Namaste Icon
Ad
Ad

तेक्वान्दो संघबाट १२ जनालाई विदाइ गरियो

तेक्वान्दो संघबाट १२ जनालाई विदाइ गरियो

काठमाडौं । नेपाल तेक्वान्दो संघले केन्द्रीय कार्यसमितिको विभिन्न पदमा रहेका पदाधिकारी र सदस्यहरुलाई विदाइ गरेको छ । संघले सोमबार सातदोबाटो ललितपुरस्थित संघको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै संघका सचिव नवीनकुमार श्रेष्ठ, प्रवक्ता दीपक विष्टसहित १२ पदाधिकारीलाई विदाइ गरेको हो ।

नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि दुई पदमा रहन नपाउने प्रावधान अनुसार उनीहरुले संघबाट राजीनामा दिएका थिए । नयाँ ऐनले राष्ट्रिय खेलकुद परिषदका बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई खेल संघका कुनै पनि पदमा बस्न नमिल्ने प्रावधान राखेको छ । जसको कारण उनीहरुले संघबाट राजीनामा दिएका थिए ।


विदाइ हुने पदाधिकारी र पद

१. नवीनकुमार श्रेष्ठ सचिव
२. दीपक विष्ट सचिव/प्रवक्ता
३. सुमनकुमार घले सह-कोषाध्यक्ष
४. टिकाप्रसाद लिम्बु सदस्य
५. संगीना वैद्य सदस्य
६. नोर्बु लामा सदस्य
७. हेमन्त डाँगी सदस्य
८. श्रीमान थापा मगर सदस्य
९. पूर्ण योञ्जन सदस्य
१०. कविराज खड्गी सदस्य
११. हिराबहादुर थापा सदस्य
१२. मिन न्यौपाने सदस्य

Ad

सम्बन्धित समाचारहरु

इङ्ल्यान्डविरुद्ध पाकिस्तान बलियो

इङ्ल्यान्डविरुद्ध पाकिस्तान बलियो

एजेन्सी । इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो पालिमा पाकिस्तान बलियो देखिएको छ । १०९.३ ओभर खेल्दै ३ सय २६ रन जोडेको पाकिस्तान पहिलो पारिमा इङ्ल्यान्डविरुद्ध बलियो देखिएको हो । यता इङ्ल्यान्डले जवाफी ब्याटिङ गर्दै २८ ओभरमा चार विकेट गुमाएर मात्र ९२ रन जोडेको छ । पहिलो ओभरमा नै ओपनर ब्याट्सम्यान रोरि जोसेफ बुर्न्सलाई गुमाएको इङ्ल्यान्डले चौथो ओभरमा डोम सिब्लीलाई गुमाउँदै खराब सुरुवात गरेको थियो ।

एफए कपको उपाधि अर्सनललाई

एफए कपको उपाधि अर्सनललाई

काठमाडौं । आर्सनलले एफए कपको उपाधि कब्जा गरेको छ । गएराति भएको फाइनल खेलमा चेल्सीलाई २–१ ले हराउदै उपाधि कब्जा गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad