Namaste Icon
Ad
Ad

टचलेस स्यानिटाइजर डिस्पेन्सर बजारमा, स्वचालितरुपमा हातलाई स्यानिटाइज गर्न सकिने

टचलेस स्यानिटाइजर डिस्पेन्सर बजारमा, स्वचालितरुपमा हातलाई स्यानिटाइज गर्न सकिने

काठमाडौं । स्वचालितरुपमा हातलाई स्यानिटाइज गर्न सकिने काठमाडौं । विश्वभर कोरोनाभाइरसको महामारी र त्रास बढेसँगै मानिसहरु सुरक्षित हुने विभिन्न किसिमका तरिका र उपकरणहरुको खोजीमा रहेका छन् । यसमध्ये एक हो हातलाई सफा र सुरक्षित गर्ने ह्याण्ड स्यानिटाइजर । यहि विषयलाई ध्यानमा राखेर स्मार्ट आर्क प्रालिले नेपालमा कन्ट्याक्टलेस ह्याण्ड स्यानिटाइजर उपकरण भित्र्याएको हो । बजारमा मानिसले नछोईकन नै ह्याण्ड स्यानिटाइजर उपकरण भित्र्याएको हो ।

कम्पनीले ओकमिस्ट ब्राण्डको कन्ट्याक्टलेस ह्याण्ड स्यानिटाइजर ल्याएको छ, जसले कुनैपनि मानिसको हातलाई नछोईकन नै स्वचालितरुपमा स्यानिटाइज गर्दछ । कम्पनीले भारतमा निर्मित ओकमिस्ट ब्राण्डको ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर बजारमा ल्याएको हो । यो टचलेस स्यानिटाइजर डिस्पेन्सर भारतको रक्षा, अनुसन्धान तथा विकास संगठन (डिआरडिओ) सँग मिलेर रिओट ल्याब्ज प्रालिले उत्पादन गरेको हो ।

कोरोनाभाइरसबाट सुरक्षा गर्न र अधिक भिडभाड हुने स्थानमा आवतजावत गर्ने मानिसहरुको हात स्यानिटाइज गर्न रिओटले डिआरडिओको सहयोगमा टचलेस स्यानिटाइजर डिस्पेन्सर विकास गरेको हो । यो टचलेस स्यानिटाइजर डिस्पेन्सर निकै सुरक्षित रहेको छ भने यसमा भएको अल्ट्रासोनिक सेन्सरको आधारमा संचालन हुन्छ । यसले केबल १२ सेकेण्डमा स्वचालितरुपमा अल्कोहलमा आधारित ५ देखि ६ मिलिलिटरको स्यानिटाइजरले मानिसको हातलाई स्यानिटाइज गर्न सक्दछ

हामी दैनिक नियमितरुपमा आँखा, नाक र मुखमा हातले छुने गर्दछौं । अनुसन्धानकाअनुसार मानिसहरुले दैनिक २३ देखि ५० पटक आफ्नो अनुहारको विभिन्न स्थानमा छुने गर्दछन । यसले मानिसहरुमा कोरोनाभारस सार्न सक्दछ । तर ओकमिस्टको यो टचलेस स्यानिटाइजर डिस्पेन्सरले त्यस्तो जोखिमबाट मुक्त गर्न सक्दछ ।

स्मार्ट आर्क प्रालिका निर्देशक राहुल अग्रवालले अधिक भिडभाड हुने स्थानहरुमा ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर प्रयोग गर्न सकिने र यसले सयौं मानिसहरुको हातलाई दैनिकरुपमा सजिलै स्यानिटाइज गर्न सक्ने बताए । ‘देशमा बढिरहेको कोरोनाभाइरसको संक्रमण र लकडाउन खुलेपछि शुरु भएको भिडभाडले जोखिम बढाएको छ । यस्तोमा नियमितरुपमा हातलाई स्यानिटाइज गर्न आवश्यक हुन्छ ।  ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सरले यसलाई सजिलो बनाउँछ,’ स्मार्ट आर्क प्रालिका निर्देशक राहुल अग्रवालले भने । यसमा प्रयोग गरिएको प्रविधिले स्यानिटाइजरलाई खेर जान दिँदैन भने पटक पटक हातले स्यानिटाइजर बक्सलाई छुनुपर्ने बाध्यता हटाउँछ ।

अझ यसले कार्यालयहरु वा सार्वजनिक स्थलहरुमा ह्याण्ड स्यानिटाइजर गराउनका लागि छुट्टै मानिस राख्नुपर्ने अबस्थाको अन्त्य हुनेछ । जसले गर्दा खर्चमा पनि कटौती हुनेछ । यसले स्वचालितरुपमा काम गर्नसक्ने हुँदा यो निकै सुरक्षित र भरपर्दो रहेको छ । ओकमिस्ट प्लस टचलेस स्यानिटाइजर डिस्पेन्सरमा ५ लिटरको स्यानिटाइजर प्रयोग गर्न सकिन्छ भने यसमा १ वर्षको वारेन्टी दिईएको छ ।

यसलाई डिआरडिओले प्रमाणित गरेको छ भने यसलाई कार्यालयहरुमा वा घरमा प्रयोग गर्न निकै सजिलो र सहज रहेकोछ । अझ यसलाई स्मार्टफोन एपबाट समेत नियन्त्रण गर्न सकिने सुबिधा रहेको छ । जसको माध्यमबाट कति सेकेण्डसम्म स्प्रे गर्ने भन्ने समय निर्धारण गर्न सकिन्छ ।

कम्पनीले आगामी दिनमा १.२ लिटरको ओकमिस्ट मिनी ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर समेत ल्याउने तयारी गरेको छ । हाल ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर नेपाल बंगलादेश बैंक, सशस्त्र प्रहरीको मुख्यालय, एनसेल प्रालि, बतास अर्गनाईजेसन, आनन्द होटल, कतार राजदूतावासलगायत ३० भन्दा बढि कार्यालयहरुमा जडान गरि प्रयोगमा आईसकेको छ ।

Ad

सम्बन्धित समाचारहरु

संगिनी तीन महिने सुईका फाईदा र असरबारे एक जानकारी

संगिनी तीन महिने सुईका फाईदा र असरबारे एक जानकारी

काठमाडौं । नेपाल सिआरएस कम्पनिद्धारा सन् १९९४ देखि संगिनी को नाममा विक्री वितरण गरिएको छ । संगिनी तीन महिने सुई सहि रुपमा ठीक तीन तीन महिनामा लगाउने गरेमा यसको प्रभावकारिता ९९.७ प्रतिशत छ ।

त्रिवि उपकुलपति कार्यालयमा नेविसंघद्धारा तोडफोड

त्रिवि उपकुलपति कार्यालयमा नेविसंघद्धारा तोडफोड

काठमाडौ। नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको छ । नेविसंघले त्रिविको उपकुलपति र राजिष्ट्रारको शिक्षाध्यक्षको कार्यालयमा तोडफोड गरेको हो । त्रिविले आवश्यक तयारी बिना परीक्षा तालिका सार्वजनिक गरेको र विकल्प नखोजी परीक्षा रद्द गरेकाले आक्रोशित विद्यार्थीले तोडफोड गरेको बताइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad