Namaste Icon
Ad
Ad

कांग्रेसमा नातावाद, व्यक्तिवाद हावी भएको भन्दै नेकपामा प्रवेश, नेकपाको नगर कमिटी गठन

कांग्रेसमा नातावाद, व्यक्तिवाद हावी भएको भन्दै नेकपामा प्रवेश, नेकपाको नगर कमिटी गठन

दिपेन्द्र जयसवाल, बारा । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको ३ वर्ष बितिसक्दा पनि स्थानीय स्तरमा कमिटी गठन हुन नसकेको र आम कार्यकतामा अन्यौल बढिरहेको बेला नेकपाले बाराको कोल्हवीमा नगर स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ । कर्यक्रममा कोल्हवी नगरपालिका वडा नं। १ बभनीका भुवन चौधरी र महालक्ष्मी पनुहर नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका छन । नवप्रवेसीहरुलाई नेकपाका केन्द्रीय सदस्य एंव कार्यक्रमका प्रमुख अतिथि बलवीर चौधरीले फुलमाला र अबिर लगाएर स्वागत गरे । नेपाली कांग्रेस जातिवाद, नातावाद, व्यक्तिवाद र कृपावादको सिद्धान्तबाट चल्न थालेकाले परित्याग गरी आफुहरु नेकपामा प्रवेश गरेको भुवन चौधरीले बताए ।

उनले नेपाली जनताको दुःख, सुखमा काँधमा काँध मिलाएरअघि बढने उद्देश्यले आफु नेकपामा प्रवेश गरेको पनि बताए । पार्टी प्रवेस कार्यक्रममा बोल्दै नेकपा बारा जिल्ला इन्चार्जसमेत रहेका नेता चौधरीले नेकपा नेपाली जनताको मिहिनेतबाट निर्माण भएको भन्दै पार्टीमा कुनै हालतमा पनि व्यक्तिवाद हावी हुन नहुने बताए । उनले श्रमजिवीहरुले रगत पसिना बगाएर निर्माण गरेको पार्टीमा कसैलाई पनि जनताको भावना विपरित काम गर्ने छुट नभएको बर्ता । भेलाले पृथ्वीराज शिवाकोटीको अध्यक्षतामा ८१ सदस्यीय नेकपा कोल्हवी नगर कमिटीसमेत गठन गरेको छ ।

कमिटीको सचिवमा चिरण काफ्ले रहेका छन । भेलामा प्रदेश कमिटी सदस्य तपेश्वर चौधरी, छविलाल उप्रेती र जिल्ला कमिटी सदस्य ढुण्डीराज उप्रेती, छविलाल चौधरी रामचन्द्र साफीले पार्टी एकता र संघठन निर्माण बारे बोलेका थिए । कार्यक्रममा नेकपा प्रदेश नं २ का प्रदेश कमिटी सदस्य दिप पराजुली, कल्याणी चौधरी, केवलप्रसाद चौधरी, कोल्हवी नगर प्रमुख भरतबहादुर भण्डारी, शिवनारायण चौधरी, रामचन्द्र साफी, कल्याणी बिमली, ज्ञानु केसी र युवा संघ नगर कमिटीका संयोजक हरिनारायण चौधरीलगायतको उपस्थिति रहेको थियो । जिल्ला कमिटी सदस्य केवलप्रसाद चौधरीले नगर कमिटी पदाधिकारी र सदस्यहरुको नामावली घोषणा गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

सिन्धुपाल्चोक पहिरोमा परेकाको उद्दार मा जुट्न पासाङ्गको आव्हान, आफू पनि उद्दार गर्न जादै

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पहिरोले २१ घर पुरिएको छ। आज विहान ६ बजे गएको पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भएको छैन । ‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका भएको खबर आफुले पाएको समाजसेवी तथा नेपाली कांग्रेस तरुण बिभागका सदस्य पासाङ्ग नोर्बु शेर्पाले बताए ।

पहिरोमा पुरिएर कालिकोटमा ६ जनाको मृत्यु

पहिरोमा पुरिएर कालिकोटमा ६ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण राति कालिकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको मृत्यु भएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad