सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर हुनेछ - प्रधानमन्त्री (भिडियो सहित)

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा देशमा बाघको संख्यालाई दोब्बर बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। बाघ दिवस-२०२० को उपलक्ष्यमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सकेसम्म बाघ र स्थानीय समुदाय बीच द्वन्द्व नहुने गरी बाघ पाइने राष्ट्रिय निकुन्जको व्यवस्थापन गर्नुपर्ने बताए।
वन्यजन्तुबाट पीडित परिवारलाई दिइने राहत रकमलाई समय सापेक्ष रुपमा वृद्धि गर्ने भन्दै प्रधानमन्त्री ओलीले पीडितलाई राहत वितरण प्रक्रियालाई सरलीकृत गरिने समेत स्पष्ट पारेका छन्। सम्बोधनमा प्रधानमन्त्रीले भने, ‘आउँदा दिनमा राज्यले वन्यजन्तुबाट पीडित परिवारलाई दिइने राहत रकमलाई समय सापेक्ष रुपमा वृद्धि गर्नेछ, राहत वितरण प्रक्रियालाई सरलीकृत गर्नेछ। द्वन्द्व पीडित परिवारलाई लक्षित गरी संरक्षणका कार्यक्रम संचालन गर्नका लागि सम्बन्धित सबै पक्षलाई म हार्दिक आव्हान गर्दछु।’
हेर्नुहोस बाघ दिवसमा प्रधानमन्त्रीको सम्बोधन(भिडियो)
उनी प्रायः विहान नौ बजे स्कूल पुग्छन् । आफ्नो टेवल आफै सफा गर्छन् । स्कूल पुग्दा कहिलेकही त आया पनि आइपुगेको हुँदैन । सबैभन्दा पहिलो काम उक्त दिन गर्ने कामको योजना वनाउँछन् र शिक्षक कर्मचारीहरुलाई दैनिक दिनुपर्ने निर्देशन, सल्लाह वा उत्प्रेरणाको नोट तयार गर्छन् । विद्यार्थीहरु आउन थाल्छन् नानीहरुका समस्या र गुनासाहरु टिप्ने गर्दछन् । विद्यार्थीका समस्या र गुनासाहरु सिधै र सजिलै प्रिन्सिपललाई भन्न पाइने मात्र हैन प्रोत्साहित गर्छन् उनी । विद्यालय सुधार्न र खुसी साथ नानीहरु विद्यालय आउने बनाउनु पर्छ र उनीहरुका कुरा र समस्या सुन्ने वातावरण बनाउनु पर्छ भन्ने लाग्छ उनलाई । उसो त विद्यार्थी मात्र हैन कर्मचारी पनि रमाएर काम गर्ने वातावरण बनाउनु पर्छ भन्ने लाग्छ उनलाई । उनी हुन् अनिता मिलन इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल शिशिर अधिकारी ।