Namaste Icon
Ad
Ad

कोभिड १९ फोटो प्रतियोगिता गर्दै फोटो पसल

कोभिड १९ फोटो प्रतियोगिता गर्दै फोटो पसल

काठमाडौं । विश्व फोटो दिवसको अवसर पारेर फोटो पसल प्रालिले कोभिड १९ फोटो प्रतियोगिता गर्ने भएको छ । अगस्ट १९ मा पर्ने विश्व फोटो दिवसमा कारोनाको बेला खिचिएका फोटोहरुको प्रतिष्पर्धा गरिन लागेको हो । फोटोग्राफी सम्बन्धी व्यवसाय एवं सम्वन्धि रुची राख्ने नेपाली नागरिकहरुलाई सम्मान गर्न प्रतियोगिता राखिएको हो । कोरोना भाइरस (कोभिड– १९) ले नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट के कस्तो सूचना, जनचेनता दिदै आइरहेको छ भन्ने कुराको संहग्र गर्ने उद्देश्यले वर्तमानमा यसले पारेको असर र प्रभावलाई इतिहासमा भावि पुस्तालाई दस्तावेजका रुपमा प्रस्तुुत गरी कोभिड १९ फोटो प्रतियोगिता गर्न लागेको बताइएको छ ।

कोभिड १९ संग सम्बन्धी फोटोलाई प्रमुखतामा राखेर नै फोटो समाबेश गरि प्रतियोगितामा जुसुकै पनि सहभागीता जनाउन सक्नेछन । साथै देश तथा विदेशमा रहेका फोटोग्राफर, फोटो पत्रकार र फोटोग्राफी सम्बन्धी रुची राख्ने नेपालीहरुले समेत यस प्रतियोगितामा निशुल्क सहभागी हुन सक्ने बताइएको छ । सहभागी हुनका लागि फेसबुक पेजमा रहेको जिमेलमा ओरजिनल फाइल फोटो कम्तिमा पनि भएको र आफैले खिचेको मात्र पठाउनु पर्ने छ । प्रतियोगिताको बिजेता छनोटका लागि आयोजक कमिटिले वरिष्ट फोटोग्राफर, वरिष्ठ फोटो प्रत्रकार लगायत तीन सदश्यीय निर्णायक मण्डल छनोट गरिएको फोटो पसलले जनाएको छ ।


प्रतियोगिताको प्रथम पुरस्कार रू २५ हजार, दोस्रो पुरस्कार रू १० हजार र तेस्रो पुरस्कार रू ५ हजार सम्मान स्वरूप प्रदान गर्ने निर्णयक फोटो पसल प्रलिको छ, भने साथै सम्पुर्ण सहभागीलाइ समेत आयोजक कमिटिद्धारा डिजिटल प्रमाण प्रत्रको व्यवस्था समेत गरिएको छ । फोटो पसलका अनुसार उक्त प्रतियोगितामा सहभागीले पठाउएको सम्पुर्ण फोटो आयोजक कमिटिले सहज परिस्थिति आए पछि फोटो अनलाइन वा अफलाइन प्रर्दशनीमा राख्न फोटोपसलले पाउने छ, भने यदि प्रतियोगि मध्येका कुनै फोटो विक्रि वितरण भएमा उक्त फोटोको विक्रि मुल्यको आधा रकम सम्वन्धित फोटोग्राफरले समेत पाउने छ । प्रतियोगिहरूले आफुले पठाउने फोटो साधारण लाइट चलाएर राम्रो बनाएर पठाउन सक्नु हुन्छ । फोटो यहि श्रावण ३१ गते शनिवार सम्म पठाइसक्नु पर्ने छ, भने पठाउने फोटो कोभिड–१९ सम्वन्धि जनचेतना,सुचना एवं यसको प्रभावलाइ उजागर गराउने विषय वस्तुमा केन्द्रित हुनु पर्ने छ ।

Ad

सम्बन्धित समाचारहरु

बुवाको निधन भयो, आमा सम्पर्कविहीन भएपछि....

बुवाको निधन भयो, आमा सम्पर्कविहीन भएपछि....

डोटीको सायल गाउँपालिका–६ नारामा करिब एक वर्ष पहिले बुवा बाजी खातीको निधन भएपछि र आमा करिब ७ महिनादेखि सम्पर्कविहीन भएपछि अलपत्र परेका बालबालिका ।

देउता चढेपछि नाच्दै धामीझाँक्री

देउता चढेपछि नाच्दै धामीझाँक्री

मुगु जिल्लास्थित रुगा गाउँमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सोमबार थार्प मष्टो, धलपुरा, भवानीलगायत देवताका धामी देवता चढेपछि नाच्दै । कर्णालीका बस्तीमा विभिन्न देउता मान्दछन् खास गरी मष्टो मान्ने भएकाले मष्टोका विभिन्न रुपमा आउने देवताका धामी जनैपूर्णिमाका दिन आफ्नो शक्ति देखाउने गर्दछन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad