Namaste Icon
Ad
Ad

मेरै कार्यकालमा रानिबासको मुहार फेर्नेछु - नेता बुदे खत्री

मेरै कार्यकालमा रानिबासको मुहार फेर्नेछु -  नेता बुदे खत्री

कर्णाली प्रदेशको स्थानीय तह चिङ्गाड गाउँपालिका वडा न २ मा जनताले आपेक्षा गरेअनुसारको बिकास नभएता पनि अढाई बर्षिय कार्यकालमा सकारात्मक बिकास भएको वडा अध्यक्ष बुदे खत्रीको भनाई छ । २०४६ सालदेखि नेपाली कांग्रेसबाट सक्रिय राजनीति शुरु गरेका वडाध्यक्ष बुदे खत्री चिङ्गाडबासी जनताका लोकप्रिय नेताका रुपमा चिनिन्छन । चिङ्गाडबासी जनताका हरेक सुख दुखलाई सेयर गर्दै जनताको मन जित्न सफल भएका नेता खत्री लामो समयदेखी एकतर्फी राज गरेको कम्युनिस्टको लालकिल्ला तोड्ने उनी एकमात्र अहिलेसम्मकै सफल वडा अध्यक्षको रुपमा चिनिन्छन । बिगत देखि नै रानिबास भनेपछि कम्युनिस्टको लाल किल्ला भनेर चिनिन्थ्यो । अध्यक्ष खत्रीको लामो राजनीतिक त्याग तपस्या र योगदानका कारण उहालाई रानिबासबासी जनताले गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित गराएका थिए । बिगत लामो समयदेखि नेपाली राजनीतिमा कृयाशिल नेता खत्री २०४९ सालमा वडा अध्यक्ष, २०५४ सालमा उपाध्यक्ष हुदै विभिन्न तहका कमिटी क्षेत्रीय कमिटी सदस्य,महाधिवेशन प्रतिनिधि, जिल्ला कमिटी सदस्य हुँदै स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस बाट वडा अध्यक्षमा निर्वाचित भएका हुन । उनी निर्वाचित भएर आईसकेपछि समग्र रानिबासको बिकासको बारेमा वडा अध्यक्ष बुदे खत्रीसंग खगेन्द्र हमालले गरेको कुराकानीः

 


तपाईंको यो अढाई बर्षिय कार्यकालमा रानिबासका जनताले के कस्तो बिकासको परिणाम देख्न पाएका छन ?

म एउटा जनताको सेवा गर्नकै लागि २०४६ सालदेखि निरन्तर राजनीतिमा लागिपरेकाले मेरो अन्तरमनमा जनताको सेवा र समग्र रानिबासको बिकासको बाहेक अन्यतिर कहिले पनि ध्यान गएन।नेपालमा पटकपटकको व्यवस्था परिवर्तन हुदा र राजनीतिक स्थिरता र स्थायी सरकार नहुदा नेपाली जनताले सोचेअनुसारको बिकास हामी राजनीतिक नेतृत्वहरुले चाहेर पनि गर्न सकेनौं । अहिले जनताले स्थिर सरकार पाएका छन।रानिबासको सन्दर्भमा भन्नुपर्दा २०४६ साल पछिकै सन्दर्भलाई नियाल्ने हो भने सडक, खानेपानी, सिचाइ, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा यति धेरै बिकास भएको यो पहिलोपटक हो।रानिबासमा केही पनि बिकास भएको छैन भनेर जुन कुप्रचार बाहिर गरिएको छ त्यो एकदमै गलत हो।अहिलेको टेक्निकल स्पिड र जनताले आपेक्षा गरेअनुसारको बिकासमा केही परिणामकको कमि भएतापनी रानिबासमा बिकास भएकै छ र मेरै कार्यकालमा म रानिबासको मुहार फेर्नेछु।

 


अध्यक्ष ज्यु रानिबासमा खानेपानीको के कस्तो बिकास भैरहेको छरुरानिबासबासी जनताले खानेपानीको लागि कुनै समस्या त झेल्नु परेको छैन ?
मेरो यो अढाई बर्षिय कार्यकालमा पारिलेख दुधिला, बिरकुरी, काफलकाडा, काउलेमेला, गाकडा रहकुल बादाशाला, काडापोखरी लिफ्ट लगायतका ठाउँहरुमा खानेपानीको राम्रो बिकास भएको छ।तर यतिले मात्रै पुग्दैन अझै थप आवस्यकता अनुसार विभिन्न ठाउँमा जहाँ खानेपानीको अभाव छ । त्यस्ता ठाउँमा हामिले खानेपानी उपलब्ध गराउने हेतुले कार्ययोजना बनाएका छौ । रानिबासबासी जनतालाई खानेपानीको समस्या अहिले झेल्नुपर्ने अवस्था छैन । त्यस्तो समस्या भएमा जनताका समस्या सावधान गर्नकै लागि जनताले निर्वाचित गराएका हुन र म सधै जनताको सेवामा समर्पित हुनेछु।


तपाईंको ईन्ट्रीपछि कृषिक्षेत्रमा के कस्तो बिकास भएको छरुसमग्र रानिबासको सन्दर्भमा कुन कुन ठाउँमा सिचाइको सुविधा छ ?
,नेपाल एउटा कृषि प्रदान देश हो । हामी प्राय नेपाली कृषिमा लगाम राख्छौ।हामी नेपालीहरुको पेशा नै कृषि भएकोले कृषि गर्नको लागि पहिलो कुरा त सिचाइको आवस्यकता पर्छ,प्राविधिक सल्लाह सुझावको आवस्यकता पर्छ, त्यसका लागि हामि लागिपरेका छौ । वडाको क्षमताले भ्यायअनुसार सिचाइको सन्दर्भमा भन्नुहुन्छ, भने पहिलेको तुलनामा अहिले केही परिवर्तन भएको छ । हामिलाई थाहा छ यतिले मात्रै पुग्दैन यसलाई प्रभावकारि र कृषि मैत्री बनाउन हामी एकदमै लागिपरेका छौ । सिचाइ क्षेत्रमा बाधाशाला सिचाइ पोखरी, ज्युनिपोले सिचाइ पोखरी,गाकडा सिचाइ पोखरी,तलिगाउ सिचाइ पोखरी निर्माण भएका छन र थप सिचाइ पोखरीका लागि हामिले वडाको बजेटले भ्याएसम्म विभिन्न ठाउमा पोखरी निर्माण गर्नेछौ।

 

तपाई निर्वाचित भएर आएपछि रानिबासमा शिक्षा, स्वास्थ्य,र पर्यटन क्षेत्रमा के कस्तो बिकास भएको छ ?

शैक्षिक क्षेत्रको कुरा गर्ने हो भने भौतिक संरचना अन्तर्गत आवस्यक भवनहरु निर्माण भएका छन,शिक्षक दरबन्दीको जनशक्ति,स्वयंसेवक शिक्षक व्यवस्थापन,शैक्षिक अनुगमन,प्राविधिक शिक्षाको बिकासको सन्दर्भमा कम्युटर ल्याब, बिज्ञान प्रयोगशाला, पुस्तककालय संचालन गरेका छौ । यसैगरी प्राविधिक शिक्षक संचालन,१८ महिने सिविल ईन्जिनियरिङ र ३ बर्षिय डिप्लोमा सिविल ईन्जिनियरिङ कक्षा संचालन भएको छ जसले गर्दा ग्रामीण क्षेत्रका बालबालिका विद्यार्थीहरुका लागि सहजैरुपमा प्राविधिक तथा अन्य शिक्षा पढ्न सकिने र अभिभावकलाई पनि यसले आर्थिक भार कमपर्ने भएको छ । प्रावि लेवलको शिक्षामा थप सुधार भएको छ । अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुलाई गाईड गर्ने कुरामा अझैपनी कमिको महसुस भैरहेकोले अभिभावकहरुले पनि आफ्ना बालबालिकालाई पठाउनुपर्छ भन्ने मानसिकता राखेर होमवर्क लगायतका बारेमा आफ्नो बच्चालाई निगरानी गर्ने र केही कमिकम्जोरि देखिएमा शिक्षकसंग हरेक कुराहरु सेयर गर्ने गरेमा अझ बालबालिकाको शैक्षिक स्तर उन्नतिमा थप मद्दत पुग्ने थियो र हामिले पनि शिक्षक र अभिभावकको सम्बन्ध बलियो बनाउदै बालबालिकाहरुलाई शैक्षिक क्षेत्रमा कसरी आकर्षण गर्ने भन्ने बारेमा गम्भीर ध्यानाकर्षण गरेका छौ । पहिलेको तुलनामा हेर्ने हो भने अहिले रानिबासको शैक्षिक उन्नति र प्रगति धेरै भएको छ।यसैगरी स्वास्थ्य क्षेत्रमा भन्नुहुन्छ भने रहकुल साविक २ मा प्रदेश सरकार मार्फत स्वास्थ्य ईकाई केन्द्र स्थापना गरिएको छ। गाउँपालिकाको सहयोगमा स्थापना गरिएको काडापोखरिको सामुदायिक स्वास्थ्य ईकाई केन्द्रको श्रावण मसान्तसम्म यथाशीघ्र उद्घाटन गर्ने गरि हामि अघि बढेका छौ।जसले गर्दा स्थानीय बासिहरुले आफ्नो स्वास्थ्य चेकजाँच गर्न धेरै टाढा जानू नपर्नेमा बिशेश सहयोग पुग्नेछ।

 


रानिबासको सडक निर्माण कार्य कहाँसम्मा पुगेको छ र कुन कुन ठाउँमा सडक निर्माण भैरहेका छन ?
यो अढाई बर्षिय कार्यकालभित्र हामिले जुन लक्ष्य लिएर सडक निर्माणका कार्ययोजना अगाडि बढाएका थियौ त्यसमा हामी निकै सफल भएका छौ।हामिले गाकडा सडकखण्ड,बाठडेरा पिपलडाँडा सडकखण्ड, बाधशाला काफलकोट सडक खण्ड, तलिगाउ सडक खण्ड, बुगेनचौर सडक खण्ड ,ढाडखेत बाउनधारा रजेना सडक खण्ड, निर्माण भएको छ र जितेजुवा पारिलेख सडक खण्ड यो आर्थिक बर्ष भित्र सम्पन्न गरिनेछ । निर्माण गरिएका सडकहरुको स्तर उन्नतिका निम्ति वडाको बजेटले भ्यायसम्मा फेरि एकपटक अनुगमन गरि ग्रावेल गर्ने सोचमा छौ।


पर्यटन र खेलकुद क्षेत्रमा के के बिकास भैरहेको छरुपर्यटन र खेलकुद क्षेत्रमा वडाले ध्यानाकर्षण गरेन भन्ने आम जनगुनासो छ, यसबारे आफ्नो धारणा स्पष्ट पारिदिनुहोस।
हामि पर्यटन र खेलकुद क्षेत्रलाई प्रभावकारी रुपमा बिकास गर्ने सोचमा छौ।खेलकुदको सन्दर्भमा सुर्खेत जिल्लाकै उत्कृष्ट खेल मैदान जनतामाविमा देख्न सक्नुहुन्छ। यसैगरी नाङ्गिडाडा,सेराचौर,पारिलेख,राहसी चौरलाई खेलकुद तथा पर्यटकिय क्षेत्र आगामी दुई बर्ष भित्र निर्माण गर्ने लक्ष्यका साथ हामि अघि बढेका छौ ।

 

रानिबासबासी जनताले अबको कति समयपछि विद्युत उपभोग गर्न पाउँछन् ?
हामिले दुई बर्षको टार्गेट राखेर तिब्र गतिमा काम गरिरहेका थियौ,बिचमा कोरोना लगायत आवत समस्याहरु आउदा काम गर्ने सन्दर्भमा समस्याहरु भए,केही समय लाग्न सक्छ,मेरै कार्यकालमा रानिबासबासी जनताले विद्युत उपभोग गर्न पाउनेछन।

Ad

सम्बन्धित समाचारहरु

‘मेहनत गरे असम्भब केही छैन’ – युवा ब्यबसायी वाईबा

‘मेहनत गरे असम्भब केही छैन’ – युवा ब्यबसायी वाईबा

काभ्रेपलाञ्चोक जिल्लाको कर्णाली भनेर चिनिने डाँडापारि खानीखोला गाउपालिका को साल्धारामा जन्मेका शेर बहादुर वाईबा सामान्य परिवारमा हुर्केको र शैक्षिक अबस्था पनि धेरै कठिनाइको साथ माध्यमिक शिक्षा पुरा गरेका थिए । २०५०–५१ तिर शैक्षिक क्षेत्रमा पनि हालको जस्तो सहज नभएको र झन् साल्धारामा त शिक्षा भर्खरै मात्र मा प्रचारित भइरहँदा यस्तो परिस्थिति संग प्रतिस्पर्धा गरेर काठमाडौँ आएका युवा ब्यबसायी तथा पेन्साङ एग्रो टुरिज्म कम्पनीका ब्यबस्थापक शेर बहादुर वाईबाले धैर्यताका साथ आफ्नो कर्मलाइ ध्यान दिई निरन्तरता दिए असम्भब केही नभएको बताएका छन ।

कपाल काटेरै विदेशमा भन्दा राम्रो कमाई गर्न सकिन्छ, किन जाने विदेश ? - बलराम पोखरेल

चन्द्र कुमार विशवकर्मा, काठमाडौं । काठमाडौं बुढानिलकण्ठको गोल्फुटार चोकमा एउटा सटर भाडामा लिएर कपाल काट्ने हसिला युवा बलराम पोखरेललाई कपाल काट्न भ्यानभ्याइ भइरहन्छ । उनले विगत चार बर्ष देखि युनिभर्सल हेअर स्टेस्न सञ्चालनमा ल्याएका हुन । डेढ लाख लगानीबाट कपाल काट्ने व्यावसायको सुरुवात गरेको बताउने पोखरेलले लकडाउन भन्दा अगाडि सम्म केहि काम गर्ने मानिस पनि राखेको तर लकडाउन पछि एक्लै भएको बताए । उनलाई कसरी यो क्षेत्रमा आउनु भयो भनेर हामीले प्रश्न गर्दा उनले विगतलाई सम्झिदै भने, 'कसरी आकर्षक भए भन्दा पनि गाउँ घरमा त सैलुन हुदैन जो अलिक बाठो टाठो छ उ कैँची चलाउन जान्दछ । उ बाटै दारी कपाल काट्ने चल्न थियो । आज पनि छ, यसै क्रममा मैले पनि गाउँ घरमा हुँदा नै साना साना गाउँका भाइ भतिजहरु को कपाल काटिदिन्थे यसरि काट्दै जाने क्रममा मेरो यसमा रुचि बढ्दै गयो र मैले गाउँ बाटै यो काम गर्न सुरु गरे ।'

Ad

प्रतिक्रिया दिनुहोस

Ad