Namaste Icon
Ad
Ad

बारामा आर्थिक वर्ष २०७६/७७ मा एक अर्बभन्दा बढी फ्रिज

बारामा आर्थिक वर्ष २०७६/७७ मा एक अर्बभन्दा बढी फ्रिज

दिपेन्द्र जयसवाल,बारा। बारा जिल्लामा गत आर्थिक वर्षमा एक अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । बारास्थित विकास लगायत ५० वटा कार्यालयबाट गत आर्थिक वर्षमा खर्च गर्न नसक्दा उक्त रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराले जनाएको छ ।

आर्थिक बर्ष २०७६/०७७ मा सङ्घ र प्रदेश सरकारबाट प्राप्त कूल रकममध्ये रु एक अर्ब २५ करोड ९१ लाख ५७ हजार ५ सय ५१ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका निमित्त प्रमुख पवन अधिकारीले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षका लागि जिल्लाका विभिन्न कार्यालयमा सङ्घीय सरकारबाट प्राप्त भएको रकममध्ये रु ५७ करोड एक लाख ५४ हजार पाँच सय ४६ तथा प्रदेश सरकारबाट प्राप्त रकममध्ये रु ६८ करोड ९० लाख दुई हजार ९ सय ५९ गरी कूल रु एक अर्ब २५ करोड ९१ लाख ५७ हजार ५ सय ५१ फ्रिज भएको छ I

निमित्त प्रमुख अधिकारीका अनुसार गत आर्थिक वर्षमा सङ्घबाट चालूतर्फ प्राप्त कूल रु नौ अर्ब १० करोड १९ लाख ७८ हजार सात सय १२ मध्ये आठ अर्व ८६ करोड ५७ लाख १२ हजार ८८ मात्र खर्च भएको छ । त्यस्तै पूँजीगततर्फ प्राप्त कूल रु ९८ करोड २१ लाख ९० हजार ९ सय ९९ मध्ये रु ६४ करोड ८२ लाख ४३ हजार ८ सय ७६ खर्च भएको छ । यसैगरी प्रदेश सरकारबाट चालूतर्फ प्राप्त कूल रु एक अर्ब एक करोड ९० लाख ४६ हजार ९ सय २७ मध्ये रु ७० करोड ६७ लाख ४९ हजार पाँच सय २१ खर्च भएको छ । त्यस्तै पूँजीगततर्फ प्राप्त कूल रु ७७ करोड ३५ लाख मध्ये ३९ करोड ६७ लाख ९४ हजार चार सय ४६ खर्च भएको निमित्त प्रमुख अधिकारीले बताएका छन ।

Ad

सम्बन्धित समाचारहरु

सिन्धुपाल्चोक पहिरोमा परेकाको उद्दार मा जुट्न पासाङ्गको आव्हान, आफू पनि उद्दार गर्न जादै

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पहिरोले २१ घर पुरिएको छ। आज विहान ६ बजे गएको पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भएको छैन । ‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका भएको खबर आफुले पाएको समाजसेवी तथा नेपाली कांग्रेस तरुण बिभागका सदस्य पासाङ्ग नोर्बु शेर्पाले बताए ।

पहिरोमा पुरिएर कालिकोटमा ६ जनाको मृत्यु

पहिरोमा पुरिएर कालिकोटमा ६ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण राति कालिकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको मृत्यु भएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad