# भर्खरै
Namaste Icon
Ad
Ad

चिनी आयात गर्न मन्त्रिपरिषद्को बैठकले दियो अनुमति

चिनी आयात गर्न मन्त्रिपरिषद्को बैठकले दियो अनुमति

काठमाडौं । सरकारले चिनी आयात गर्न दुई वटा संस्थालाई अनुमति प्रदान गरेको छ। मन्त्रिपरिषद् बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई चिनी आयात गर्न अनुमति प्रदान गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवत्ता उर्मिला केसीका अनुसार मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति प्रदान गरेपछि मन्त्रिपरिषद्को बैठकले चिनी आयात गर्न अनुमति दिने निर्णय गरेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

Ad

सम्बन्धित समाचारहरु

विश्वकै उत्कृष्ट होटलमा छानियो होटल मेरियट काठमाडौं

विश्वकै उत्कृष्ट होटलमा छानियो होटल मेरियट काठमाडौं

काठमाडौं । चेन होटल मेरियट काठमाडौं विश्वकै उत्कृष्ट होटलमा छानिएको छ । बिश्वभर रहेका पर्यटकीय गन्तब्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरले सन् २०२० को ‘ट्राभलरर्स च्वाइस अवार्ड’ नेपालबाट मेरियट काठमाडौंलाई प्रदान गरेको हो । ट्रिप एडभाईजरले लाखौं पर्यटकहरुले गरेको समिक्षा, रेटिङ, सुरक्षाजस्ता विषयलाई आधार बनाएर उत्कृष्ट होटल छनौट गर्दै आएको छ । सोही अनुरुप नेपालको एमएस ग्रूपद्वारा संचालित चेन होटल मेरियट काठमाडौं ‘ट्राभलरर्स च्वाइस २०२०’ विजेता बनेको हो ।

काठमाडौंका यी क्षेत्रमा आज र भोलि विद्युत् काटिने

काठमाडौंका यी क्षेत्रमा आज र भोलि विद्युत् काटिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad