Namaste Icon
Ad
Ad

सिद्धार्थ बैंकमा सस्तो तथा सरल किस्ताबन्दीमा घर कर्जा

सिद्धार्थ बैंकमा सस्तो तथा सरल किस्ताबन्दीमा घर कर्जा

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले घर बनाउने, खरिद गर्ने तथाअन्य बैंक वित्तिय संस्थाबाट उपभोग गरिरहेको घरकर्जा सार्ने प्रयोजनाकालागि सस्तो तथा सरल किस्ताबन्दीमा घर कर्जा योजना ल्याएको छ । यस योजनाअन्तर्गत बैंकले ग्राहकलाई ९.२५५ वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्नेछ । सो प्रदान गरिएको कर्जाको ब्याजदर १ वर्षसम्मका लागि स्थिर रहनेछ ।

बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता सरल तथा सहजकिसिमकाकर्जा योजनाहरुल्याउँदै आएको छ, भने यस योजनाले सबै ग्राहकलाई आफ्नै घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

बिना धितोमा प्रोफेश्नल कर्जाका दिने सहमति

बिना धितोमा प्रोफेश्नल कर्जाका दिने सहमति

काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) र कामना सेवा विकास बैंकबीच एक्यानमा आवद्ध सदस्यहहरुलाई बिना धितामो प्रोफेश्नल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १२४ शाखाबाट एकै दिनमा बिना धितोमा रु १५ लाख सम्मको प्रोफेश्नल कर्र्जा प्रदान गरिनेछ । यो सम्झौता पछि एक्यानका सदस्यहरुले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बिना धितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु बिस्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी गराए ।

चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने

काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने योजना छ । चीनको केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिने भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad