# भर्खरै
Namaste Icon
Ad
Ad

अब सय रुपैयाँ रिचार्ज गर्दा २९ रुपैयाँ सरकारलाई

अब सय रुपैयाँ रिचार्ज गर्दा २९ रुपैयाँ सरकारलाई

काठमाडौं । दूरसञ्चार सेवामा पछिल्लो समय सरकारले कर थप गर्दै आएको छ। कर थपिँदै गएपछि प्रविधिमा आएको विकासले सस्तो सेवा उपभोग गर्न पाउने उपभोक्ताको सुविधा खोसिएको छ। डा युवराज खतिवडा अर्थमन्त्री भएपछि मात्र मोबाइल सेवामा दुई प्रकारका कर गरेर १५ प्रतिशतसम्म थप गरेका छन्। कुनै पनि उपभोक्ताले मोबाइल सेवाको उपभोग गर्दा अब २९ प्रतिशत बढी प्रत्यक्ष कर तिर्नुपर्ने छ। यही साउनदेखि पोष्टपेड सेवाग्राहीले पनि प्रत्येक बिलिङमा २ प्रतिशत स्वामित्व शुल्क नामको कर तिर्नुपर्ने भएपछि सबै प्रकारको मोबाइल सेवाको कर २९ प्रतिशत भएको हो।

उपभोक्ताले मोबाइलमा सय रुपैयाँ रिचार्ज गर्दा २९ रुपयाँ बढी कर सरकारलाई बुझाउनुपर्ने छ। सय रुपैयाँको रिचार्जमा सुरुमा २ प्रतिशत स्वामित्व शुल्क लाग्ने छ। त्यस्तै १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क र १३ प्रतिशत मूल्य अभिबृद्धि कर लाग्छ। यो वर्ष भने सरकारले पोष्टपेड मोबाइलमा २ प्रतिशत कर थप गरेको हो। यो बाहेक यो वर्षको आर्थिक ऐनअनुसार प्रत्येक सिमकार्ड खरिद गर्दा सुरुमा २ प्रतिशत शुल्क पनि लाग्छ। मोबाइल इन्टरनेट बाहेकको इन्टरनेटमा भने १३ प्रतिशत सेवाशुल्क र १३ प्रतिशत मूल्यअभिबृद्धि कर लाग्छ। सेवा शुल्क लगाउँदा भने मर्मत शुल्कको आधा रकमलाई मात्र करयोग्य मूल्य मानिने व्यवस्था छ।

Ad

सम्बन्धित समाचारहरु

एनसेलको ‘वायरफ्री प्लस वाइफाइ’ सुरु, यस्ता छन सुविधा

एनसेलको ‘वायरफ्री प्लस वाइफाइ’ सुरु, यस्ता छन सुविधा

काठमाडौं । एनसेलले वायरलेस वाइफाइ सेवा सुरु गरेको छ। एनसेल आजीयाटा लिमिटेडले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको दाबी गरेको छ । मंगलवार (साउन २०) देखि सुरु गरेको यो सेवा घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका उपयोगी हुने कम्पनीले जानकारी दिएको छ। यो सेवा लिनेहरुले बन्डल सेवामा २ फोरजी सिमकार्ड, प्रत्येक सिममा ५ जीबी देखि १० जीबी डेटा, होम नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु पाउने छन्।

इ–स्पोर्टसलाई भाइबरको साथ, सुरु गर्‍यो ‘टिम स्वर्ग’ फोर्टनाइट कम्युनिटी

काठमाडौं । सहज सञ्चार आदान प्रदानका लागि विश्वको ठूला एपहरु मध्येको एक राकुटेन भाइबरले हालै मात्र विश्वव्यापी रुपमा परिचित ‘फोर्टनाइट’ नाम दिइएको एक इ–स्पोर्टस् प्रतियोगिता नेपालमा सञ्चालन गर्नका लागि सहयोग गरेको छ। प्रतियागिताको आयोजना ‘स्वर्ग‘ नामक एक स्वतन्त्र इ(स्पोर्टस् संगठनको सहकार्यमा भएको थियो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad