# भर्खरै
Namaste Icon
Ad
Ad

पाँच हजारले लिए श्रम स्वीकृति

पाँच हजारले लिए श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगारीबाट बिदामा आएर जान नपाएका पछिल्लो एक महिनाको अवधिमा झन्डै पाँच हजारले पुनः श्रम स्वीकृति लिएका छन् । गत फागुन ३० गतेदेखि बन्द रहेको वैदेशिक रोजगारीका लागि गएको असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएयता चार हजार ८५० जनाले पुनः श्रम स्वीकृति दिएका हुन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिन सक्ने अख्तियारी प्रदान गरेको थियो ।

सीसीएमसीले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई बिदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने अधिकार दिएको थियो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को विषयमा छलफल गर्न असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका वा करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

 

Ad

सम्बन्धित समाचारहरु

विश्वकै उत्कृष्ट होटलमा छानियो होटल मेरियट काठमाडौं

विश्वकै उत्कृष्ट होटलमा छानियो होटल मेरियट काठमाडौं

काठमाडौं । चेन होटल मेरियट काठमाडौं विश्वकै उत्कृष्ट होटलमा छानिएको छ । बिश्वभर रहेका पर्यटकीय गन्तब्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरले सन् २०२० को ‘ट्राभलरर्स च्वाइस अवार्ड’ नेपालबाट मेरियट काठमाडौंलाई प्रदान गरेको हो । ट्रिप एडभाईजरले लाखौं पर्यटकहरुले गरेको समिक्षा, रेटिङ, सुरक्षाजस्ता विषयलाई आधार बनाएर उत्कृष्ट होटल छनौट गर्दै आएको छ । सोही अनुरुप नेपालको एमएस ग्रूपद्वारा संचालित चेन होटल मेरियट काठमाडौं ‘ट्राभलरर्स च्वाइस २०२०’ विजेता बनेको हो ।

काठमाडौंका यी क्षेत्रमा आज र भोलि विद्युत् काटिने

काठमाडौंका यी क्षेत्रमा आज र भोलि विद्युत् काटिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad