# भर्खरै
Namaste Icon
Ad
Ad

हिमालय एयरलाइन्सले कुनमिङमा चार्टर्ड उडान

हिमालय एयरलाइन्सले कुनमिङमा चार्टर्ड उडान

काठमाडौं । हिमालय एयरलाइन्सले चीनको कुनमिङमा चार्टर्ड उडान गर्ने भएको छ । विदेशमा अलपत्र नेपालीको उद्धार उडानमार्फत स्वदेश फर्काउने शिलशिलामा कुनमिङमा यही जुलाई ३१ तारिखमा उडान हुने सो कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

काठमाडौँ–कुनमिङ गन्तव्य उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेको कम्पनीले जनाएको छ । यो गन्तव्यबाट नेपालीलाई स्वदेश फर्काउन हिमालयले उडान गर्न लागेको हो । अन्य गन्तव्यको उडानबारे पुनः सार्वजनिक सूचना जारी गरिने जनाइएको छ । सरकारले भदौँ १ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरिसकेको छ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि पछिल्लो पटक जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान भएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर हुनेछ - प्रधानमन्त्री (भिडियो सहित)

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा देशमा बाघको संख्यालाई दोब्बर बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। बाघ दिवस-२०२० को उपलक्ष्यमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सकेसम्म बाघ र स्थानीय समुदाय बीच द्वन्द्व नहुने गरी बाघ पाइने राष्ट्रिय निकुन्जको व्यवस्थापन गर्नुपर्ने बताए।

Ad

प्रतिक्रिया दिनुहोस

Ad