Namaste Icon
Ad
Ad

तिज आएपनि सुनचाँदी व्यावसाय भने सुनसान, के भन्छन व्यावसायी ?

तिज आएपनि सुनचाँदी व्यावसाय भने सुनसान, के भन्छन व्यावसायी ?

चन्द्र कुमार विश्वकर्मा, काठमाडौं । हिन्दु नारीहरुको पर्व हरितालिका तिज आउनै लाग्दा गह गहनाको व्यापार भने शुन्य प्रायः नै रहेको देखिन्छ । नेपालमा दँशै तिहार भन्दा पनि तिजमा सवैभन्दा बढि सुन चँनीको कारोवार हुने गर्दथ्यो तर यस वर्ष भने गरगहना जोडरने मानिस भन्दा वेच्ने मात्र बढेका व्यावसायीहरु बताउछन । कोभिड १९ को कारण झन्डै चार महिना भन्द भएको सुन चाँदी बजार लकडाउन खुलेपनि निरनशजनक अवस्थामा रहेको छ । लकडाउन पछि व्यापार होला बैंक किस्ता, घरभाडा तथा अन्य खर्च टर्ला भन्ने आशमा बसेका सुनचाँदी व्यावसायी सुनको भाउ आकाशिए पछि निराश बनेका छन । गत चैतमा जब कोरोनाको कारण लकडाउन गरियो त्यति वेला सुनको भाउ तोलाको सत्तरी पचहतर हजारको बीचमा कारोबार भएको थियो तर अहिले एक लाख नजिक पुगेको छ । मुख्य सिजनमै भाउ आकाशिएसँगै उता खरिद गर्न आउने ग्राहक समेत अलमलमा परेको तथा खरिद गर्ने भन्दा बेच्ने मात्र आउने गरेको व्यावसायीहरु बताउछन ।

काठमाडौंमा जय मा बैण्णवि ज्वलर्स सञ्चालन गर्दै आएका महेन्द्र सुनार लकडाउन अगाडिको तुलनामा पाँभ प्रतिशत व्यापार भएको बताए । उनले भने, ‘सुनको माग अहिले एकदमै कम छ ब्यापार को कुरा गर्ने हो भने पहिला र अहिले को तुलनामा त ९५ प्रतिशत कै फरक हुन आउछ ।’ उनको बुझाईमा यो कोरोना भाइरस कै कारण मात्र नभई सुनको भाउ पनि एक लाख पुग्नु नै बजारको लागि घातक भएको हो । सुनारले भने, ‘जस्तै भाउ धेरै भएनी एक तोला किने ग्राहकले आदि तोला त किन्नु हुन्छ नि भाउ ले भन्दा पनि अहिले चै हामी सुन चाँदी ब्यापारीहरु लाई कोरोना कै असर परेको हो कि जस्तो लाग छ मेरो बिचारमा । पहिला पहिला दिनमा मेरो आफ्नै पसलको कुरा गर्ने हो भने तिजको बेलामा दिनमा ६÷७ तोला बेच्ने गर्थे भने आहिले एक तोला पनि बेच्न अवस्था छैन ।’ सुनारका अनुसार अर्को एउटा समस्या भनेको कालिगढको पनि देखिएको छ । नेपालमा रहेका भारतीय कालिगढ घर गएका तर नेपालमा पर्याप्त मात्रामा कुशल कालिगढ नहुदा पनि ग्राहका माग पनि पुरा गर्न नसकिएको उनले बताए ।


सुनचाँदीको कारोबार गर्दै आएका सन्दिप दर्नाल पनि सुनको भाउ बढेको अचम्मित छन । मनकामना अर्नामेन्टससञ्चालन गर्दै आएका दर्नालले भने, ‘व्यापार त कम नै छ, सुनको माग एकदमै कम छ, हाम्रो विशेष सिजन भनेको यो नै हो । किनकि तिज नजिकैदै छ, हामी अरु बेला भन्दा यो बेला मा कारोबार बढि गर्ने गर्दथ्यौं तर यसवर्ष सुनशान नै छ । विगतमा यो समयमा रातमा नसुतेर पनि गरगहना तयार पारिन्थ्यो, पसलहरुमा ग्राहकको भि लाग्थ्यो तर यसवर्ष त विगतको चैत जस्तै भएको छ ।’ दर्नाललाई उस क्षेत्रमा कसरी विटक्ने भन्ने चिन्ता हुन थालेको छ । उनी भन्छन, ‘सबै खर्च यसबाट नै हो धान्ने घरभाडा तिर्न सम्म मुस्किल छ, यो लकडाउन पछि त ।’ बजार सुनसान हुनुको कारण सुनको भाउ बढ्नु र कोरोनाको असर दुईओटै हो जस्तो उनलाई लाग्छ । सरकारले करपनि बढाएको मा दर्नालको आक्रोश पोखे । उनले भने, ‘यस्तो बेलामा के गरि हामी व्यबसायीहरुले कर तिर्ने, भाडा तिर्ने समस्या माथि झन समस्या आईलागेको छ ।’ तिज नै सुनचाँदीको मुख्य व्यापार गर्ने बताउदै उनले भने, ‘ तिज नजिकै आयो भनेर के गर्नु र नेपाली मैलिक गहनाको माग कम छ ।अहिले यसमा त आबद्द भएका जति पनि कालीगढहरुलाई पनि समस्या नै छ पसल हरुको मात्रै भन्दा पनि नेपाली दिदीबहिनीहरु ले नेपाली मैलिक गहना अलि बढी लगाउने हो, भने यस पेसामा आवद्ध भएका जो नेपाली कालीगढ दाजुभाइ हरु हुनुहुनछ उहाँलाई नि कै राहात मिल्ने थियो भने लाग्छ ।’


सरिता ज्वेलर्स सञ्चालन गर्दै आएका बिष्णु कुमार रुचालले यसक्षेत्रमा लागेदेखि नै यसवषए पुरै वेरोजगार बस्नु परेको बताए । उनले भने, ‘सुन चाँदी बजार एक्दमै सुनसान छ, पहिलाको तुलनामा यो बर्ष पसल खोल्ने बन्दा गर्ने जस्तो मात्रै भएको छ । पहिला अडरको सामान सकिँदैन भनेर कति जाना ग्राहकलाई फर्काउनु पथ्र्यौ पसलमा एकैछिनपनि फुर्सद हुँदै न थियो अहिले त फुर्सद मै बस्नु परेको छ ।’ त्यस्तै, पोखरा हंसपुर सुन चाँदि पसल सञ्चालन गरिरहेका अमृत बिश्वकर्माले अहिले सम्म यस्तो नभएको कारण यस बवर्ष अनौठो लागेको बताए । उनले भने, ‘यो मेरो पहिलो अनुभव नै हो यस्तो सुनसान अथवा सुन चादीको क्षेत्र ठप्प भएको ।’ सुनचाँदीको ब्यापारमा गिरावट आउनुमा कोरोना भाइरसको मुख्य कारण हो जस्तो उनलाई लागेको छ । नेपाल सरकारले पनि यो व्यावसायलाई अति प्रभावित व्यावसायमा राखेको बताउदै विश्वकर्माले भने, ‘अब सुनचाँदीको क्षेत्र सधै यस्तै नै हुन्छ भन्ने त हैन सुधार हुन्छ, तर अबस्था सबै तिर सामान्य हुनु पर्छ । हामीलाई सुरक्षाका उपाएहरु अपनाएर मात्रै कारोबार गर्नु भनेर हामी आबद्ध संघ हामीलाई सूचनाका दिएकन छन । हामी यसरी नै कारोबार गरिरहएका छ ।’ सुनको भाउ बढने क्रममा नै भएको हुँदा सुन बेच्न आउने ग्राहकको सङ्ख्या कम नै भएको र समस्यामा परेर सुन बेच्न आउनेको सुन किन्ने पनि उनले बताए ।

 


नेपाल सुन चाँदी कला व्यावसायी संघका केन्द्रिय सहकोष अध्यक्ष समेत रहेका लालिगुरास सुन चाँदि पसलका सञ्चालक सुमन लकान्द्रीले बजारको अवस्था यस्तो हुनुमा
मुख्य कारण कोरिना भाइरस नै भएको बताए । उनले भाउले मात्र बजार प्रभावित नहुने भन्दै कारोना नै मुख्य कारण भएको उनको तर्क छ । उनले भने, ‘यो बेला मा ग्राहकहरु सुन बेच्न पनि आउनु नै हुन्छ उहाँहरु लाई समस्या पर्दा मैले मेरो पसल बाट बिक्रि गरेको सामान किनि दिने गरको छु । किनकि हामी सँग आउने ग्राहक भनेको सामान्य आम्दानी भएका नै हुन उनीहरुले पनि पछी आफूलाई समस्या पर्दा काम टार्न सकिन्छ भनेर नै गहना बनाउने भएको हुँदा अहिले कोरोना ले गर्दा कति ग्राहक लाई त साच्चै समस्या पनि परको छ नि ।’ सुनको माग ५० प्रतिशत पनि नभएको उनले बताए ।

अरु क्षेत्रमा जस्तै सुनचाँदीको क्षेत्रमा पनि समस्या नै भएको ब्याबसायीहरु बताउछ्न । बाहिरबाट हेर्दा मात्रै सुन पसलहरु ले कमाउछ धेरै फाइदा लिन्छ भने देखिने भएपनि यो भ्रम भएको व्यावसायीहरु बताउछन । व्यावसायीहरुले अरु व्यावसायलाई जस्तै, सरकारले केहि राहात (सहुलियत) दिए हुन्थ्यो भन्ने अपेक्षा राखेको बताए । ज्याला जर्तीमा पनि एकरुपता नहुँदा पनि ब्यापार मा धेरै असर परेको उनिहरुको भनाइ छ ।

 

Ad

सम्बन्धित समाचारहरु

बिना धितोमा प्रोफेश्नल कर्जाका दिने सहमति

बिना धितोमा प्रोफेश्नल कर्जाका दिने सहमति

काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) र कामना सेवा विकास बैंकबीच एक्यानमा आवद्ध सदस्यहहरुलाई बिना धितामो प्रोफेश्नल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १२४ शाखाबाट एकै दिनमा बिना धितोमा रु १५ लाख सम्मको प्रोफेश्नल कर्र्जा प्रदान गरिनेछ । यो सम्झौता पछि एक्यानका सदस्यहरुले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बिना धितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु बिस्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी गराए ।

चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने

काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने योजना छ । चीनको केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिने भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad