# भर्खरै
Namaste Icon
Ad
Ad

सुशान्तकी प्रेमिका रियामाथि कालो धनलाई वैध बनाएको अभियोग

सुशान्तकी प्रेमिका रियामाथि कालो धनलाई वैध बनाएको अभियोग

एजेन्सी । बलिउड नायक सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणले नयाँ मोड लिएको छ । उनकी प्रेमिका रिया चक्रवर्तीमाथि यही घटनासँग जोडेर कालो धनलाई वैध बनाएको अभियोग दर्ता भएको छ ।

विहार प्रहरीमा सुशान्तका पिताले उजुरी दर्ता गरेको आधारमा इन्फोर्समेन्ट डाइरक्टरेटले आज अभियोग दर्ता गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । मनी लन्ड्रिङको अभियोग रियासहित उनको परिवारको पाँच सदस्यमाथि समेत दर्ता गरिएको छ । अब रियासहित छजनामाथि यसबारे अनुसन्धान अगाडि बढ्नेछ । उनीहरुमाथि प्रश्न सोधिनेछ ।

१४ जुनमा राजपुत मुम्बईस्थित बान्ड्रा क्षेत्रको अर्पाटमेन्टमा झुन्डिएको अवस्थामा फेला परेका थिए । ३४ वर्षीय बलिउड नायकको आत्महत्या प्रकरण निकै चासोको विषय बन्दै आएको छ ।

 

Ad

सम्बन्धित समाचारहरु

टिकटकमा भाईरल 'ओइ गनगन' को यस्तो मार्मिक भिडियो बन्यो

टिकटकमा भाईरल 'ओइ गनगन' को यस्तो मार्मिक भिडियो बन्यो

सन्तोष दाहाल, काठमाडौँ।

गौतम होलिडेजद्वारा फोटो प्रतिस्पर्धाको बिजेता घोषणा

गौतम होलिडेजद्वारा फोटो प्रतिस्पर्धाको बिजेता घोषणा

काठमाडौं । गौतम होलिडेज प्रालिले २६ बैशाखमा घोषणा गरेको फोटो प्रतिस्पर्धाको बिजेता घोषणा गरेको छ । घुमेको ठाउँको फोटो पठाएर टुर प्याकेज जित्ने योजना अन्तर्गत कम्पनीले उत्कृष्ठ १० बिजेताको नाम सार्वजनिक गरेको हो । यस योजनामा करिब ५ सय जनाले सहभागिता जनाका थिए । जसमध्ये ४१ जना सर्ट लिस्टमा पर्न सफल भएको थियो । ४१ जनामध्येबाट १० जना बिजेता घोषणा कम्पनीले गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad