Namaste Icon
Ad
Ad

सहजनाथ महादेव मन्दिरमा छैन चहलपहल !

सहजनाथ महादेव मन्दिरमा छैन चहलपहल !

दिपेन्द्र जयसवाल, बारा । कोरोना भाइरस र जारी लकडाउनका कारण बाराको काँटघाँटस्थित सहजनाथ महादेव मन्दिरमा बोलबम भक्तजनहरुको चहलपहलमा कमी देखिएको छ । लकडाउनका कारण भक्तजनहरु आउने क्रम कम भएपछि मन्दिरमा चहलपहल कमी देखिएको हो । काँटघाँट मन्दिरमा हरेक बर्ष साउन महिनामा हजारौं भक्तजनको भिड लाग्ने गरेको थियो । तर मन्दिरमा कम भक्तजनहरुमात्र पुगेका थिए । कोरोना भाइरसको जोखिमका कारण भक्तजनहरुको उपस्थिति कम भएको मन्दिरमा जल चढाएर फर्किएका रौतहट दुर्गाभगवती गाउँपालिकाका धर्मेन्द्र दासले बताए । सरकारले मठ मन्दिर जस्ता भिडभाड हुने स्थलमा रोक लगाएकाले मन्दिरमा भक्तजनहरुको चहलपहलमा कमी आएको हो ।

तर केही भक्तजनहरु भने कोरोना जोखिमको पर्वाहा नगरी जल चढाउन सधा झै पनि मन्दिर पुगेका थिए । धार्मिक आस्था र विश्वासका कारण जोखिमकाबीच उनीहरु मन्दीर पुगेका थिए । मन्दिरमा जल चढाउन पुगेका मध्ये केहीले भगवान शिवका भक्तजनलाई कोरोना नलाग्ने दावी पनि गरेका छन ।भक्तजनको आवागमनमा कमी भएपछि निजगगढस्थित पुर्वपश्चिम राजमार्गमा पनि यो बर्ष चहलपहल न्युन छ ।

मन्दिरमा जल चढाउन जाने र फर्किन भक्तजनहरुको भिडले अघिल्ला बर्षहरुमा निजगढको सडकमा पनि बोलबम यात्रुको ठुलो चहलपहल देखिने गरेको थियो । श्रद्धालुहरु पैदल र सवारी साधन प्रयोग गरेर निजगढ हुदै मन्दिर पुग्ने गरेका हुन । उनीहरुले प्रयोग गर्ने पहेलो वश्त्रका कारण राजमार्ग नै पहेलपुर देखिने गरेको स्थानीय दिनेश श्रेष्ठले बताए । तर यो बर्ष भने साउनको दोस्रो सातासम्म पनि राजमार्गमा त्यस्तो कुनै चहलपहल नदेखिएको श्रेष्ठले बताए । ‘पहिलेपहिले राजमार्गमा बाजा बजाएर रमाइलो गर्दै भक्तजनहरु जल चढाउन जाने गर्थे’ निजगढ ९ निवासी श्रेष्ठले भने ।

बोलबम यात्रुहरु नदेखिदा यसपाला राजमार्ग पनि सुनसान छ । राजमार्ग हुदै केही थोरैमात्र बोलबम मोटरसाइकलबाट मन्दिरतर्फ लागेको देखिएको पनि उनले बताए । बाराको कोल्हवी नगरपालिकास्थित चारकोसे झाडीको बिचमा पर्ने काटघाट मन्दिर पछिल्ला वर्षहरुमा तराईका बोलबम यात्रुहरुको मुख्य गन्तव्य बन्दै आएको छ । शक्ति प्राप्त र मनोकामना पुरा हुने विश्वसमा बारा, पर्सा, रौतहट, सर्लाहीलगायत तराईका जिल्लाका ठुलो संख्यामा भक्तजनहरुको मन्दिरमा जल चढाउन जाने गरेका छन ।

उनीहरुले मन्दिरबाट करिव ३७ किलो मिटर पुर्व रौतहट र सर्लाही जिल्लाको सिमानामा पर्ने बागमति नदीबाट ल्याएको जल मन्दिरमा पुर्याएर चढाउने गरेका हुन । घना जङगलभित्र रहेको सहजनाथ महादेवलाई स्थानीय बासिन्दाहरूले जङगली बाबा महादेवको नामले पनि पुकार्ने गर्दैआएका छन । सत्ययुगमा भगवान महादेव वन विहार गर्न चारकोसे झाडीको उक्त स्थानमा आई कैयौ दिनसम्म सहजरूपमा वन विहार गरी विश्राम गरेकाले सो स्थललाई सहजनाथ महादेवको नामले पुजिंदै आएको किवदन्ति छ ।

एक महिना पहिलेदेखि शुद्ध शाकाहारी भइ बागमति नदीबाट ल्याएको पवित्र जल श्रद्धालुहरुले मन्दिरमा पुगेर चढाउने गरेका हुन । राजमार्गबाट करिब ४ किमी दक्षिण जंगलको मध्ये भागमा अवस्थित मन्दिर परिसरमा श्रीगणेश, बसाहा, रामसीता, राधाकृष्ण, भैरवनाथ, हनुमानलगायत देवी देवताहरूको प्राचीन मूर्तिहरू र मन्दिर परिसरमा करिब एक बिघा क्षेत्रफल ओगटेको पोखरीसमेत रहेको छ । काँटघाँट मन्दिर बारा जिल्लाका विभिन्न पर्यटकीय स्थल मध्ये प्रमुख एकको रुपमा पनि रहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

‘हामीसँग केही छैन, त्यसैले हामी नांगै छौँ’, भन्दै निर्वस्त्र प्रदर्शन

एजेन्सि । विश्वमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण अर्थतन्त्र तहसनहस पारिरहेको छ । करोडौँ मानिसहरुले रोजगारी गुमाइसकेका छन् । करोडौं मजदुरहरुले रोजगारी गुमाइरहेको बेला करोडौँ मालिकहरु समेत टाट उल्टिरहेका छन् आफ्नो व्यवसाय बन्द हुँदा । कोरोनाका कारण आफ्नो व्यवसाय ठप्प भएको तथा आम्दानी गुमेको भन्दै रुसमा रेष्टुरेन्ट मजदुर तथा रेष्टुरेन्ट मालिकहरु निर्वस्त्र आन्दोलनमा उत्रिएका छन् ।

११ वर्षपछि सूर्यमा ठूलो हलचल, पृथ्वीलाई कस्तो असर पर्छ ?

काठमाडौं । कोरोना भाइरसका कारण अहिले संसारका धेरै देशहरु लकडाउनमा छन् । तर वैज्ञानिक भाषामा भन्नुपर्दा संसारलाई उज्यालो बनाउने सूर्य विगत ११ वर्षदेखि नै लकडाउनमा थियो । अन्ततः अहिले सूर्य लकडाउनबाट बाहिर निस्किएको छ, अर्थात् सूर्य जागेको छ । सूर्यमा एउटा विशाल धब्बा अर्थात् सौर्य धब्बा देखा परेको छ । उक्त धब्बा यति ठूलो छ कि यसबाट निस्कने सौर्य ज्वालाले पृथ्वीलाई समेत नोक्सान पुराउन सक्दछ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad