# भर्खरै
Namaste Icon
Ad
Ad

नक्कली फेसबुक खोलेर अश्लिल फोटो पठाउने पक्राउ

नक्कली फेसबुक खोलेर अश्लिल फोटो पठाउने पक्राउ

काठमाडौं । अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एक जनालाई पक्राउ परेका छन । प्रहरीको साइवर ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले १३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल फोटो तथा सन्देश बालिकाको दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका मिश्र यसअघि पनि विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौंबाट रु एक लाख तिरेर धरौटीमा छुटेका व्यक्ति भएको ब्यूरोले जनाएको छ । पक्राउ परेका मिश्रलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।

Ad

सम्बन्धित समाचारहरु

चोरी गर्न आएका पाँच जनाबाट महिला बलात्कृत, हतारमा छोडेको मोबाइलले धमाधम पक्राउ पर्दे

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा गत चैतमा पाँच जनाको समूहमा आएका व्यक्तिले एक महिलालाई बलात्कारपश्चात् चोरी गरी फरार रहेका आरोपितलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ। शिवपुरी गाउँपालिका–५ स्थित कुखुरे घर भएकी ३७ वर्षीया एक महिलालाई गत वर्ष ०७६ चैत महिनाको २ गतेका दिन आफ्नै घरमा सुतिरहेका अवस्थामा चार–पाँच जनाको समूहले पीडित महिलालाई पालैपालो जबर्जस्ती करणी गरी दराजभित्र रहेको नगद पैसा र मोबाइल फोन चोरी तथा डाँका गरी फरार रहेका प्रतिवादीलाई नुवाकोट प्रहरीले धमाधम पक्राउ गरिरहेको छ।

दुई साताको लागि अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रबार बैठक गरी अत्यावश्यकबाहेकका सेवा दुई साताका लागि बन्द गर्ने निर्णय गरेका छन्। उक्त बैठकले कोरोनाभाइरसका संक्रमित भेटिएका स्थानमा सिल गर्न निर्णय पनि गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमण देखिएका स्थान र बस्तीमा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सिल गरिने बताए। 'जहाँजहाँ संक्रमण देखिन्छ, स्वास्थ्य मन्त्रालयको सिफारिसमा त्यहाँ सिल गर्ने हो,’ उनले भने।

Ad

प्रतिक्रिया दिनुहोस

Ad