# भर्खरै
Namaste Icon
Ad
Ad

महंगो मूल्य पर्ने अमिनो एसिड घरमै बनाउने र प्रयोग गर्ने तरिका

महंगो मूल्य पर्ने अमिनो एसिड घरमै बनाउने र प्रयोग गर्ने तरिका
कृष्णमुरारि घिमिरे, भरतपुर महानगरपालिका-२३ शीतलपानी

बाली बिरुवाको वृद्धिविकासको लागि विभिन्न खाद्यतत्वको साथै सुक्ष्मतत्वहरुको आवश्यकता पर्दछ । त्यस्तै तत्वहरु मध्य अमिनो एसिड पनि पर्दछ । हिजोआज बजारमा जति पनि Amino Acid पाइन्छन् तर रासायनिक प्रकृयाबाट तयार गरिएका र महंगो मूल्य पर्ने हुंदा घरमा नै प्राङ्गारिक अमिनो एसिड तयार गरेर सस्तोमा प्रयोग गर्न सकिन्छ।

अमिनो एसिड दुई माध्यमबाट तयार गर्न सकिन्छ।

१- भटमासबाट र

२- माछाबाट

१ भटमासबाट अमिनो एसिड तयार गर्ने तरिका
भटमासबाट अमिनो एसिड बनाउन ५/१/१ को अनुपातमा पानी, भटमास र भेली को आवश्यकता पर्दछ।५ लिटर अमिनो एसिड बनाउन ५ लिटर पानी वा वेस्ट डिकम्पोजर घोल १ केजी भटमास १ केजी भेली वा गुण वा सक्खरको आवश्यकता पर्छ।


बनाउने तरिका
कुनै माटोको वा प्लास्टिकको भाँडो लिने र पाँच लिटर पानी वा वेस्टडिकम्पोजर घोल राख्ने र त्यसमा एक केजी भटमास राखेर रातभरि भिजाउने, राम्ररी ढाडिएको भटमासलाईपानीबाट तर्काएर कुनै मिक्स्चर, ग्राइण्डर वा सिलौटोमा पिंधेर लेदो बनाउने र पाँच लिटर भन्दा बढी अट्ने प्लास्टिक ड्रम वा बल्टी वा माटोको घैंटोमा राख्ने,त्यसमा १ केजी भेली मसिनो बनाएर रख्ने र भटमास भिजाएको पानी वा वेस्ट डिकम्पोजर राख्ने र राम्ररी घोल्ने अनि हल्का छोप्ने मात्र हावाबन्दी नगर्ने र छायाँपर्ने ठाउँमा राख्ने।दिनको एक दुई पटक खोल्ने र बेलुकी बेलुकी चलाइदिने। ७ दिनमा अमिनो एसिड तयार हुन्छ।तयार भएपछि अमिलो अमिलो बास्ना आउँछ।तयार भएपछि मसिनो कपडाले छानेर राख्ने।

पानी प्रयोग गरेको भन्दा वेस्ट डिकम्पोजरमा तयार गरेको राम्रो र धेरै दिनसम्म राख्न सकिन्छ।

२ माछाबाट अमिनो एसिड
माछाबाट अमिनो एसिड बनाउने तरिका पनि भटमासको जस्तै हो मात्रा वा अनुपात पनि एउटै तरिकाको हो, भटमासलाई भिजाएर पिंधिन्छ भने माछालाई मसिना टुक्रा बनाएर पिंध्नु पर्छ र लेदो बनाउनु पर्छ,साना माछाको भन्दा ठूला माछामा अमिनो एसिड धेरै पाइन्छ।

प्रयोग गर्ने मात्रा/तरिका
५०० मिलि अमिनो एसिड प्रति १५ लिटर पानी वा वेस्टडिकम्पोजर मा मिसाएर आवश्यकता अनुसार छर्ने। वेस्ट डिकम्पोजरमा मिसाएर छर्दा बढीमा ५०% मात्र वेस्टडिकम्पोजर प्रयोग गर्ने र बाँकी पानी मिसाउने।

Ad

सम्बन्धित समाचारहरु

सडक अबरुद्ध भएपछी बीच बाटोमै यसरी घोप्ट्याईयो प्युटारका कृषकको दुध

ललितपुर। निरन्तरको वर्षा संगै कान्ति लोकपथमा गएको पहिरो समयमा खुल्न नसक्दा दक्षिण ललितपुरको अवस्था दर्दनाक बनेको छ। बुधबार बागमती गाउँपालिकाको प्युटारबाट राजधानी ल्याउन लागिएको ५०० लिटर दुध सडक अबरुद्ध भएकै कारण ढिलो भएर बीच बाटोमै जमेपछि भट्टेडांडाको कार्कीबास नजिक नष्ट गरिएको हो।

तीतेपाती तेलको मूल्य प्रति लिटर १० हजारसम्म

तीतेपाती तेलको मूल्य प्रति लिटर १० हजारसम्म

तानसेन । पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन शुरु गरिएको छ । करिब १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढङ्गले चल्न सकेको थिएन । स्थानीय जडीबुटी सहकारी संस्थाले झुम्सामा तितेपातीको तेल उत्पादन शुरु गरिएको सहकारीका अध्यक्ष झपेन्द्र जिसीले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad