# भर्खरै
Namaste Icon
Ad
Ad

सम्झना कृषिको मौलिक लोकगीत "वन खाने सलह ,मन खाने कलह"

सम्झना कृषिको मौलिक लोकगीत "वन खाने सलह ,मन खाने कलह"

सन्तोष दाहाल, ललितपुर।

सुन फल्छ नेपाली माटोमा
दुख सुख जीवनको बाटोमा
सर्जक नवराज सञ्जेलद्वारा रचित तेस्रो सन्देशमूलक "वन खाने सलह ,मन खाने कलह : दुई दिनको जिन्दगी कर्कलाको पानी झैं सलल" बोलको गीत बजारमा आएको छ। मूलतः कृषिमा आधारित रहेर रचना गरिएको उक्त गीतमा अग्रज कलाकार गीतादेवी र नव कलाकार प्रकाश सापकोटाको लय तथा स्वर रहेको छ।

कृषिप्रधान देश नेपालमा सलह कीरा आएपछि आउने समस्या र समाधान गर्न खेतवारीमा थाल ,मादल बजाउनु पर्ने सन्देश गीतमा दिएको छ।कोरोनाले गर्दा सहरमा बस्न नसकेपछि गाउँको बाँझो खन्न आग्रह गरिएको गीतमा अबको निकास भनेको शिक्षा ,स्वास्थ्य र आर्थिक विकास भएको उल्लेख छ।गीतलाई बजारमा ल्याउन सम्झना कृषि सहकारीले सहयोग गरेको छ। उक्त गीत मेनुका डिजिटलको युट्युव मार्फत स्रोता माझ आएको हो।पैसा नभए पछि चाडवाडमा खटपट हुन सक्ने साथै अब संघ ,प्रदेश र स्थानीय सरकारले काम गर्ने आधार दिनु पर्ने गीतमा उल्लेख गरिएको छ।

 

Ad

सम्बन्धित समाचारहरु

टिकटकमा भाईरल 'ओइ गनगन' को यस्तो मार्मिक भिडियो बन्यो

टिकटकमा भाईरल 'ओइ गनगन' को यस्तो मार्मिक भिडियो बन्यो

सन्तोष दाहाल, काठमाडौँ।

गौतम होलिडेजद्वारा फोटो प्रतिस्पर्धाको बिजेता घोषणा

गौतम होलिडेजद्वारा फोटो प्रतिस्पर्धाको बिजेता घोषणा

काठमाडौं । गौतम होलिडेज प्रालिले २६ बैशाखमा घोषणा गरेको फोटो प्रतिस्पर्धाको बिजेता घोषणा गरेको छ । घुमेको ठाउँको फोटो पठाएर टुर प्याकेज जित्ने योजना अन्तर्गत कम्पनीले उत्कृष्ठ १० बिजेताको नाम सार्वजनिक गरेको हो । यस योजनामा करिब ५ सय जनाले सहभागिता जनाका थिए । जसमध्ये ४१ जना सर्ट लिस्टमा पर्न सफल भएको थियो । ४१ जनामध्येबाट १० जना बिजेता घोषणा कम्पनीले गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad