Namaste Icon
Ad
Ad

ढुसी लागेर दुई करोड चालिस लाख स्वाहा !

ढुसी लागेर दुई करोड चालिस लाख स्वाहा !

काठमाडौं । अन्ततः नेपाल राष्ट्र बैंकको ढुकुटीमा रहेकोमध्ये दुई लाख डलरमा स्वाहा हुनेगरी ढुसी लागेको छ । पचास दरको चार हजार थान अमेरिकी डलर एउटै डल्लो भएर ढुसी र छिँडीको ओसले नछुट्टिने गरी टाँसिएको हो । यसबाट प्रचलित विनिमयदर अनुसार दुई करोड चालिस लाख रुपैयाँ सरकारको कोषमा चुना लागेको छ । त्यसैगरी, बैंकको बालुवाटारस्थित छिँडीको ढुकुटीमा रहेका अन्य दरका डलर तथा विदेशी मुद्रा पनि ओसले बिगारेपछि त्यसको समेत पूरा भुक्तानी नआउने भएको छ । त्यसरी आंशिक क्षति भएका डलरलगायतका विदेशी मुद्रा झण्डै पचास लाख रुपैयाँ बराबर रहेको स्रोतको दाबी छ ।

गत कात्तिकदेखि नियमानुसार सिङ्गापुरस्थित सीआईएम बैंकमा बैंकिङ्ग कार्यालयले विदेशी मुद्रा नपठाई थन्काएपछि ढुसी परेको हो । कार्यकारी निर्देशक नरेश शाक्य र निर्देशक निभा श्रेष्ठको लहडबाजीमा फागुन मसान्तमा रहेको झण्डै ४५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सीआईएम बैंकमा जम्मा नगरेपछि अहिले ढुसी लागेको बताइन्छ ।

यसबीच बैंकको विभिन्न शाखा कार्यालयबाट प्राप्त रकमपछि मौज्दात बढेर झण्डै ६० अर्ब रुपैयाँको हाराहारीमा पुगेको थियो । ढुसीले नष्ट भएको मात्र होइन बेलैमा उक्त रकम सिङ्गापुरमा जम्मा गरेको भए उक्त रकममा आउने १० करोड रुपैयाँभन्दा बढीको ब्याजसमेत शाक्य र श्रेष्ठको कारण बैंकले अनाहकमा गुमाएको छ । जबकि नेपाल राष्ट्र बैंकको सम्पूर्ण आम्दानी कानुनतः नेपाल सरकारकै आम्दानी हो ।

यसअघि पटक पटक जनआस्था अनलाइनले व्यर्थ थुपारिएको अर्बौं रुपैयाँ बराबरको डलरको करोडौं ब्याज आम्दानी गुमेको र वर्षामा ढुसी पर्नसक्नेतर्फ सचेत गराउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो । तर, बैंक नेतृत्वले सकारात्मक सुझावलाई पनि एउटा कानले सुनेर अर्को कानले उडाइदिएको परिणाम यतिखेर सरकारको आम्दानीमा थप तीन करोड रुपैयाँ स्वाहा भएको छ । नयाँ कार्यविधि नबनेको र सिल्क एअरको रातीको उडानको कारण सिङ्गापुरको सीआईएम बैंकमा जम्मा गर्न डलर नपठाइएको शाक्य र श्रेष्ठको अडान पनि यतिखेर बनावटी प्रमाणित भएको जन आस्था साप्ताहिकले उल्लेख गरेको छ ।

 

Ad

सम्बन्धित समाचारहरु

बिना धितोमा प्रोफेश्नल कर्जाका दिने सहमति

बिना धितोमा प्रोफेश्नल कर्जाका दिने सहमति

काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) र कामना सेवा विकास बैंकबीच एक्यानमा आवद्ध सदस्यहहरुलाई बिना धितामो प्रोफेश्नल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १२४ शाखाबाट एकै दिनमा बिना धितोमा रु १५ लाख सम्मको प्रोफेश्नल कर्र्जा प्रदान गरिनेछ । यो सम्झौता पछि एक्यानका सदस्यहरुले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बिना धितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु बिस्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी गराए ।

चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने

काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने योजना छ । चीनको केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिने भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad