमार नेपाल – प्रधानमंत्री
४) झलनाथ खनाल – सरकार संचालित सयंन्त्रको संयोजक विधा भण्डारी को कार्यकाल पछि राष्ट्रपति
५) वामदेव गौतम – उप प्रधानमंत्री तथा गृहमन्त्री चुनाव पछि को प्रधानमन्त्री

पहिलो मर्यादा मा रहेका ओलीको पद सेरेमोनियल मर्यादाको दोस्रो मा दाहाल तेस्रोमा माधव र चौथौमा खनाल र पांचौंमा गौतमलाई राख्दा उपयुक्त होला । पार्टीमा नेताको संगठन र तल सम्मको पकड़ र उपस्थितको आधारमा मर्यादाकर्म राखिदा उपयुक्त हुने छ । लामो समय सम्म पार्टी का अनगिन्ती बैठकहरु सबै भेटघाटहरु छलफल हरु निश्कर्ष बिहिन भएकोले पार्टीलाई सहयोग पुर्याउन मात्र यो मोडालिटी तयार पारेको हुँ ।

Ad

सम्बन्धित समाचारहरु

दक्षिणी भारत, सात दल र द्वन्दको दलदलमा परेको हिजोको दरबार र आजको कम्युनिष्ट सरकार

जाँदा जाँदै ,चाक्सिबारिमा चन्द्रशेखरले न्वारान गरेको उपनिवेश डिजाइन बहुदल न रहेछ ४६ सालपनि आखिरी, न नेपाली कंग्रेसको समाजवाद रहेछ, न मदन भण्डारीको जनबाद रहेछ, होइन रहेछ । आखिर प्रजातन्त्रका पिता त्रीभुवनका सन्ततिको सद्भावना बिना हुर्किएको दल नेपाल मै जन्मेका भएपनि नेपाल र नेपालीका लागि हुन सकेनन । भएका भए त कति राम्रो संबिधान थियो २०४७, यहि संबिधान र बिधानलागु भएर जनता लाभान्वित हुनै पाएनन । किसुन जि पुरस्कृत हुनै नपाइ गिरिजाको न्वारान गरिदियो दक्षिण ले, कंग्रेसका दुइ दिग्गज किसुन जि र गणेशमान त गिरिजाको चंगुलमा परिसकेका थिएनै कम्निस्टमा देश पहिले अनि दल भन्ने मदन भण्डारी मात्रै बाकिँ थिए । तर यी गिरिजा, माकुने , शेरबहादुर जस्ता मतियारमा नमिल्ने थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad