# भर्खरै
Namaste Icon
Ad
Ad

सांसद प्रदीप यादवलाई कोरोना पुष्टि, लेखे यस्तो सन्देश

सांसद प्रदीप यादवलाई कोरोना पुष्टि, लेखे यस्तो सन्देश

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफु कोरोना संक्रमित भएको बताएका छन् । उनले आफ्नो फेसबुकमार्फत कोरोना संक्रमित भएको पुष्टि गरेका हुन् । ‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन।

म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु,’उनले फेसबुकमा लेखेका छन्। तर, कुन अस्पतामा गरिएको परिक्षणमा उनी संक्रमित रहेको पत्ता लागेको त्यो भने उनले उल्लेख गरेका छैनन् । यादवले आफू चाँडै कोरोना मुक्त हुने र जनताको सेवमा फर्कने बताउँदै सबैलाई जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाएका छन्।

Ad

सम्बन्धित समाचारहरु

विभाजनको संघारमा नेकपा

विभाजनको संघारमा नेकपा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र विगत डेढ महिनादेखि जारी विवाद समाधान हुन नसक्ने दिशामा पुगेको छ । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आ–आफ्नै अडान कायमै रहँदा पार्टी विघटन हुन सक्ने सम्मको तयारी नेकपाभित्र सुरु भएको हो । पार्टी अध्यक्षद्धय ओली प्रचण्डबीच वार्ता जारी रहेकै बेला बुधबार अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको कार्यशैलीमा सुधार नआएको निष्कर्ष निकालेका थिए ।

कांग्रेस युवा नेता शाहीद्धारा बिद्यार्थीलाइ बर्षभरी पुग्ने गरी कापी कलम सहित आर्थिक सहयोग

कालिकोट । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । नेपाली कांग्रेसबाट २०७४ सालको प्रतिनिधि सभा सदस्यका उम्मेद्वार समेत रहेका शाहीले जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा नं २ सेरिज्यूलाका गोरख तिरुवालाई शैक्षिक सामग्री सहयोग गरेका हुन् । सान्नीत्रिवेणी गाँउपालिका वडा नं २ स्थित संकर मावी सेरीज्यूलामा कक्षा १० मा अध्यायनरत बिद्यार्थी तिरुवालाई बर्षभरी पुग्ने गरी कापी कलम सहित आर्थिक सहयोग गरेका छन् । योगा तथा जेम्नेष्टिक खेलाडी समेत रहेका तिरुवालाई पढाईमा निरन्तरताका लागि आफुले व्यक्तिगत रुपमा सहयोग गरेको नेता शाहीले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad