Namaste Icon
Ad
Ad

'काँग्रेसभित्र प्रमुख प्रतिपक्षी कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आयो' - शेखर कोईराला

'काँग्रेसभित्र प्रमुख प्रतिपक्षी कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आयो' - शेखर कोईराला

सन्तोष दहाल,ललितपुर। नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र अधिनायकवाद र एकलौटीपन हावी गरेको आरोप लगाएका छन्। बिहीबार बिहान रेडियो नेपालको दैनिक कार्यक्रम अन्तरसंवादमा कुराकानी गर्दै कोईरालाले देउवाले ४ वर्षमा पार्टीको महाधिवेशन गराउन नसक्दा पूर्णरुपमा असफल भएको बताए।

गत चुनावका ताका कम्युनिष्ट पार्टीको सरकार आए अधिनायकवाद आउँछ र हाँस्न रुनासमेत पाईन्न भनेर प्रचार गर्ने देउवाले अहिले पार्टीभित्र त्यस्तै नियम लागु गरेको आरोप कोईरालाको छ। उनले भने, कोरोना भाईरसले देशलाई आक्रान्त पारिरहेको छ,सरकार भ्रष्टाचारमा लिप्त भएको छ, देश गम्भीर दुर्घटनामा जाँदै छ,यस्तो अवस्थामा पनि प्रमुख प्रतिपक्षी दल कहाँ छ भनेर खोज्नु पर्ने अवस्था आउनु दुर्भाग्य हो।'

पार्टीको महाधिवेशन नाजिकिंदै गरेको अवस्थामा देउवाले अनेक वाहना गरेर महाधिवेशन सार्ने प्रयत्नमा लागेको र उनलाई आफ्नै पार्टीको केन्द्रिय समितिप्रति विश्वास नभएको कोईरालाको आरोप छ।

 

Ad

सम्बन्धित समाचारहरु

बालुवाटारमा ओली–प्रचण्ड भेटवार्ता

बालुवाटारमा ओली–प्रचण्ड भेटवार्ता

काठमाडौं । लामो समयको संवादहीनतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

विप्लव समूहका नेता र कार्यकर्ता धमाधम पक्राउ, कर्णलीबाट १३ कार्यकर्ता पक्राउ

कर्णाली । प्रहरीले नेत्रविक्रम चन्द समूहका नेता र कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुईदुई, दैलेख र डोल्पाबाट एकएक गरी १३ जनालाई पक्राउ गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad