# भर्खरै
Namaste Icon
Ad
Ad

गरीब जनताको सञ्चारमा समेत कर लगाउनु निन्दनीय छ– शंकर भण्डारी

गरीब जनताको सञ्चारमा समेत कर लगाउनु निन्दनीय छ– शंकर भण्डारी

काठमाडौं । नेपाली कांगेस तरुण विभाग प्रमुख शंकर भण्डारीले कम्युनिष्ट सरकारले जनमतको खिल्ली उडाईरहेको बताएका छन । दर्पण दैनिकसँग कुरा गर्दै नेता भण्डारीले कांग्रेसले जोगाएको ढुकुटी बर्तमान सरकारले रित्याएर सामान्य नागरिको आधारभुत आवश्यकता माथि कर लाउन थालेको बताए । उनले भने, ‘सर्वहाराको लागि भन्दै युद्ध लडेका र गरीब, निमुखा तथा आदिवाशीलाई संरक्षण गछौं भन्दै चुनाव जितेका कम्युनिष्टहरु अहिले जनतामाथि घात गरिरहेका छन । हुँदा हुँदा सामान्य नागरिकले प्रयोग गर्ने सिमकार्ड र रिर्चाजमा समेत कर लाएको छ ।’

यो सरकार नेपाली जनताकोलागि इतिहासमै नालायक देखिएको भन्दै नेता भण्डारीले अब देशभरका तरुण युवाहरु सचेत हुनुपर्ने बताए । उनले भने, ‘यो सरकारले नेपाली युवाहरु माथि खेलवाड गरेकोले अब युवाहरु विभिन्न वाहाना तथा नारामा भन्दा पनि यो सरकारको गलत कामको भण्डाफोर गर्न तर्फ लाग्नु पर्ने वेला आयो ।’ कांग्रेसको उदार नीतिका कारण नेपालको सञ्चार क्षेत्रमा उल्लेख्य प्रगति भएको बताउदै नेता भण्डारीले कम्युनिष्ट नेताहरुले यो जनताको आधारभुत आवशयकता माथि राज गर्ने र पाएको सेवा खोस्ने प्रयाश गरेको आरोप लागाए ।

हेर्नुहोस भिडियो कुराकानी

 

Ad

सम्बन्धित समाचारहरु

विभाजनको संघारमा नेकपा

विभाजनको संघारमा नेकपा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र विगत डेढ महिनादेखि जारी विवाद समाधान हुन नसक्ने दिशामा पुगेको छ । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आ–आफ्नै अडान कायमै रहँदा पार्टी विघटन हुन सक्ने सम्मको तयारी नेकपाभित्र सुरु भएको हो । पार्टी अध्यक्षद्धय ओली प्रचण्डबीच वार्ता जारी रहेकै बेला बुधबार अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको कार्यशैलीमा सुधार नआएको निष्कर्ष निकालेका थिए ।

कांग्रेस युवा नेता शाहीद्धारा बिद्यार्थीलाइ बर्षभरी पुग्ने गरी कापी कलम सहित आर्थिक सहयोग

कालिकोट । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । नेपाली कांग्रेसबाट २०७४ सालको प्रतिनिधि सभा सदस्यका उम्मेद्वार समेत रहेका शाहीले जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा नं २ सेरिज्यूलाका गोरख तिरुवालाई शैक्षिक सामग्री सहयोग गरेका हुन् । सान्नीत्रिवेणी गाँउपालिका वडा नं २ स्थित संकर मावी सेरीज्यूलामा कक्षा १० मा अध्यायनरत बिद्यार्थी तिरुवालाई बर्षभरी पुग्ने गरी कापी कलम सहित आर्थिक सहयोग गरेका छन् । योगा तथा जेम्नेष्टिक खेलाडी समेत रहेका तिरुवालाई पढाईमा निरन्तरताका लागि आफुले व्यक्तिगत रुपमा सहयोग गरेको नेता शाहीले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad