# भर्खरै
Namaste Icon
Ad
Ad

‘नेपालसँगको सम्बन्धलाई विेषेश महत्व दिएका छौं’ चिनियाँ राष्ट्रपति

‘नेपालसँगको सम्बन्धलाई विेषेश महत्व दिएका छौं’ चिनियाँ राष्ट्रपति

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन् । दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले सो कुरा बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चिनियाँ राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धको ६५ औं वर्षगाँठको अवसरमा समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गरेका छन् ।

सो क्रममा राष्ट्रपति सीले नेपाली समकक्षी भण्डारीसँग काम गर्न गर्न इच्छुक रहेको बताएका छन्, ताकि द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन सकियोस् । चिनियाँ राष्ट्रपति सीले यस कारण पनि नेपालसँग मिलेर अघि बढ्ने इच्छा व्यक्त गरेका छन् ताकि दुवै देशका नागरिकहरुले अधिक लाभ लिन सकुन् र क्षेत्रीय स्थिरता तथा विकासमा सकारात्मक योगदान दिन सकियोस् ।

 

शुभकामना आदानप्रदान

नेपाल–चीनबीच १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेकी छन् । सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति सीले गत अक्टोबरमा गरेको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेका स्मरण राष्ट्रपति भण्डारीले गरेकी छन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजकीय भ्रमण र त्यस बखत दुवै देशबीच भएका महत्वपूर्ण सम्झौता र समझदारीको पनि सम्झना गरेकी छन् ।

चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपतिले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा सफलताको शुभकामना पनि व्यक्त गरेकी छन् ।

उनले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा सराहना गरेकी छन् ।

 

Ad

सम्बन्धित समाचारहरु

चोरी गर्न आएका पाँच जनाबाट महिला बलात्कृत, हतारमा छोडेको मोबाइलले धमाधम पक्राउ पर्दे

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा गत चैतमा पाँच जनाको समूहमा आएका व्यक्तिले एक महिलालाई बलात्कारपश्चात् चोरी गरी फरार रहेका आरोपितलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ। शिवपुरी गाउँपालिका–५ स्थित कुखुरे घर भएकी ३७ वर्षीया एक महिलालाई गत वर्ष ०७६ चैत महिनाको २ गतेका दिन आफ्नै घरमा सुतिरहेका अवस्थामा चार–पाँच जनाको समूहले पीडित महिलालाई पालैपालो जबर्जस्ती करणी गरी दराजभित्र रहेको नगद पैसा र मोबाइल फोन चोरी तथा डाँका गरी फरार रहेका प्रतिवादीलाई नुवाकोट प्रहरीले धमाधम पक्राउ गरिरहेको छ।

दुई साताको लागि अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रबार बैठक गरी अत्यावश्यकबाहेकका सेवा दुई साताका लागि बन्द गर्ने निर्णय गरेका छन्। उक्त बैठकले कोरोनाभाइरसका संक्रमित भेटिएका स्थानमा सिल गर्न निर्णय पनि गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमण देखिएका स्थान र बस्तीमा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सिल गरिने बताए। 'जहाँजहाँ संक्रमण देखिन्छ, स्वास्थ्य मन्त्रालयको सिफारिसमा त्यहाँ सिल गर्ने हो,’ उनले भने।

Ad

प्रतिक्रिया दिनुहोस

Ad