# भर्खरै
Namaste Icon
Ad
Ad

पूर्वसहमति अनुसार प्रधानमन्त्री पद निशर्त छोड्न ओलीलाइ नेता रिजालको अनुरोध

पूर्वसहमति अनुसार प्रधानमन्त्री पद निशर्त छोड्न ओलीलाइ नेता रिजालको अनुरोध

काठमाडौं । नेकपाका युवा नेता राम प्रसाद रिजालले पूर्वसहमति अनुसार प्रधानमंत्री ओलीले प्रधानमंत्री पद प्रचण्डलाई निशर्त छोडेर अहिलेको नेकपाको गतिरोध अन्त गर्न  प्रधानमन्त्री ओलीलाई विनम्र अनुरोध गरेका छन । ओलीले पार्टी एकताको सहमति मान्दिन भन्नु पार्टी एकता हुदा तत्कालीन एमाले र माओवादीले गरेको सहमति को बिपरीत हुने उनको तर्क छ । पार्टीलाई विभाजनबाट रोक्न सबै नेताले आ–आफ्नो ठाउंबाट योगदान गर्नुपर्ने बताउदै नेता रिजालले फुट्न र बिभाजन हुन बाट जोगाउन अनुरोध छ।

उनले एमाले र माओवादी मिलेर देश बनाउन नेकपा बनेको र जनताले साँथ दिएको स्पष्ट पारे । नेकपालाई देशको भविष्य बनाउने जिम्मा दिएको नेपाली नागरिकमा निराशा आउन नदिन नेता रिजालले शिर्ष नेताहरुलाई अनुरोध गरे । उनले भने, ‘एकतर्फी ढिपि गरेर भन्दा पनि त्याग गरेर जनमतको सम्मान गर्न नेताहरु तयार हुनुपर्छ । प्रधानमन्त्री ओलीले एकता को सहमति विपरीत प्रधानमंत्री छोड्दिन भन्नु ओलीको बैमानी हो ।’

यस्तो, एकता हुदाँको सहमती पत्र

 

 

 

Ad

सम्बन्धित समाचारहरु

विभाजनको संघारमा नेकपा

विभाजनको संघारमा नेकपा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र विगत डेढ महिनादेखि जारी विवाद समाधान हुन नसक्ने दिशामा पुगेको छ । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आ–आफ्नै अडान कायमै रहँदा पार्टी विघटन हुन सक्ने सम्मको तयारी नेकपाभित्र सुरु भएको हो । पार्टी अध्यक्षद्धय ओली प्रचण्डबीच वार्ता जारी रहेकै बेला बुधबार अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको कार्यशैलीमा सुधार नआएको निष्कर्ष निकालेका थिए ।

कांग्रेस युवा नेता शाहीद्धारा बिद्यार्थीलाइ बर्षभरी पुग्ने गरी कापी कलम सहित आर्थिक सहयोग

कालिकोट । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । नेपाली कांग्रेसबाट २०७४ सालको प्रतिनिधि सभा सदस्यका उम्मेद्वार समेत रहेका शाहीले जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा नं २ सेरिज्यूलाका गोरख तिरुवालाई शैक्षिक सामग्री सहयोग गरेका हुन् । सान्नीत्रिवेणी गाँउपालिका वडा नं २ स्थित संकर मावी सेरीज्यूलामा कक्षा १० मा अध्यायनरत बिद्यार्थी तिरुवालाई बर्षभरी पुग्ने गरी कापी कलम सहित आर्थिक सहयोग गरेका छन् । योगा तथा जेम्नेष्टिक खेलाडी समेत रहेका तिरुवालाई पढाईमा निरन्तरताका लागि आफुले व्यक्तिगत रुपमा सहयोग गरेको नेता शाहीले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad