# भर्खरै
Namaste Icon
Ad
Ad

के टिकटकले आफ्ना प्रयोगकर्तालाई पैसा दिन्छ ?

के टिकटकले आफ्ना प्रयोगकर्तालाई पैसा दिन्छ ?

एजेन्सी । टिकटक युवा वर्गमा निकै लोकप्रिय छ । पछिल्लो समय युवा उमेर बाहेकका मानिसहरु पनि यसमा झुम्मिने गरेका छन् । विभिन्न गीतका क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो एप विश्वभर दुई करोड बढी पटक डाउनलोड भैसकेको छ ।

छोटो भिडियोका चर्चित चिनियाँ भिडियो प्ल्याटफर्म टिकटकले आफ्ना प्रयोगकर्ताका लागि अब पैसा दिने भएको छ । छोटो समयमै स्थापित टिकटकले खासगरी चर्चित प्रयोगकर्ता र नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो सुविधाको घोषणा गरेको हो । बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्नो नयाँ घोषणाको लागि करिब २४ अर्ब रुपैयाँ ९२० करोड डलर०को कोष बनाउन लागेको सीएनएनले जनाएको छ ।

यो सुविधाले रचनात्मक कन्टेन्टमार्फत प्रगतिको अवसर खोजिरहेका प्रयोगकर्तालाई सहयोग पुग्ने टिकटकले जनाएको छ । टिकटकका अनुसार उक्त कोषबाट यो बर्षको अन्त्यतिर नगद वितरण सुरु हुनेछ ।

टिकटकका अमेरिका महाप्रबन्धक बेनेसा वैनेसाले एक ब्लगमा यसको जानकार दिएको छ। उनले भनेका छन्, ‘राम्रो कन्टेन्ट बनाउने टप प्रयोगकर्तालाई जीविका चलाउन मद्दत गर्ने हेतुले यस्तो योजना ल्याइएको हो। जसका लागि हाल नै २ सय मिलियन करोडको कोष बनाएको हो । यो कोषबाट वर्षको अन्त्यमा पैसा दिन सुरु गरिनेछ ।’ तर प्रयोगकर्तालाई कति पैसा दिने भन्ने बोरे भने केही खुलाएको छैन ।

टिकटकका प्रयोगकर्ताले कसरी उक्त रकम पाउँछन् भन्ने स्पष्ट नभएपनि कोषको रकम बढ्दै जाने र यसलाई बजारमा प्रतिस्पर्धि बनाइरहने कम्पनीका प्रवक्ताले जनाएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

एनसेलको ‘वायरफ्री प्लस वाइफाइ’ सुरु, यस्ता छन सुविधा

एनसेलको ‘वायरफ्री प्लस वाइफाइ’ सुरु, यस्ता छन सुविधा

काठमाडौं । एनसेलले वायरलेस वाइफाइ सेवा सुरु गरेको छ। एनसेल आजीयाटा लिमिटेडले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको दाबी गरेको छ । मंगलवार (साउन २०) देखि सुरु गरेको यो सेवा घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका उपयोगी हुने कम्पनीले जानकारी दिएको छ। यो सेवा लिनेहरुले बन्डल सेवामा २ फोरजी सिमकार्ड, प्रत्येक सिममा ५ जीबी देखि १० जीबी डेटा, होम नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु पाउने छन्।

इ–स्पोर्टसलाई भाइबरको साथ, सुरु गर्‍यो ‘टिम स्वर्ग’ फोर्टनाइट कम्युनिटी

काठमाडौं । सहज सञ्चार आदान प्रदानका लागि विश्वको ठूला एपहरु मध्येको एक राकुटेन भाइबरले हालै मात्र विश्वव्यापी रुपमा परिचित ‘फोर्टनाइट’ नाम दिइएको एक इ–स्पोर्टस् प्रतियोगिता नेपालमा सञ्चालन गर्नका लागि सहयोग गरेको छ। प्रतियागिताको आयोजना ‘स्वर्ग‘ नामक एक स्वतन्त्र इ(स्पोर्टस् संगठनको सहकार्यमा भएको थियो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad