# भर्खरै
Namaste Icon
Ad
Ad

‘अब देशमै छ रोजगारी’ अभियान शुरु, वेरोजगारलाई सीप अनुसारको रोजगारी खोजन प्ररित गर्ने

‘अब देशमै छ रोजगारी’ अभियान शुरु, वेरोजगारलाई सीप अनुसारको रोजगारी खोजन प्ररित गर्ने

काठमाडौं । रोजगारी सर्भिस प्रालि र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा ‘अब देशमै छ रोजगारी’ अभियान शुरु भएको छ । मन्त्री डा. युबराज खतिवडा, प्रख्यात उद्योगपतिहरु, स्किलिंग इकोसिस्टम सरोकारवालाहरु, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिहरुको एक भर्चुअल कार्यक्रमका बीच उक्त अभियानको सुरुवात गरिएको हो । सो अभियान मार्फत विदेशबाट नेपाल फर्किएका र अन्य आर्थिक रुपले वञ्चित, समाजिक बहिष्कृत समुहहरुको लागि रोजगारी सृजना गरिने बताइएको छ ।

अभियानको लोगो र नारा सार्वजनिक गर्दै मन्त्री खतिवडाले यो अभियान मार्फत बजार नेतृत्व स्किलिंग पहलहरुले गति लिन पाउँने र सफलतापूर्वक सरकार, निजी क्षेत्र, नागरिक समाज, स्किलिंग पार्टनर, मिडिया र विकास पार्टनरबीच परिकल्पना गरिएको सहकार्य निमार्ण गर्ने बताए । उनले भने, ‘रोजगारी सृजना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण छ र सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीतिहरु ल्याइरहेको छ जसले उज्जवल आर्थिक भविष्यलाई सक्षम बनाउन मद्दत गर्नेछ ।’ कोभिड—१९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग ७ लाख नेपाली कामदार विदेशबाट फर्किने अनुमान गरिएको छ । यो आसन्न बेरोजगारीको संकटबाट बच्नका लागि नेपालले १० लाख भन्दा बढि रोजगारी सृजना गर्नु आवश्यक रहेको अर्थमन्त्रीको तर्क छ ।

युकेएड सीपका टिम लिडर बलजीत बोहोराले नेपालको मानव पूँजीलाई उनीहरुको जीवन र जीविकोपार्जन संरक्षण गर्दै यसको लाभ उठाउनु अभियानको लक्ष्य भएको बताए । रोजगारी सर्भिसले आफ्नो व्यापक प्ल्याटफर्महरु —वेवसाइट, मोबाइल एपलिकेसन, सामाजिक संञ्जाल, रोजगारी पसल, घुम्ती रोजगारी पसलहरु प्रयोग गरेर पंूजीकृत प्रवासी पुनरागमनहरुलाई उचित स्किलिंग, रोजगारी वा स्वरोजगारीका मार्ग जडान गर्न र सुविधा पु¥याउन सहकार्य गर्ने बोहराले जानकारी दिए । त्यस्तै, रोजगारी सर्भिस र मेरो जब्सका संस्थापक शैलेन्द्रराज गिरीले अब देशमै छ रोजगारी अभियान र युकेएड सीप र अन्यसंगको हाम्रो सामूहिक साझेदारीले नेपालको मानव संसाधनमार्फत र लागि रोजगार, उद्योग र वृद्धि गर्न सहयोग पु¥याउन सामूहिक उत्प्रेरित गर्ने बताए । यो अभियान समयको आवश्यकता पनि भएको उनले उल्लेख गरे ।

कार्यक्रममा श्रीनगर एग्रो फार्मकी मौशमी श्रेष्ठले नेपालमा पर्याप्त रोजगारी र उद्यमशीलता सम्भावना भएको बताइन । कृषिमा मात्र होइन हस्तकला, कपडा, निर्माण र अन्यमा । घरेलु रोजगारी प्रवद्र्धनमा ध्यान केन्द्रित भएको देख्दा म निकै खुशी लागेको उनले बताईन । त्यस्तै, पवन गोल्यान, विष्णु अग्रवाल, रचना थापा र शेखर गोल्छाले देशमा स्किलिंग, रोजगारी सृजना र उद्यमशीलताका लागि उद्योग नेतृत्व सहलगानी मोडल र सहकार्यको महत्वलाई प्रकाश पारे । नवीनता, गुणस्तरीय प्रशिक्षण, रोजगारी र उद्यम स्टार्ट अप सेवालाई फैलाएर तथा विस्तार गरेर तथा सरोकारवालाहरुको दायरा भित्र र बीच मजबुद सहकार्य निर्माण गरेर, युकेएड सीप र रोजगारी सर्भिस रोजगारी, उद्यमशीलता वृद्धि र माइग्रेसनको लाभलाई अनुकूल गर्दै उद्योग र आर्थिक वृद्धि सक्षम बनाउनका लागि काम गरिरहेका छन् ।


अब देशमै छ रोजगारी अभियानका बारेमा थप जानकारीका लागि https://bit.ly/3jNKJk0  हेर्नुहोस् ।

Ad

सम्बन्धित समाचारहरु

विश्वकै उत्कृष्ट होटलमा छानियो होटल मेरियट काठमाडौं

विश्वकै उत्कृष्ट होटलमा छानियो होटल मेरियट काठमाडौं

काठमाडौं । चेन होटल मेरियट काठमाडौं विश्वकै उत्कृष्ट होटलमा छानिएको छ । बिश्वभर रहेका पर्यटकीय गन्तब्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरले सन् २०२० को ‘ट्राभलरर्स च्वाइस अवार्ड’ नेपालबाट मेरियट काठमाडौंलाई प्रदान गरेको हो । ट्रिप एडभाईजरले लाखौं पर्यटकहरुले गरेको समिक्षा, रेटिङ, सुरक्षाजस्ता विषयलाई आधार बनाएर उत्कृष्ट होटल छनौट गर्दै आएको छ । सोही अनुरुप नेपालको एमएस ग्रूपद्वारा संचालित चेन होटल मेरियट काठमाडौं ‘ट्राभलरर्स च्वाइस २०२०’ विजेता बनेको हो ।

काठमाडौंका यी क्षेत्रमा आज र भोलि विद्युत् काटिने

काठमाडौंका यी क्षेत्रमा आज र भोलि विद्युत् काटिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad