Namaste Icon
Ad
Ad

अज्ञात समूहले राति आक्रमण गर्यो, श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

अज्ञात समूहले राति आक्रमण गर्यो, श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए । उनले अज्ञात समूहकै आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताए । ‘गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौँ ।’ प्रवक्ता थापाले भने, ‘घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ ।’

उनले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ । ‘सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ’ थापाले भने । रासस

Ad

सम्बन्धित समाचारहरु

सिन्धुपाल्चोक पहिरोमा परेकाको उद्दार मा जुट्न पासाङ्गको आव्हान, आफू पनि उद्दार गर्न जादै

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पहिरोले २१ घर पुरिएको छ। आज विहान ६ बजे गएको पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भएको छैन । ‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका भएको खबर आफुले पाएको समाजसेवी तथा नेपाली कांग्रेस तरुण बिभागका सदस्य पासाङ्ग नोर्बु शेर्पाले बताए ।

पहिरोमा पुरिएर कालिकोटमा ६ जनाको मृत्यु

पहिरोमा पुरिएर कालिकोटमा ६ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण राति कालिकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको मृत्यु भएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad