# भर्खरै
Namaste Icon
Ad
Ad

‘विपी, समाजवाद र राष्ट्रीयता’ बिषयमा अन्तरक्रिया, बाढी पहिरो पीडितलाई सहयोग गर्ने निर्णय पनि

‘विपी, समाजवाद र राष्ट्रीयता’ बिषयमा अन्तरक्रिया, बाढी पहिरो पीडितलाई  सहयोग गर्ने निर्णय पनि

आयरल्याण्ड । नेपाली जनसम्पर्क समिती आयरल्याण्डले नेपालका बाढी पहिरो पीडितलाई  सहयोग गर्ने निर्णय गरेको छ । जनसम्पर्क समितिको कार्यसमितीको बैठकले नेपालमा बाढी र पहिरो पीडितको सहयोग स्वरूप पार्टी जिल्ला समिती मार्फत पीडित सम्म पुर्याउने गरी उपलब्ध गराउने निर्णय गरेको हो । आयरल्याण्डमा नेपालीहरुले राजनीतिका शिखर पुरुष विपि कोईरालाको स्मृतीमा ‘विपी, समाजवाद र राष्ट्रीयता’ बिषयक एक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारी भौतिक रुपमा उपस्थित भएर कार्यक्रम गर्न असम्भव भएकाले प्रबिधीको प्रयोग गर्दै जुम मिटिंगद्वारा अन्र्तक्रिया गरिएको हो । सो क्रममा बाढी र पहिरोका कारण नेपालका विभिन्न ठाउहरुमा पुर्याएको जनधनको क्षती प्रती दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय गर्दै विपीलाई स्मरण गरिएको थियो ।

नेपाली जनसम्पर्क समिती आयरल्याण्डका पदाधिकारी तथा सल्लाहकार र समितीका सदश्यहरुले विपी,समाजवाद र बर्तमान नेतृत्व तथा काग्रेसको आगामी बाटोको बारेमा आआफ्ना बिचार ब्यक्त गर्दै महामानव विपी कोईरालाको स्मृतीमा उनी प्रती श्रदान्जली अर्पण गरे । नेपाली जनसम्पर्क समिती आयरल्याण्डका सभापती लक्ष्मी सापकोटाको समिती लगायतका व्यक्तीहरुले आफ्ना भनाइहरु राखिन । विपिको मार्ग निर्देशन खाली कागजको पानामा उतार्दैमा मात्र नपुग्ने र वास्तबिक रूपमा सबैले अनुसरण गर्न सकेमा मात्रै पार्टी, देश र जनताले सकारात्मक अनुभुति गर्न सक्ने धारण राखिन । ३८ औं स्मृती दिवस सम्म आई पुग्दा पनी विपिका बिचारहरु अझ समय सान्दभीक बन्दै गइरहेको र पार्टीको साखलाई जोगाई राख्ने तर्फ इंग्गीत गर्दै अझ बढ़ी कांग्रेसका नेताहरुले उनको पदचिन्ह्रलाई पछ्याउनु जरूरी रहेको बताईन । कार्यक्रम नेपाली जनसम्पर्क समिती आयरल्याण्डका सभापती लक्ष्मी सापकोटाले संचालन गरेकी थिइन ।

Ad

सम्बन्धित समाचारहरु

जाती भेद विरुद्ध बिश्व मञ्च ग्लोबल फोरम जापानको अध्यक्षमा धनबहादुर बिक

काठमाडौं । समस्यामा परेका वा पछाडी परेका र दलित तथा महिलाहरु लाई सशक्तीकरण गर्ने उद्देश्यले स्थापना भएको संस्था जाती भेद विरुद्ध बिश्व मञ्च ग्लोबल फोरम जापनमा पनि बिस्तार भएको छ । जापानको अध्यक्षमा धन बहादुर विक चयन भएका छन । त्यस्तै, उपाध्यक्षमा ज्ञान बाहादुर शास्त्री, सचीवमा भक्त बाहादुर बिक, सहसचिवमा शिशिर सुर्खेती चयन भएका छ्न, भने कोषाध्यक्षमा दिपक सुनार चयन भएका छ्न। त्यस्तै, सदस्यहरु मा नारायण सुनार, सुन्जु बिक, मिठे बिक, सुजिता बिक र रबिन परियार चयन भएका छ्न । गणेश रिजाल, हिरा बराइली, मुना सुनार, राजु नेपाली र निलम बिक सल्लाहकारमा चयन भएका छ्न।

पिठ्युँमा छोरा बोकेर रिक्सा चलाउने अर्जुन र उनकी श्रीमती दुवै मिडियामा (भिडियो सहित)

काठमाडौं । सामान ओसार्ने रिक्सा चालक २४ बर्षिय अर्जुन बिक सामाजिक संजालमा एकाएक भाईरल भएका छन । उनलाई श्रीमतीले छोडेर गएपछि २ वर्षका छोरालाई संघर्ष गर्दै हुर्काउदै छन् । उनको २ बर्षिय छोरा बिकासलाई पिठ्युँमा सर्टले बेरेर बोकी काम गर्न हिंडेको तस्बिर भाईरल भएको हो । खेलकुदमा ताईकाण्डोका ३ डन समेत रहेका बिक लकडाउन मा परिवारले छाडेपछी एक्लै भएका हुन र आफ्नो छोरा बिकास सँगै राखेका छन । घरका पारिवारिक झगडाले श्रीमतीले छाडेर गएको बताए । श्रीमानको वारेमा यस्तो भिडियो सार्वजनिक भएपछि अर्जुनको श्रीमती पनि मिडियामा आएकी छन् । अर्जुनको श्रीमती मिडियामा आएपछि उनको साथीले उनीहरुबीचको सम्बन्धका बारेमा धेरैकुरा खुलाएकी छन् । उनले अप्ठेरो परेको बेलामा अर्जुनलाई श्रीमतीले छोडेर गएको बताएकी छन् । संगै कोठामा बस्ने गरेकी युवतीले अर्जुनको श्रीमतीको बारेमा बताएकी हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad