# भर्खरै
Namaste Icon
Ad
Ad

इकुडोलको गौरव - राष्ट्रव्यापी सन्देशमूलक गीत लेखन प्रतियोगितामा नवराज प्रथम

इकुडोलको गौरव - राष्ट्रव्यापी सन्देशमूलक गीत लेखन प्रतियोगितामा नवराज प्रथम

ललितपुर। बागमती गाउँपालिका ५ इकुडोलमा जन्मिहुर्की लामो समयदेखि सञ्चारकर्म, कलाकारिता एबम शिक्षण पेसामा आफूलाई अब्बल रुपमा अगाडी बढाउदै लागेका नवराज सञ्जेल आरजे आफ्नो जन्मभूमि र राष्ट्रलाई चिनाउनका लागि फेरी अब्बल साबित भएका छन्।

नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा आयोजित खुला राष्ट्रव्यापी सन्देशमूलक गीत लेखन प्रतियोगितामा प्रथम स्थान हासिल गरी सञ्जेलले नगद रु १५ हजार पुरस्कारसमेत प्राप्त गरेका हुन्। विद्यार्थी भर्ना अभियान दिवसका उपलक्ष्यमा केन्द्रले विद्यालय उमेरका सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन र टिकाउन मद्दत पुग्ने उद्देश्यका साथ सन्देशमुलक गीतहरु रचना गरी पठाउनका लागि खुल्ला प्रतिष्पर्धामार्फत आग्रह गरेको थियो। सोहीअनुरुप गीत लेखनमा प्रथम स्थान हासिल गर्नेलाई नगद रु १५ हजार, द्वितीय हुनेलाई नगद रु १० हजार र तृतीय हुनेलाई नगद रु ५ हजार पुरस्कारको घोषणा गरिएको थियो। प्रथम भएका सञ्जेलले पुरस्कार राशि प्राप्त गरिसकेका छन्।

उद्घोषण कलामा समेत आफूलाई अद्भूत क्षमतावानको रुपमा सावित गराएका सञ्जेलले यसअघि पनि आफ्नो जन्मभूमि बागमती गाउँपालिकालाई चिनाउनका लागि बागमती गीत गाउँपालिका संगको सहकार्यमा सार्वजनिक गरिसकेका छन्। उक्त राष्ट्रव्यापी सन्देशमूलक गीतरचना प्रतियोगितामा कुश्मा ७ पर्वतका लक्ष्मीदेवी शर्मा गौडेल द्वितीय र पूर्वीचौकी ४ सानागाउँ डोटीका जनक चर्मकार तृतीय भएका छन्।

Ad

सम्बन्धित समाचारहरु

लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै

लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ। प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक ज्ञान दिन यही वर्षभित्र पाठ्यसामग्री तयार गरी प्रकाशन गर्ने योजना रहेको बताए।

गगनसिंह थापाको " महाप्रलय " बजारमा आउँदै

गगनसिंह थापाको " महाप्रलय " बजारमा आउँदै

काठमाडौं ।आख्यानकार गगनसिंह थापाको छैटौं कृति " महाप्रलय " उपन्यास यहि भाद्रको पहिलो साता बजारमा आउने भएको छ। सुदुरपश्चिम कैलालीको टिकापुर घर भएका ७१ वर्षिय साहित्यकार थापाका यस अघि सोह्र सौगात , कर्णालीको छेउछाउ ,मेरो मधुशाला , पुर्खाको चिट्ठी र उज्ज्वली उपान्यासहरु प्रकाशित छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad