Namaste Icon
Ad
Ad

'कृषि गर्नेले बजार पनि बुझ्नु जरुरी छ'

'कृषि गर्नेले बजार पनि बुझ्नु जरुरी छ'

सन्दिप श्रेष्ठ, काठमाडौं । करिब ७ वर्ष अगाडि खाडीमुलुक गएका सुवास सिटौला कतारमा १५ महिनाभन्दा अडिन सकेनन । त्यसपछी नेपाल फर्किएका सुवासले बिदेश नजाने निर्णय गरे । उनले हाल १६ लाख लगानीमा फार्म तयार गरेर लोकल कुखुरा पालन गरिरहेका छन । टोखा नगरपालिका ३ काठमाडौंमा करिब साढे २ रोपनी जग्गा भाडामा लिएर कृषिफार्म गरिरहेको छन सुवासलाई अब फर्केर बिदेश जान मन छैन । अरुकोमा जागिर खानुभन्दा आफैले केहि गर्नुपर्छ भन्ने मानसिकताले सुवासले सुमिता एग्रो कुखुरा पोल्टी फार्म खोलेका हुन । आफुले कृषि पढेको नभएपनि अग्रहजहरु बाट तथा सामाजिक सञ्जाल युट्युबमा हेरेर आफुले कुखुरा पालन सुरु गरेको उनले बताए । उनले भने, ‘विदेश जानु भन्दा अग्रजहरु सँग केहि सिकेर कृषि गर्न मन थियो, बाख्रा पालन गर्न मन थियो तर काठमाडौंबाट बाहिर जाँदा परिवारसँग टाँढा हुनुपर्ने भएर यतै, फार्म खोले ।’ हाल उनको फार्ममा उनकै बुबा, आमा, श्रीमती लगायतकाले काम पाएका छन । आफ्नै परिवार मिलेर काम गर्दा रमाइलो पनि हुने भन्दै सुवासले भने, ‘पहिला बिदेश गएकोले खाँडी मुलुकबाहेका अन्य कुनै देश चाही जाँउ की जस्तो लागेको थियो तर अन्तिममा आफ्नै ठाँउ प्यारो लाग्दो रहेछ ।’

हाल सुवासको फार्ममा ५०० वटा कुखुरा, २० वटा टर्की र १८ वटा कडकनाथ जातको कुखुरा छन । पोल्ट्री फार्मबाट बचेको जग्गामा उनले विभिन्न तरकारी रोपेका छन । उनको फार्ममा गोलभेडाको पनि खेती गरिएको छ । आफ्नो फार्मको उतपादनलाई बजारीकरण गर्न गाह्रो नभएको बरु उल्टै बजारमा माग पुर्याउन नसकिएको उनले बताए । बजार नपाएर धेरैजना चिन्तित भएका छन तर उनी भने माग धान्न नसकिएको बताउछन । कृषिका विभिन्न फारामहरु खोल्ने त्यसलाई निरन्तरता दिन नसक्दा घाटामा जाने गरेको उनको बुझाई छ । त्यसैले उनि भन्छन, ‘पहिलो लट घाटामा गए पनि दोस्रो लटबाट उत्पादन बढाउन सक्ने भएकोले अहिले म ट्रायल कै अवस्थामा छु ।’

फार्म मै मात्र बसेर केहि नहुने उनको तर्क छ । उनले भने, ‘आफुले उत्पादन गर्ने बस्तुको बजारको स्थिति पनि बुझ्न जरुरी हुन्छ ।’ सुवासले भने बाहिर बजार पनि बुझ्ने गर्छन् । फार्म खोले पनि धेरैलाई बजार व्यवस्थापन सम्बन्धि जानकारी नहुँदा आफ्नो व्यवसाय घाटामा जाने सुवास बताउँछन् । उनले आफ्ना छिमेकी फार्मबाट समेत कुखुराहरुलाई पनि बजार व्यवस्थापन गरेर बिक्री वितरण गर्न सहयोग गरेको बताए ।

सरकार सँग काम गर्ने वातावरण अलि सजिलो बनाईदिनु पर्यो, बाहिरबाट सामान आयात गर्नेभन्दा यहीँ उत्पादन गर्ने वातावरण मिलाईदिए बेरोजगारी बस्नुपर्ने अवस्था नआउने उनको तर्क छ । सरकारले कृषिमा अनुदान दिन्छ भनेको मात्र सुनेको बताउदै उनले भने, ‘सोझो किसानलाई केहि पनि थाहा नहुने र अलि टाठाबाठा किसानले भित्रभित्रै मिलाउने रहेछन ।’ त्यसैले मैले देखे जानेका विषयमा यदि कसैले जान्न वा बुझ्न खोजे सल्लाह सुझाव दिन म तयार छु ।’

Ad

सम्बन्धित समाचारहरु

नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ

काठमाडौं । यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३।२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको छ । समयमै पानी परेका कारण मौसमको अनुकूलता र कोरोना भाइरस ९कोभिड–१९० ले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा। हरिबहादुर केसीले भने, ‘हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा यसपटक धान रोपाइँ भएको छ । समयमै पानी परेको तथा पर्याप्त जनशक्ति उपलब्ध भएका कारण गत वर्षभन्दा तीन प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।’

मेथिका फाईदाहरु

मेथिका फाईदाहरु

काठमाडौं । मेथि निकै फाईदाजनकक मानिन्छ । हेर्नुहोस मेथिका फाईदाहरु

Ad

प्रतिक्रिया दिनुहोस

Ad