# भर्खरै
Namaste Icon
Ad
Ad

बिरालोमाथि किशोरहरुद्वारा सामूहिक बलात्कार

बिरालोमाथि किशोरहरुद्वारा सामूहिक बलात्कार

लाहौर । पाकिस्तानको लाहौर शहरमा एक पाल्तु बिरालो १५ बर्षीय किशोर र उनका मित्रहरुबाट एक हप्तासम्म भएको सामुहिक बलात्कारका कारण मरेको बताइएको छ । सामाजिक सन्जालमा भाइरल भएको फेसबुक पोस्टमा विरालोमा अत्यन्तै निर्ममता देखाइएको उल्लेख गरिएको छ । विरालोका अंगहरुले काम गर्न बन्द गरेको र त्यसको मृत्यु भएको जनाइएको छ ।

भिषण यौन उत्पिडनको पिडाले विरालो बस्न, हिँडडुल गर्न, खान र सुत्न पनि नसकेको फेसबुक पोस्टमा बताइएको छ । जब विरालोको जाँचका लागि पशुचिकित्सककोमा पुर्याइयो, उसको शरीर भित्रबाट प्रसस्त विर्य, रगत र प्लास्टिकको झोला निस्केको थियो । ती झोला केटाहरुले विरालोसँग यौन सम्पर्क राख्दा प्रयोग गरेका थिए ।

फेसबुक पोस्टमा भनिएको छ, डाक्टरले विरालो माथि यौन उत्पिडन भएको पुष्टि गरेको छ तर उसले यस मामिलाबाट आफुलाई टाढा राख्न कुनै विवरण लिखितमा दिएको छैन । पोस्टमा पाकिस्तान बच्चाहरुलाई यौन शिक्षा अत्यन्त आवश्यक भएको तर मुल्ला यसलाई मन नपराउने उल्लेख गरिएको छ । विरालोको नाजुक स्थितिलाई देखेपछि एक स्थानिय केटीले विरालो आफुलाई सुम्पन आग्रह गरेकी थिइन् । तर ती केटाहरुले विरालो उनलाई सुम्पन अस्विकार गरेका थिए ।

पछि लगातार यौन उत्पीडनका कारण ती आवाज विहिन जनावरको अवस्था अत्यन्त गम्भिर भएपछि उनीहरुले विरालो केटीलाई दिए । ती केटीले उक्त घटनाका बारेमा पशु उद्धार संस्था जेएफकेलाई जानकारी गराएकी थिइन् । विरोलोलाई पशुचिकित्सकको लगिएको र उपचार भए पनि त्यसलाई बचाउन भने सकिएन ।

पाकिस्तानमा ठुलो संख्यामा दोषी केटाहरु विरुद्ध कठोर कारवाही गर्न माग गरिरहेका छन् । साथै अधिकारीहरुले स्कुल भित्र तत्काल यौन शिक्षा कार्यक्रम चलाउन माग गरेका छन् । साथै जनावरमाथि यौन उत्पीडनविरुद्ध कानुन बनाउन पनि माग गरेका छन् । यस घटनापछि ट्विटर लाहौरट्रेन्ड चलिरहेको छ । – एजेन्सी

Ad

सम्बन्धित समाचारहरु

जाती भेद विरुद्ध बिश्व मञ्च ग्लोबल फोरम जापानको अध्यक्षमा धनबहादुर बिक

काठमाडौं । समस्यामा परेका वा पछाडी परेका र दलित तथा महिलाहरु लाई सशक्तीकरण गर्ने उद्देश्यले स्थापना भएको संस्था जाती भेद विरुद्ध बिश्व मञ्च ग्लोबल फोरम जापनमा पनि बिस्तार भएको छ । जापानको अध्यक्षमा धन बहादुर विक चयन भएका छन । त्यस्तै, उपाध्यक्षमा ज्ञान बाहादुर शास्त्री, सचीवमा भक्त बाहादुर बिक, सहसचिवमा शिशिर सुर्खेती चयन भएका छ्न, भने कोषाध्यक्षमा दिपक सुनार चयन भएका छ्न। त्यस्तै, सदस्यहरु मा नारायण सुनार, सुन्जु बिक, मिठे बिक, सुजिता बिक र रबिन परियार चयन भएका छ्न । गणेश रिजाल, हिरा बराइली, मुना सुनार, राजु नेपाली र निलम बिक सल्लाहकारमा चयन भएका छ्न।

पिठ्युँमा छोरा बोकेर रिक्सा चलाउने अर्जुन र उनकी श्रीमती दुवै मिडियामा (भिडियो सहित)

काठमाडौं । सामान ओसार्ने रिक्सा चालक २४ बर्षिय अर्जुन बिक सामाजिक संजालमा एकाएक भाईरल भएका छन । उनलाई श्रीमतीले छोडेर गएपछि २ वर्षका छोरालाई संघर्ष गर्दै हुर्काउदै छन् । उनको २ बर्षिय छोरा बिकासलाई पिठ्युँमा सर्टले बेरेर बोकी काम गर्न हिंडेको तस्बिर भाईरल भएको हो । खेलकुदमा ताईकाण्डोका ३ डन समेत रहेका बिक लकडाउन मा परिवारले छाडेपछी एक्लै भएका हुन र आफ्नो छोरा बिकास सँगै राखेका छन । घरका पारिवारिक झगडाले श्रीमतीले छाडेर गएको बताए । श्रीमानको वारेमा यस्तो भिडियो सार्वजनिक भएपछि अर्जुनको श्रीमती पनि मिडियामा आएकी छन् । अर्जुनको श्रीमती मिडियामा आएपछि उनको साथीले उनीहरुबीचको सम्बन्धका बारेमा धेरैकुरा खुलाएकी छन् । उनले अप्ठेरो परेको बेलामा अर्जुनलाई श्रीमतीले छोडेर गएको बताएकी छन् । संगै कोठामा बस्ने गरेकी युवतीले अर्जुनको श्रीमतीको बारेमा बताएकी हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad