Namaste Icon
Ad
Ad

‘कोभिड १९ फोटो प्रतियोगिताको पोस्टर सार्वजनिक

‘कोभिड १९ फोटो प्रतियोगिताको पोस्टर सार्वजनिक

काठमाडौं । कोभिड १९ फोटो प्रतियोगिताको आयोजना गरेको फोटो पसल प्रालि आफ्नो पोस्टर सार्वजनिक गरेको छ । कोभिड १९ बाट नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट के कस्तो सूचना, जनचेनता संगै कोभिड १९ को असर र प्रभावलाई इतिहासमा भावि पुस्तालाई दस्तावेज तयार गर्ने लक्ष्यले प्रतियोगिताको आयोजना हो । प्रस्तुत ‘कोभिड १९ फोटो प्रतियोगीता’ मा देश तथा विदेशमा रहेका फोटोग्राफर, फोटो पत्रकार एवं फोटोग्राफी सम्बन्धी रुची राख्ने नेपालीले समेत निशुल्क प्रतियोगितामा सहभागी हुन सक्नेछन । कार्यक्रमको मुख्य सहयोगीमा www.facebook.com/samyakdiagnostic, www.samyakdiagnostic.com एवं सहयोगीहरूमा ओके दाम प्रालि र सुपर डिजिटल कलर ल्याव रहेका छन ।

कार्यक्रम संयोजक हरि पाण्डेका अनुसार प्रतियोगितामा फोटो पठाउदा एक प्रतियोगिले मात्र द्द वटा फोटो पठाउन पाइने,आफैले खिचेको फोटो तर म्यानुपुलेट नभएको हुनुपर्ने, फोटोमा लोगो वा फोटोग्राफरको नाम हुन नहुने, फोटो कोभिड भित्र खिचिएको सुचना, जनचेतना, समाचार, संन्देशमुलक हुनु पर्ने छ । फोटो प्रतियोगिताको बिजेता छनोटका लागि आयोजक कमिटिले वरिष्ट फोटोग्राफर, वरिष्ठ फोटो पत्रकार सहितका ३ सदस्यीय निर्णायक मण्डलले उत्कृष्ट फोटो छनोट गर्दै भाद्र ३ गते नतिजा घोषित गर्दै प्रथम पुरस्कार रू २५ हजार, दोस्रो पुरस्कार रू १० हजार र तेस्रो पुरस्कार रू ५ हजार सम्मान स्वरूप प्रदान गर्ने फोटो पसलले जनाएको छ । कोभिडको कारण अत्याधिक जमधट नहोस भनेर उक्त कार्यक्रम अनलाइन बाट भर्चुअल माध्यमबाट गरिनेछ ।

साथै प्रतियोगितामा सहभागी हुन चाहनेले कोभिड–१९ सम्वन्धि जनचेतना, सुचना एवं यसको प्रभावलाइ उजागर गराउने विषय वस्तुमा केन्द्रित रहेका फोटो साउन २८ गते बुधवार सम्म फोटो पसल प्रालिको आधिकारिक पेजमा रहेको मेलमा आफ्नो नाम, ठेगाना र सम्पर्क नं पठाइसक्नु पर्नेछ।

Ad

सम्बन्धित समाचारहरु

बुवाको निधन भयो, आमा सम्पर्कविहीन भएपछि....

बुवाको निधन भयो, आमा सम्पर्कविहीन भएपछि....

डोटीको सायल गाउँपालिका–६ नारामा करिब एक वर्ष पहिले बुवा बाजी खातीको निधन भएपछि र आमा करिब ७ महिनादेखि सम्पर्कविहीन भएपछि अलपत्र परेका बालबालिका ।

देउता चढेपछि नाच्दै धामीझाँक्री

देउता चढेपछि नाच्दै धामीझाँक्री

मुगु जिल्लास्थित रुगा गाउँमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सोमबार थार्प मष्टो, धलपुरा, भवानीलगायत देवताका धामी देवता चढेपछि नाच्दै । कर्णालीका बस्तीमा विभिन्न देउता मान्दछन् खास गरी मष्टो मान्ने भएकाले मष्टोका विभिन्न रुपमा आउने देवताका धामी जनैपूर्णिमाका दिन आफ्नो शक्ति देखाउने गर्दछन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad