# भर्खरै
Namaste Icon
Ad
Ad

मूल्य रु. २९,९९० पर्ने ओपो ए५२ नेपालमा

मूल्य रु. २९,९९० पर्ने  ओपो ए५२ नेपालमा

काठमाडौं । ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए५२ सार्वजनिक गरेको छ । ब्राण्डले सार्वजनिक गरेको नयाँ ह्याण्डसेटको मूल्य रु. २९,९९० निर्धारण गरेको छ । ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो फोन दुई रङमा उपलब्ध गरिएको छ । यसको मोटाइ ८.९एमएम र वजन जम्मा १९२ ग्राम रहेको छ ।


डिस्प्ले
ओपो ए५२को डिस्प्लेको कुरा गर्दा यसमा १०८०×२४०० एफएचडी+ रेजोल्यूशन सहितको ६.५ ईञ्च नियो डिस्प्ले (ब्लाइन्ड होल स्क्रिन)को प्रयोग गरिएको छ । स्क्रिनको पिक्सेल डेन्सिटी ४०५ पीपीआई रहेको छ । उपकरणको स्क्रिन टू बडी रेसियो ९०.५% छ । फोनको डिस्प्लेमा ईन(सेल टेक्नोलोजी (सनलाइट स्क्रिन), ब्ल्यू शिल्ड (टीयूभी राइनल्याण्ड प्रमाणित) लगायत पनि उपलब्ध गरिएको छ ।


क्यामेरा
ओपो ए५२मा कम्पनीले क्वाड रियर क्यामेरा सेटअपको प्रयोग गरेको छ । यसको प्रमुख रियर क्यामेरा एफ१.७ एपर्चर सहितको १२एमपी र सेकेन्डरी रियर क्यामेरा एफ२.२ सहितको ८एमपी (वाइड) रहेको छ । साथै, फोनमा दूई ओटा एफ२.४ एपर्चर सहितको २एमपी रेजोल्यूशन सेन्सर रहेका छन् । जसमध्य, एउटा माक्रो लेन्स र अर्को पोट्रेट लेन्स हुन् । यिनमा टच टू फोकस, फेज डिटेक्शन एएफ अटोफोकस प्रविधिपनि उपलब्ध गरिएको छ । फोनको रियर क्यामेरालाई सहयोगार्थ यसमा डुअल एलईडी फ्ल्याशको प्रयोग गरिएको छ । सेल्फीका लागि भने एफ२.० एपर्चर सहितको १६.०एमपी फ्रन्ट क्यामेराको व्यवस्था गरिएको छ ।


हार्डवेयर तथा सफ्टवेयर
ओपो ए५२लाई ओक्टाकोर (४×२.० जीएचजेड कायरो २५० गोल्ड + ४×१ं.८ जीएचजेड कायरो २६० सिल्भर) क्वालकम स्न्यापड्रागन ६६५ चिपसेटले सञ्चारित गर्छ । फोनमा ४जीबी र्‍याम र १२८जीबी आन्तरिक सञ्चय क्षमताको ब्यवस्था गरिएको छ । कलरओएस ७.१ (एण्ड्रोइड १०)द्वारा सञ्चारित हुने यसमा प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार एसएसडीमार्फत सञ्चय क्षमतालाई २५६जीबीसम्म बढाउन सक्छन् । फोनमा साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सरको प्रयोग गरिएको छ । ओपो ए५२मा कम्पनीले १८वाट फास्ट चार्जिङ प्रविधि सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरेको छ ।


ओपो ए५२का विशेषता
ओपो ए५२का केही प्रमुख विशेषताहरुका बारेमा निम्न लिखित टेबलमार्फत जानकारी दिइएको छ :

ब्राण्ड – ओपो
चिपसेट – क्वालकम स्न्यापड्रागन ६६५
र्‍याम – ४जीबी
आन्तरिक सञ्चय – क्षमता १२८जीबी
स्क्रिनको आकार – ६.५
रेजोल्यूशन – १०८०×२४००
रियर क्यामेरा – १२एमपी+८एमपी+२एमपी+२एमपी
अतिरिक्त सञ्चय सुविधा – छ
फ्रण्ट क्यामेरा – १६एमपी
फिंगरप्रिन्ट – साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर
ब्याट्री – ५०००एमएएच
डिस्प्ले – ६.५ ईञ्च १०८०×२४०० पिक्सेल ४०५ पीपीआई

मूल्य तथा उपलब्धता

ओपो ए५२को बजार मूल्य रु. २९,९९० निर्धारण गरिएको छ । श्रावण १ गतेका दिनदेखि नै यो फोनलाई आफ्ना प्रमुख विक्री केन्द्रहरु मार्फत कम्पनीले सर्वत्र बजारमा उपलब्ध गराइसकेको छ ।

Ad

सम्बन्धित समाचारहरु

एनसेलको ‘वायरफ्री प्लस वाइफाइ’ सुरु, यस्ता छन सुविधा

एनसेलको ‘वायरफ्री प्लस वाइफाइ’ सुरु, यस्ता छन सुविधा

काठमाडौं । एनसेलले वायरलेस वाइफाइ सेवा सुरु गरेको छ। एनसेल आजीयाटा लिमिटेडले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको दाबी गरेको छ । मंगलवार (साउन २०) देखि सुरु गरेको यो सेवा घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका उपयोगी हुने कम्पनीले जानकारी दिएको छ। यो सेवा लिनेहरुले बन्डल सेवामा २ फोरजी सिमकार्ड, प्रत्येक सिममा ५ जीबी देखि १० जीबी डेटा, होम नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु पाउने छन्।

इ–स्पोर्टसलाई भाइबरको साथ, सुरु गर्‍यो ‘टिम स्वर्ग’ फोर्टनाइट कम्युनिटी

काठमाडौं । सहज सञ्चार आदान प्रदानका लागि विश्वको ठूला एपहरु मध्येको एक राकुटेन भाइबरले हालै मात्र विश्वव्यापी रुपमा परिचित ‘फोर्टनाइट’ नाम दिइएको एक इ–स्पोर्टस् प्रतियोगिता नेपालमा सञ्चालन गर्नका लागि सहयोग गरेको छ। प्रतियागिताको आयोजना ‘स्वर्ग‘ नामक एक स्वतन्त्र इ(स्पोर्टस् संगठनको सहकार्यमा भएको थियो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad