# भर्खरै
Namaste Icon
Ad
Ad

नयाँ जीवामृत बनाउने र प्रयोग गर्ने तरिका

नयाँ जीवामृत बनाउने  र  प्रयोग गर्ने तरिका
कृष्णमुरारी घिमिरे, भरतपुर महानगर पालिका -२३, चितवन

हामी बालीनालीबाट अधिक उत्पादन लिन बालीलाई आवश्यक पर्ने विभिन्न सुक्ष्मतत्वहरु आफैंले तयार गरेर प्रयोग गर्न सक्छौं। जैविकसुक्ष्मतत्व, जीवामृत आफैंले तयार गर्ने गर्छौं।स्थानीय गाईको गोबर+ गहुँत+ भेली+ पीपलको वा वरको फेदको माटो+ पानी बाट जीवामृत बनाउने तरिका भन्दा फरक तरिकाबाट त्यो भन्दा शक्तिशाली जीवामृत तयार गर्न सक्छौं, जसलाई नयाँ जीवामृत भनिन्छ। बाख्रा,भेडा तथा अन्य पाल्तु पशुपंक्षीहरुको गोबर,बड्कौला, जुतो, सुलीबाट वेस्ट डिकम्पोजर प्रयोग गरेर नयाँ जीवामृत बनाउन सकिन्छ जुन पहिले बनाउने गरेको जीवामृत भन्दा धेरै तत्वहरुले भरिपूर्ण हुन्छ।

 

आवश्यक सामग्रीहरु

१- २०० लिटर क्षमताको ड्रम एक

२- १०० लिटर तयारी डिकम्पोजर घोल

३- बाख्राको जुतो/ बड्कौला ५ किलोग्राम

४- कुनै एक तेलबालीको धूलो वा पिना २ किलोग्राम

५-कुनै एक दालबालीको पीठो/ वेसन २ किलोग्राम

 

बनाउने तरिका

ड्रममा १०० लिटर वेस्ट डिकम्पोजर घोल राख्ने,बाख्राको जुतोलाई सुती कपडामा पोको पार्ने, पिना वा तेलबालीको धूलो र वेसनलाई पनि छुट्टै कपडामा पोको बनाउने र दुबै पोकालाई ड्रममा राख्ने ।पोकालाई उचाल्दै छोड्दै गरेर भिजाउने।एक दुई दिनको फरकमा यसरी हल्लाउन सकिन्छ। १० दिनमा जीवामृत तयार हुन्छ।तयार भए पछि पोकाहरुलाई हल्लाएर तर्काउने र तयारी झोललाई अर्कै भाँडो( पोली ड्रम) मा राख्ने।पोकालाई फेरि ड्रममा राखेर डिकम्पोजर भरेर फेरि बनाउन सकिन्छ।

 

प्रयोग गर्ने तरिका

१०० लिटर वेस्ट डिकम्पोजर वा पानीमा ५ लिटर जीवामृत राखेर स्प्रे गर्ने वा माटोमा पानी संग दिने भए १० लिटर प्रयोग गर्ने र ड्रिप सिंचाई संग वा सोझै कुलो वा मोटरको पानीसंग सिंचाई संगै दिन सकिन्छ।सिंचाईसंग दिंदा मात्रा बढी भएर केही फरक पर्दैन, माटोमा संचित भएर रहन्छ।

बाख्राको जुतो/बड्कौला नपाए जुनसुकै शाकाहारी पाल्तु जनावरको गोबर/ बड्कौला प्रयोग गर्न सकिन्छ।त्यस्तै तेलबालीको धूलो वा पिना जुन सुकै तेलबालीको धूलो वा पिना प्रयोग गर्न सकिन्छ।एकबालीमा एकै सामग्री प्रयोग गर्नु राम्रो हुन्छ अर्को बालीमा अर्कै जनावरको मल, अर्कै तेलबालीको पिना र अर्कै दालको वेसन प्रयोग गर्दा बाली तथा माटोमा पनि विभिन्न तत्वहरुको आपूर्ति हुन जान्छ।

यो लेख राष्ट्रीय जैविक खेती केन्द्र गाजियाबाद भारतका तात्कालीन निर्देशक डा. कृष्णचन्द्रको भिडियोको आधारमा तयार गरिएको हो।वेस्ट डिकम्पोजर यस्तो कल्चर हो जसको माध्यमबाट अनेकौं मल,झोलमल, सुक्ष्मतत्व, स्टोनकल्चर, एन्जाइमहरु बनाएर खेतीबालीमा प्रयोग गरेर कुनैपनि रासायनिक मल विषादी रहित प्राँगारिक/ जैविक खेती गरेर अधिक उत्पादन गर्न सकिन्छ।

 

कृष्णमुरारी घिमिरे, भरतपुर महानगर पालिका -२३, चितवन

सम्पर्क नंबर-9845066988

Ad

सम्बन्धित समाचारहरु

सडक अबरुद्ध भएपछी बीच बाटोमै यसरी घोप्ट्याईयो प्युटारका कृषकको दुध

ललितपुर। निरन्तरको वर्षा संगै कान्ति लोकपथमा गएको पहिरो समयमा खुल्न नसक्दा दक्षिण ललितपुरको अवस्था दर्दनाक बनेको छ। बुधबार बागमती गाउँपालिकाको प्युटारबाट राजधानी ल्याउन लागिएको ५०० लिटर दुध सडक अबरुद्ध भएकै कारण ढिलो भएर बीच बाटोमै जमेपछि भट्टेडांडाको कार्कीबास नजिक नष्ट गरिएको हो।

तीतेपाती तेलको मूल्य प्रति लिटर १० हजारसम्म

तीतेपाती तेलको मूल्य प्रति लिटर १० हजारसम्म

तानसेन । पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन शुरु गरिएको छ । करिब १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढङ्गले चल्न सकेको थिएन । स्थानीय जडीबुटी सहकारी संस्थाले झुम्सामा तितेपातीको तेल उत्पादन शुरु गरिएको सहकारीका अध्यक्ष झपेन्द्र जिसीले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad