# भर्खरै
Namaste Icon
Ad
Ad

वर्तमान प्रणालीकाे विकल्प खोज्दैछन जनता !

वर्तमान प्रणालीकाे विकल्प खोज्दैछन जनता !
–स्वयम्भुनाथ कार्की

–स्वयम्भुनाथ कार्की l वर्तमान प्रणालीले आजित भएर जनता विकल्प खोज्दैछन । तर विकल्पको रुपमा प्रस्तुत हुन पर्ने शक्ति भने आफुलाई शक्ति प्रदान गर्नसक्ने सर्वसाधारणसंगको सिधा सम्पर्क छोडेर अन्यत्र हेर्देछ । आफ्नै साथमा भएको कस्तुरी खोज्न मृग फन्फनी घुमेजस्तो । सवैलाई थाहा छ घर बलियो बनाउन जग बलियो बनाउनु पर्छ , देश बलियो बनाउन जनता वलियो बनाउनु पर्छ । विदेश त जो वलियो छ त्यसलाई समर्थन गर्ने गर्दछ, मनले नभए पनि ।

राष्ट्रनिर्माताले त्यसै भनेका हैनन ूप्रजा मोटा भए दरवार बलियो हुन्छ । मोटाको अर्थ यहाँ कसैले पनि शाररिक मोटाई भन्ने लगाउदैन । यो त गौरव गर्नु पर्ने कुरा हो कि २०६३ तिरको त्यो ऋणत्मक लोकप्रियता एकातिर । यत्रा बर्षको गद्धिबाट निर्वासन पछि पनि जनताले नछोडेको आस्था अर्कौतिर । जनता घोक्रो फुकाएर नारा लगाउदैछन ‘राजा आउ देश बचाउ’ के यो लोकप्रियता हैन र , के यो आस्थाको मुल्य छैन र ?

राजा महेन्द्रले सेनाको बलमा १७ सालको कदम चालेको भन्ने भ्रम छरिएको छ । भन्न त यहाँसम्म पनि भनिन्छ कि यो कदम नेहरुको सहमतीमा चालिएको थियो । पत्याउनेहरुको कमी पनि छैन । हुनत ‘प्रचण्ड’ भन्ने मान्छे निर्मल निवासमा वस्छ सम्म पनि भनियो ।

अनौठो कुरा त के छ भने त्यही निर्मल निवासबाट गएर गद्धि सम्हालेर प्रचण्डको मेहेनतले गद्धिच्युत हुँदा पनि प्रचण्ड उनैबाट परिचालित भन्नेहरु छन । राजा महेन्द्रले त आफु विरुद्धको यो हल्ला असरहिन बनाए सर्वसाधारण जनतासंग सिधा सम्वन्ध राखेर अनि पञ्चायत मार्फत जनतालाई मुल प्रवाहमा ल्याएर ।

त्यसैले उनि विरुद्धको यो हल्ला पत्याउनेहरुमा हल्ला चलाउनेहरु कै झोले, भजनेहरु मात्र रहे । हो कालान्तरमा राजकाज प्रति अरुची भएका र राजकाजको अनुभव नभएका तर सर्वसाधारणसंग दुरी राख्ने उत्तराधिकारीहरुका कारणले स्थिति त्यो रहेन ।

Ad

सम्बन्धित समाचारहरु

मानव विकास सभ्यतामा अगाडि खुसीकाे कमी

मानव विकास सभ्यतामा अगाडि खुसीकाे कमी

मुसो जस्तो प्रजातिबाट शुरूवात भएर आज करिब ८७ लाख प्रजातिलाई नेतृत्व गर्दै पृथ्वी र अन्तरीक्षमा पनि आफ्नो उपस्थिति देखाएको छ । २लाख ४०बर्ष अगाडि अस्तित्वमा देखापरे मानव आज यसरी सारा पृथ्वी माथि शासन गरेको छ । बौद्धिकता, आविष्कार र स्वयम शारीरिक सुन्दरतामा पनि आमूल परिवर्तन देखिएको छ तर प्रारम्भिक चरण भन्दा मान्छे झन् खुशी गुमेका छन् ।

आउनुहोस ! भत्केको घर पोतौं, बाँझिएको जमिन जोतौं

आउनुहोस ! भत्केको घर पोतौं, बाँझिएको जमिन जोतौं

निरु आचार्य 'नवरश्मी' पछिल्लो समय विश्वब्यापी रुपमा कोरोना भाइरसले सन्त्रास छाइरहेको बेला यसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव नेपालमा पनि परिरहेको छ । यसै सन्दर्भमा सहरी क्षेत्रबाट गाउँ फर्क अभियान सुरु भएको छ । स्कुल कलेजहरु लामो समयका लागी बन्द हुनु, खाद्यान्न अभावको संकेत देखिनु,आर्थिक मन्दिको अवस्था सिर्जना हुनुले मानिसलाइ गाउँ फर्क अभियान सिर्जना गरेको छ । कोरोना भाइरसको प्रभाब देखिनु आफैमा खराब भएपनी दु:खद र अप्ठ्यारो अवस्थामा आफ्नो मातृभुमी सम्झेर फर्किनु केहि हदसम्म सकारात्मक लिन सकिन्छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad