Namaste Icon
Ad
Ad

जसले एक किलाेको करेला फलाए

जसले एक किलाेको करेला फलाए

लामो समयदेखि कााठमाडौंको टोखामा कृषि गरिरहेका कृषक हुन पञ्चकाजि श्रेष्ठ । पछिल्लो समय उनले एक किलोको करेला फलाएर चर्चामा आएका छन । उनले उक्त करेला उत्पादन गर्न निकै मिहेनत गर्नुपरेको बताए । बहु व्यावसायिक खेति गरिरहेका कृषक समुह महासंघका उपाध्यक्ष समेत रहेका श्रेष्ठसँग करेला खेतीको पिषयमा दर्पण दैनिककर्मी चन्द्रकुमार विशवकर्माले गरेको कुराकानीः

कति भयो यो खेती सुरु गर्नु भएको अथवा करेला खेती सुरु गर्नु भएको ?
मैले करेला खेती मात्रै गरेको त है न अन्य तरकारी हरु पनि लगाएको छु तर करेला खेति सुरु गरेको वा करेला लगाएको पनि पाँच बर्ष पुग्यो ।


करेला खेतीको सम्भावना कस्तो छ ?
करेला खेतिको सम्भावना एकदमै छ। करेला को मात्रै कृषि फाम वा खेती गर्ने हो, भने अरु विकल्प खोज्नु पर्दै न किन कि यसमा धेरै सम्भावाना नै छ।


बजारमा करेलाको को माग कस्तो छ ?
करेलाको माग त एकदमै धेरै छ । माग कै कुरा गर्ने हो, भने मलाई मात्रै दिनमा दश देखि पन्ध्र केजि सम्मको माग आउछ तर मैले उत्पादन गरेको करेला बिषादिको प्रयोग नभएको भएर नि हो जस्तो लाग्छ । यदि म जस्तै सबै ले बिषादि रहित उत्पादनमा जोड दिने हो भने, अब तपाई आफै अनुमान गर्नु होस्न म जस्ता किसान कति छ्न र उनीहरु ले कति बेच्दछ्न होला । मैले भन्न खोजेको माग धेरै नै छ बजार मा आवशक परे जति पुर्याउन सकेको छैन ।


तपाईले एउटा करेला एक केजि समको फलाउनु भएको छ नि ?
हो मैले एउटा करेला ठिक एक केजि तौल र डेढ फिट लामो फलाउन सफल भएको छु । यो आफ्नो मेहनतको फल प्राप्त भएको हो, जस्तो पनि लाग्छ । सबै साथीभाइहरु बाट एकदमै सकारात्मक प्रतिकृया र हौसला मिलेको छ । यो मेरो लागि मात्रै न भएर सम्पूर्ण किसान साथीहरुको नै खुसीको कुरा हो जस्तो लाग्छ ।


सरकारले के गर्‍यो भने तपाई जस्ता मिहेनत गर्ने किसान लाई राहात मिल्छ ?
हाम्रो सरकारसँग को माग भनेको समयमा आवश्कता अनुसारको हामीलाई मल बिउबिझन दिए हुन्थ्यो । हामी जस्ता किसानले उत्पदन गरेको तरकारी बालीलाई राम्रोसँग बजारमा लगेर बेच्ने बाताबरण बनाइदिनु पर्यो । हामीले उत्पादन गरेको तरकारी बालीहरु बारिमा नै कुहिन्छ तर भारतबाट ट्रकका ट्रक नेपाल भित्रीन्छ यता पनि सरकारको ध्यान दिनु जरुरी छ। हामी लाई सरकारले राहतको आश मात्रै देखाउने गरेको छ । हामी किसानको साच्चिकै हितमा सरकारले काम गर्ने हो भने हामी पनि उर्जावान भएर झन बढी उत्पादनमा जोड दिने थियौं । हाम्रोलागि गफ र आश्वासन मात्रै भएको छ । अब यस्तो न होस किसानको पनि समस्यालाई हेरिनुपर्छ ।

 

तपाईले उत्पादन गरेको करेला उपभोक्तालाई कति मा बेच्नु हुन्छ ?
मैले उपभोक्ता हरु लाई एक केजिको असी रुपैयामा दिने गरेको छु । उहाँहरु लाई मैले मिलाएर ने दिने गरेको छु।

Ad

सम्बन्धित समाचारहरु

नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ

काठमाडौं । यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३।२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको छ । समयमै पानी परेका कारण मौसमको अनुकूलता र कोरोना भाइरस ९कोभिड–१९० ले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा। हरिबहादुर केसीले भने, ‘हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा यसपटक धान रोपाइँ भएको छ । समयमै पानी परेको तथा पर्याप्त जनशक्ति उपलब्ध भएका कारण गत वर्षभन्दा तीन प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।’

मेथिका फाईदाहरु

मेथिका फाईदाहरु

काठमाडौं । मेथि निकै फाईदाजनकक मानिन्छ । हेर्नुहोस मेथिका फाईदाहरु

Ad

प्रतिक्रिया दिनुहोस

Ad