# भर्खरै
Namaste Icon
Ad
Ad

कविता-ए बर्खे झरी

कविता-ए बर्खे झरी

ए बर्खे झरी
यो साल त तिमीले
हिउँदका घाउहरु
नपुरिदै मीठो
शीतल दिने
गानाका स्वरकम्पनहरु
बजाएर
मेरै धरतीमा
चाडै पाइला
टेकेछौ

तिम्रा ती
शीतल दिने गानाका
स्वरकम्पनहरु
सुन्दासुन्दै
खोला खाल्साहरुले
यहाँ त

घरहरु बगाइरहे
जमिनहरु बगाइरहे
मानिसहरुको ज्यान
लिइरहे

तिम्रा ती गानाका
स्वरकम्पनहरु
कस्ता रहेछन
मेरो गाउमा
नानीबाबुहरु हिड्ने
घुम्ती बाटाहरु छैनन
झोलुङ्गेपुलहरु खोलामै
पौडी खेल्दैछन

भन त
ए बर्खे झरी
कसरी जानु हो
स्कुल ? कसरी
तर्नु हो खोला ?
कसरी पुग्नु हो
कार्यालय ?
के गर्‍यौ यसो तिमीले ?

 


रचियता - गोबिन्द डडाल(दुनु)

Ad

सम्बन्धित समाचारहरु

लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै

लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ। प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक ज्ञान दिन यही वर्षभित्र पाठ्यसामग्री तयार गरी प्रकाशन गर्ने योजना रहेको बताए।

गगनसिंह थापाको " महाप्रलय " बजारमा आउँदै

गगनसिंह थापाको " महाप्रलय " बजारमा आउँदै

काठमाडौं ।आख्यानकार गगनसिंह थापाको छैटौं कृति " महाप्रलय " उपन्यास यहि भाद्रको पहिलो साता बजारमा आउने भएको छ। सुदुरपश्चिम कैलालीको टिकापुर घर भएका ७१ वर्षिय साहित्यकार थापाका यस अघि सोह्र सौगात , कर्णालीको छेउछाउ ,मेरो मधुशाला , पुर्खाको चिट्ठी र उज्ज्वली उपान्यासहरु प्रकाशित छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad