Namaste Icon
Ad
Ad

नितिनको ‘अनुपम रंग’ मा सुशिला (भिडियों

नितिनको ‘अनुपम रंग’ मा सुशिला (भिडियों

काठमाडौं । मोफसलमा रहेर नेपाली र अन्य भाषाभाषीका गीत संगीत मार्फत क्रियाशील गायक नितिन गजुरेलले आफ्नो नयाँ गीत ‘अनुपम रंग’ सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा गायक गजुरेलको मिठासपुर्ण गायकी सुन्न सकिन्छ। गीतका शब्द नीरभिमले लेखेका हुन् भने सुदाम थापाले गीतलाई संगीतवद्द गरेका हुन्। चन्द सिंहले गीतलाई संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा कमल सिंह र सुशिला थापाको रोमान्स देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई रायन कार्कीको निर्देशनमा तयार पारिएको हो।

लामो समयदेखि गीत संगीतमा क्रियाशील गायक गजुरेलले यसअघि ुदिलके डायरीु , ुआँखाले हेर्यौु, ुझुक्याएरै किन होलाु, ुआकाशका ताराु लगायत दर्जनौ गीतहरु सार्वजनिक गरिसकेका छन्। कोरना कहरबीच निकै मिहिनेतका साथ बनाईएको यस भिडियोलाई माया गरिदिन गायक गजुरेलले सम्पूर्ण दर्शक , स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

 

Ad

सम्बन्धित समाचारहरु

‘पहिलो नजर’ मा उमेश र सरस्वती (भिडियो सहित)

‘पहिलो नजर’ मा उमेश र सरस्वती (भिडियो सहित)

काठमाडौं । मोडल उमेश खनाल र सरस्वती खत्रीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘पहिलो नजर’ बोलको गीत हालै एन्जीला फिल्मसको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । बचन राईको शब्द रहेको गीतमा रोशन राईको संगीत छ ।

सीता रसाईलीको सन्देशमुलक तीज गीत वर्ष दिन... (भिडियो सहित)

काठमाडौं । डा मोम विश्वकर्माको प्रस्तुतिमा सीता रसाईलीको तीज गीत वर्ष दिन वितेको पत्तै भएन सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो विविध नेपाली मिडिया युट्युब च्यानलमार्फत गत केहि समय अगाडि सार्वजनिक गरिएको हो । सो गीतको शब्दले नेपाली समाजमा देखिएक विकृति, विसंगति, भेदभाव तथा छुवाछूतजस्ता व्यवहारले निम्त्याएको अकल्पनीय घटनालाई उजागर गर्न खोजेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad