Namaste Icon
Ad
Ad

कपाल काटेरै विदेशमा भन्दा राम्रो कमाई गर्न सकिन्छ, किन जाने विदेश ? - बलराम पोखरेल

कपाल काटेरै विदेशमा भन्दा राम्रो कमाई गर्न सकिन्छ, किन जाने विदेश ? - बलराम पोखरेल

चन्द्र कुमार विशवकर्मा, काठमाडौं । काठमाडौं बुढानिलकण्ठको गोल्फुटार चोकमा एउटा सटर भाडामा लिएर कपाल काट्ने हसिला युवा बलराम पोखरेललाई कपाल काट्न भ्यानभ्याइ भइरहन्छ । उनले विगत चार बर्ष देखि युनिभर्सल हेअर स्टेस्न सञ्चालनमा ल्याएका हुन । डेढ लाख लगानीबाट कपाल काट्ने व्यावसायको सुरुवात गरेको बताउने पोखरेलले लकडाउन भन्दा अगाडि सम्म केहि काम गर्ने मानिस पनि राखेको तर लकडाउन पछि एक्लै भएको बताए । उनलाई कसरी यो क्षेत्रमा आउनु भयो भनेर हामीले प्रश्न गर्दा उनले विगतलाई सम्झिदै भने, 'कसरी आकर्षक भए भन्दा पनि गाउँ घरमा त सैलुन हुदैन जो अलिक बाठो टाठो छ उ कैँची चलाउन जान्दछ । उ बाटै दारी कपाल काट्ने चल्न थियो । आज पनि छ, यसै क्रममा मैले पनि गाउँ घरमा हुँदा नै साना साना गाउँका भाइ भतिजहरु को कपाल काटिदिन्थे यसरि काट्दै जाने क्रममा मेरो यसमा रुचि बढ्दै गयो र मैले गाउँ बाटै यो काम गर्न सुरु गरे ।'

हामीले अझैं चाख लागेर सोध्यौं, तपाई कसरी व्यावसाय प्रति नै आर्कषित हुनुभयो ? उनले हास्दै जवाफ दिए, 'मैले अगाडि नै पनि भनी सके म पहिला बाट्ने अलि अलि यस्तो काम गर्ने भएको हुँदा । म मिति २०६६ सालमा एसएलसि दिएर काठमाडौं आए त्यसपछि धेरै कामको खोजी गरे तर पाइन, अलिपछि रङ लगाउने काम पनि गरे । त्यस्तो काम गर्दा निकै दुःख पाए उनले भने, एक दिन जना दाइ सङग चिन्जान भयो उहाँ संग गफ गदै जादा एउटा मेरो साथीको सैलुन छ काम गछौ ? भनुभयो यो काम मैले पहिला पनि गाउँ घरमा गरेको अलि अलि अनुभब भएको हुँदा पनि म तयार भए र हुन्छ भने । काम गर्ने ठाउँ मा पुगे पछी तीन महिना जति सिक्नु पर्छ भने पछी म तयार भए र सिके। पछि म यस्मा रमाउदै जान थाले आज सम्मपनि यहि पेसामा छु, खोही आकर्षित त येस्तै त होला नि ।'

कपाल काटेर राम्रै आमदानी हुने बताउदै पोखरेलले भने कमाइ ठिकै छ त्यति धेरै लगानी गर्नु न पर्ने हुनाले आफ्नो मेहनत अनुसार हुने भएको हुँदा कमाइ ठिकै भएको उल्लेख गरे । उनले भने, 'मैले आफ्नो परिवार पसल र घर भाडा याही बाटनै चलाएको छु भनेपछी तेती गाह्रो छैन कमाइ ठिकै छ।' मिहेनत गर्नेलाई जता पनि सम्भावना देख्ने पोखरेलले असम्भब भने कै छैन तर मिहेनती र आफू उर्जावान र सीप सिक्नमा अल्छि नमाने र मेहेनेती बन्ने हो भने भरपुर सम्भावना भएको बताए । उनले काम नपाएर भौतारिएर हिड्नु भन्दा यसमा धेरै राम्रो सम्भावना भएको सुनाए ।


कपाल काट्ने पेशामा बाहिरवाट हेर्दा जति सजिलो र सहज लाग्छ त्यति नै समस्या रहेको युवा पोखरेलले बताए । यस क्षेत्रका समस्याका बारे उनले भने, 'समस्या भनेको कहिले काहीँ अन्जानमा घाउ चोट लाग्छ कपाल अथवा दारी को डिजाइनमा कष्टमरले दिएको डिजाइनमा फरक आउँदा कष्टमर रिसाउने गर्छन् । किनभने आफूले कहिले नगरेको डिजाइन पनि काट्नु पर्ने हुन्छ यसमा कष्टमरहरु ले नबुझिदिने हुनाले सम्स्या हुन्छ । किनभने उहाँहरुले आफूलाई नकारात्मक टिप्पणी गाली गलौज सम्मेत गर्ने हुँदा र कहिले काहीँ पारिश्रमिक समेत न दिने हुनाले यसमा चाँहि एक समस्या नै हो ।' उनले अर्काकाे मन खुसि राख्नसक्नु त्यति सजिलो काम नभएको बताए ।


नेपालका पहाडी समुदायले यस्तो काम व्यावसायिक रुपमा खास गर्दैनन नि भनेर हामीले भन्न नपाउदै उनले जवाफ दिए, 'काम कहिले पनि सानो ठुलो र काम कहिँले जाती विशेष पनि भनु हुदैन । कामलाई हामिले सम्मान गर्नु पर्ने हुन्छ । जाती कै आधारमा हेर्न हो भने म पन्डित भएर पुजापाठ गर्नुपर्ने हो तर म पन्डित भइन् त ? किन कि म यो मान्यता राख्दिन । काममा पनि भेदभाब हुनु हुदैन भनेर नै मैले यो काम सुरुवात गरेको हुँ । मलाई पहिला पहिला त घर परिवारले नि भनु भयो यस्तो काम नगर भनेर पनि तर पछि मैले राम्रो गर्दै गए र परिवार लाई नि बुझाए र अहिले राम्रो छ, भनेर मेरो परिवार सवै खुसिछन।'

सैलुन ब्यबसायलाई नै अगाडि बढाउने उनको भावी योजना रहेको सुनाए । अब बिदेशीनु र अन्य काम मा लाग्नु भन्दा पनि मेरो यो ब्यबसाय लाई झन् ठुलो बनाएर नेपालका युवा लाई सीप सिकाइ रोजगारी दिएर नेपालमा नै राख्ने र आफ्नो पेशा लाई पनि राम्रो र दिगो आम्दानीको श्रोत बनाउने उनको योजना छ ।

नेपाली युवाहरुलाई उनले कपाल तथा दाह्री काट्ने काममा पनि राम्रै सम्भावना भएकोले यसमै आउन अनुरोध गरे । उनले भने, 'नेपाली दाजुभाइ बेरोजगार भएर बस्नु भन्दा यो पेशामा आउन म अनुरोध गर्छु। किनकि बाहिर देशबाट आएर नेपालमा काम गरि नेपाली पैसा बाहिर लगेका छ्न । यदि यो काम हामी नेपाली दाजुभाइले नै गर्ने हो भने हाम्रो देश को पैँसा हाम्रै देश मा राख्न सकिन्छ। रोजगार पनि बन्न सकिन्छ । बाहिर देश मा गएर दुःख पाउनु भन्दा आफनै देश मा केहि गर्न सकिन्छ ।'

 

कुराकानीमा आधरित

 

 

Ad

सम्बन्धित समाचारहरु

‘मेहनत गरे असम्भब केही छैन’ – युवा ब्यबसायी वाईबा

‘मेहनत गरे असम्भब केही छैन’ – युवा ब्यबसायी वाईबा

काभ्रेपलाञ्चोक जिल्लाको कर्णाली भनेर चिनिने डाँडापारि खानीखोला गाउपालिका को साल्धारामा जन्मेका शेर बहादुर वाईबा सामान्य परिवारमा हुर्केको र शैक्षिक अबस्था पनि धेरै कठिनाइको साथ माध्यमिक शिक्षा पुरा गरेका थिए । २०५०–५१ तिर शैक्षिक क्षेत्रमा पनि हालको जस्तो सहज नभएको र झन् साल्धारामा त शिक्षा भर्खरै मात्र मा प्रचारित भइरहँदा यस्तो परिस्थिति संग प्रतिस्पर्धा गरेर काठमाडौँ आएका युवा ब्यबसायी तथा पेन्साङ एग्रो टुरिज्म कम्पनीका ब्यबस्थापक शेर बहादुर वाईबाले धैर्यताका साथ आफ्नो कर्मलाइ ध्यान दिई निरन्तरता दिए असम्भब केही नभएको बताएका छन ।

मेरै कार्यकालमा रानिबासको मुहार फेर्नेछु -  नेता बुदे खत्री

कर्णाली प्रदेशको स्थानीय तह चिङ्गाड गाउँपालिका वडा न २ मा जनताले आपेक्षा गरेअनुसारको बिकास नभएता पनि अढाई बर्षिय कार्यकालमा सकारात्मक बिकास भएको वडा अध्यक्ष बुदे खत्रीको भनाई छ । २०४६ सालदेखि नेपाली कांग्रेसबाट सक्रिय राजनीति शुरु गरेका वडाध्यक्ष बुदे खत्री चिङ्गाडबासी जनताका लोकप्रिय नेताका रुपमा चिनिन्छन । चिङ्गाडबासी जनताका हरेक सुख दुखलाई सेयर गर्दै जनताको मन जित्न सफल भएका नेता खत्री लामो समयदेखी एकतर्फी राज गरेको कम्युनिस्टको लालकिल्ला तोड्ने उनी एकमात्र अहिलेसम्मकै सफल वडा अध्यक्षको रुपमा चिनिन्छन । बिगत देखि नै रानिबास भनेपछि कम्युनिस्टको लाल किल्ला भनेर चिनिन्थ्यो । अध्यक्ष खत्रीको लामो राजनीतिक त्याग तपस्या र योगदानका कारण उहालाई रानिबासबासी जनताले गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित गराएका थिए । बिगत लामो समयदेखि नेपाली राजनीतिमा कृयाशिल नेता खत्री २०४९ सालमा वडा अध्यक्ष, २०५४ सालमा उपाध्यक्ष हुदै विभिन्न तहका कमिटी क्षेत्रीय कमिटी सदस्य,महाधिवेशन प्रतिनिधि, जिल्ला कमिटी सदस्य हुँदै स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस बाट वडा अध्यक्षमा निर्वाचित भएका हुन । उनी निर्वाचित भएर आईसकेपछि समग्र रानिबासको बिकासको बारेमा वडा अध्यक्ष बुदे खत्रीसंग खगेन्द्र हमालले गरेको कुराकानीः

Ad

प्रतिक्रिया दिनुहोस

Ad