# भर्खरै
Namaste Icon
Ad
Ad

छिमेकी ' एक आवश्यक खराबी' र बर्खायाम

छिमेकी ' एक आवश्यक खराबी' र बर्खायाम
- विकास पौडेल

यो बर्सको जेष्ठको अन्तिम अन्तिमतिर नै
भोरको किरण सङ्गै
अर्जाप्नुपर्ने हसिया कोदालोले भरिएको
गाउबाट छुट्टीए जसरी बसेका फलामेदाइ लोहाकुमारको आरनबाट
सधै आउने एउटै दुर्गन्धित कर्कस आवाज ' ड्याङ्ग ड्याङ्ग' ले गाउँ
तीन चार दिनबाट जाग्न थालेको छ
दुई तिहाई गाउको निद अपुरो छ मध्यरातिबाटै
किनकि
दो तीन लाउरे छोडी सबैलाई बर्खायामले गर्ल्याम्मै ठाकेको छ
न कुनै मोजार्ट बजेको हो , न कुनै लय छ यो आवाजमा
ओहो! यी गाउलेले किन आरनलाइ ब्यवस्थित गर्दैनन् ह!
एउटा खास्टो फेरि अलिकति माथी कान सम्मै सरेको छ सहरिया बाबुको कोठामा
जति धारिलो कोदालो आरन बाट निस्केको छ
त्यति धारिलो छ सधियारको यो खनाइ
गाउभरि नै कुनै भेग नछोडी गुटगुटका मान्छेको छलफल
सधियारले खनेको राक्षसि खनाइको वकालत
आ आफ्ना गुइया सामु गर्नमा केन्द्रित छ
असार मास गाउको कुनै भेगको छलफलमा
उ र उस्को गुइया पनि छलफलको विषय बन्छन् होला
म जोसुकैलाई लिएर पनि
एक सहज खराब कल्पना गर्न सक्छु

मलाई लाग्छ छिमेकी सबै
एक आवश्यक खराबी हुन्
आ आफ्ना गुटको छलफलमा वकालत गरिएको
साधको ढुङ्गा छेवबाट गुमेको आफ्नो एक कोदालो माटो
ब्याडा (अन्तिममा रोपिने खेत)मा मेलो बनाउन पानी नपुग्दा
छिमेकीले आफ्नो डाडाखेतबाट पानी काटिदिदा पनि
बग्दैबग्दै आइसके होला
तरपनी
गाउ साराको छलफलको विषय
उहीँ एक कोदालो माटो बाट
बग्दैबग्दै बिसयान्तर हुन सकेको छैन!
ब्याडा बनाउदै गर्दा हलो खोलेर हेगा जोड्नलाई
हलो बिसाउन समेत
धान नगाडेको आफ्नो कुनै खेत नहुदा
हलो राखेको उस्को खेतबाट
जाबो एक कोदालो माटो
तेसैमा टासिएर पनि आएहोला
तर अह
जुको टासिए जसरी
हरेकका हरेक छिमेकीको जिब्रोमा
यो विषय टासिन छोडेको छैन

पानि काट्न र हलो बिसाउन चाहिने छिमेकीको
अलिकति जग्गाकै कारण
र उस्को राक्षसि खनाइका कारण
मेरो लागी मेरो छिमेकी
आवश्यक खराबी बनेको छ।

ए! मेरा छिमेकी हो
धेरै भयो यो गाउँको हरेक बर्ससङ्गै असारमास सुरु हुने
हामिलाइ नै असुहाउदो एउटै नियमित वकालत
देखेका हौला तिमर्ले पनि
हेगाको अघि अघि भागेको किरालाइ हेगाले माटोमै दबाएर
असारे बालीको भयंकर सत्रुलाइ नि मल बनाउन सकेको
बिउमा पानी लगाउदा बिउको टुप्पाटुप्पामा निस्केका किरालाइ
हावाको झोकाले पानीमै झराएको
यदि यो एक कोदालो माटोको किस्सालाइ
पेटभित्रै दबाउन नसक्ने हो भने हामी दुबैले
उहीँ किरा झार्ने कठोर हावा जस्तो
कतै हावामा गएर वकालत गरेका तिम्रा र मेरा विरुद्धका गन्हाउने सब्द
कुनैपनि समय
उस्तै कठोर हावाको झोकाले बगाउदै ल्याइदिन सक्छ कान फुक्न
र हामी दुबैलाइ झार्ने छ एक अर्काका दृश्यमा
किरालाइ झारेभन्दा बेसरी
यो दुर्घटना भयानक बन्न सक्छ
बर्खायामको झरिले चुल्हो भित्रको खरानि भिजाउदा
र मुसलधारे पानीले हामी दुबैको
कच्ची घरलाइ जमिनबाट खियाउदै लैजादा
एकअर्का सङ्ग खरानी र कमेरो माग्ने अवस्था नरहन सक्छ
त्यसैले त छिमेकी
तिमी र म दुबै एक अर्काका आवस्यक खराबी हौ
तिमी र म मिल्नुको कुनै विकल्प छैन।

 

- विकास पौडेल

Ad

सम्बन्धित समाचारहरु

लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै

लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ। प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक ज्ञान दिन यही वर्षभित्र पाठ्यसामग्री तयार गरी प्रकाशन गर्ने योजना रहेको बताए।

गगनसिंह थापाको " महाप्रलय " बजारमा आउँदै

गगनसिंह थापाको " महाप्रलय " बजारमा आउँदै

काठमाडौं ।आख्यानकार गगनसिंह थापाको छैटौं कृति " महाप्रलय " उपन्यास यहि भाद्रको पहिलो साता बजारमा आउने भएको छ। सुदुरपश्चिम कैलालीको टिकापुर घर भएका ७१ वर्षिय साहित्यकार थापाका यस अघि सोह्र सौगात , कर्णालीको छेउछाउ ,मेरो मधुशाला , पुर्खाको चिट्ठी र उज्ज्वली उपान्यासहरु प्रकाशित छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad